सोमबारदेखि मौसममा सुधार आउने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ भाद्र २०७१, शनिबार १९:४१

काठमाण्डौ / पूर्वी उत्तर क्षेत्रमा न्यून चापीय क्षेत्रको विकास भएका कारण मौसम बदली भई देशभर पानी पर्ने क्रम जारी छ ।

न्यून चापीय क्षेत्रको विकासले बाक्लो बादल बढेपछि सोको प्रभाव नेपालमा परेकाले मुलुकभर पानी पर्नेक्रम अझै केही दिन जारी रहने मौसमविद् सुवास रिमालले जानकारी दिए । उनका अनुसार यो क्रमशः पूर्वतिर सर्दै गएकाले नेपालको पूर्वी, केन्द्रीय र केही पश्चिमी भेगमा बढी असर परेको छ, तथापि आगामी सोमबारदेखि मौसममा सुधार आउनेछ ।

अब केही दिनसम्म देशका पूर्वी र केन्द्रीय भेगमा बढी मौसम गडबड भई पानी पर्ने छ । मौसमविद् रिमालले विभागमा तीन दिनको मात्र मौसम पूर्वानुमान क्षमता भएकाले मौसमका बारेमा यकिन जानकारी दिन नसकिने बताए ।

भारतमा सात दिनसम्मको मौसम पूर्वानुमान गर्ने क्षमता रहेको बताइन्छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी र केन्द्रीय भेगमा आइतबार र सोमबार पानी पर्नेछ भने पश्चिमी भेगमा आंशिक बदली भई हल्का पानी पर्नेछ ।

शनिबार सिमरामा सबैभन्दा बढी ६६ र भैरहवामा ३७ मिमि वर्षा  भएको छ । काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २५ डिगि्रसेल्सियस रहेको महाशाखाले जनाएको छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १५, २०८१