कपनमा अवैध बालुुवा उत्खनन् रोक्दा प्रहरी इन्चार्ज केसीको सरुवा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ बैशाख २०७७, सोमबार ०५:१५

काठमाडौं । काठमाडौंको कपन क्षेत्रमा भइरहको अवैध बालुवा उत्खनन् रोक्दा प्रहरी इन्चार्जको सरुवा भएको छ।

स्थानीय जनप्रतिनिधिको समेत संलग्नतामा कपन क्याम्पस हाताभित्रबाट भइरहेको अवैध बालुवा उत्खनन् रोक्दा महानगरीय प्रहरी प्रभाग कपनकी इन्चार्ज इन्स्पेक्टर सुरक्षा केसीको सरुवा भएको हो।

प्रहरी प्रधान कार्यालयले शुक्रबार केसीलाई हटाएर सो ठाउँमा अर्का इन्स्पेक्टर शेखरजंग मल्ललाई इन्चार्ज बनाएको छ।

कपन क्याम्पस प्रांगणमा रहेको बालुवा खानी

काजमा एकेडेमी ल्याइएकी केसीलाई कपनबाट हटाउन स्थानीय जनप्रतिनिधि समेत लामो समयदेखि जोडबल गरिरहेका थिए।

कपन क्याम्पसबाट उत्खनन् गरिएको बालुवा बेच्ने जनप्रतिनिधिको निर्णयमा प्रहरी असहमत थियो। क्याम्पसको भवन निर्माणका लागि त्यहाँको बालुवा प्रयोग गर्न दिए पनि बालुुवा बेच्न प्रहरीले रोक्दै आएको थियो। क्याम्पस प्रशासन र स्थानीय जनप्रतिनिधि क्याम्पसको हाताबाट बालुवा उत्खनन् गरेर अन्यत्र बिक्री गर्ने खेलमा थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१