कोरोना संक्रमणबाट निको भएर घर फर्कनेको संख्या चार पुग्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ बैशाख २०७७, सोमबार ०५:१३

काठमाडौं विश्व व्यापी रुपमा कोरोना भाईरस संक्रमणले गर्दा मानव जातिको अस्तित्व माथि नै निकै ठूलो चुनौति देखा परेको अवस्थामा नेपालमा देखा परेका संक्रमितहरु मध्य पाको उमेरका १ जना र ३ जना युवाहरुले कोरोनालाई जितेर घर फर्किएका छन् । चैत्र २२ गते कोरोना भाइरस संक्रमण देखिएका सुदुरपश्चिका २१ बर्षे युवा कोरोनालाई जितेर आज घर फर्केका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भैरहेको थियो ।

१५ दिनको अस्पताल बसाई पछिको परिक्षण रिपोर्ट नेगेटिभ आएसँगै युवालाई नियमपूर्वक घर पठाईएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी गराउनुभयो । कैलालीको लम्कीचुहा प्रतापपुरका युवाको चैत २२ गते पहिलो रिपोर्ट पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएको थियो । चैत ११ गते भारतबाट नेपाल आएका नवौं संक्रमित युवा प्रतापपुर क्वारेन्टाइनमा बसेका थिए ।

शनिबार एकैदिन २ जना संक्रमित निको भएर घर फर्किएका थिए भने आइतबार एकजना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । चीनबाट फर्किएका पहिलो संक्रमित विद्यार्थी पनि कोरोनाबाट निको भएर माघ २३ देखि घरमै आफ्नो नियमित काममा फर्किसकेका छन् । नेपालमा कोरोनाको दोस्रो संक्रमित देखिए लगतै सरकारले लकडाउनको घोषणा गरेको २७ दिन भएको छ ।

दोस्रो संक्रमण प्रमाणित काठमाडौं घर भएकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ दोस्रो संक्रमित महिला चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आउनुभएको थियो । उनीसँगै फ्रान्सबाट कतारसम्म आएकी भियतनामी साथीलाई संक्रमण भएपछि श्रेष्ठ टेकु अस्पतालमा जाँच गर्न पुगेकी थिइन । २७ दिनपछि श्रेष्ठको विभिन्न परीक्षण रिपोर्ट नेगेटिभ आएपछि शनिवार शुक्रराज तथा सरुवा रोग अस्पताल टेकूले डिस्चार्ज गरेको हो ।

बेल्जियमबाट फर्किएकी ६५ वर्षीया महिला पनि निको भएर शनिबार नै अस्पतालबाट घर फर्किनुभएको छ । उहाँ पनि श्रेष्ठसँगै बेल्जिएमबाट कतार हुँदै एउटै जहाजमा आउनुभएको थियो । दुबै जनाको २४ घण्टाभित्र दुइटा नतिजा लगातार नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको थियो । उहाँ युवाहरु भन्दा ढिलो कोरोना संक्रमण देखिएर छिटो १६ दिनमै निको भै घर फर्कने आठौ संक्रमित बृद्धा हुनुहुन्छ ।

हालसम्म कोरोना संक्रमणको संख्या ३१ पुगेको छ भने ४ जना निको भएर घर फर्किएका छन् । २७ जनाको विभिन्न अस्पतालमा उपचार भएको छ । जसमध्ये टेकु अस्पतालमा १, पाटन अस्पतालमा २, बालगुङमा १, धनगडीमा ४, विरगञ्जमा ४, भरतपुरमा २, विराटनगरमा १३ जना रहेका छन् । मिडिया ब्रिफिङमा डा.देवकोटाले पछिल्लो २४ घण्टामा २ हजार १ सय ६८ जनाको परीक्षण भएको र सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो ।
उहाँका अनुसार हालसम्म पीसीआर मार्फत ८ हजार ८१ र आरडीटीबाट २१ हजार ४ सय ८६ जनाको परीक्षण भएको बताउनुभयो । ७७ वटै जिल्लामा आरडीटी परीक्षण सुरु भइसकेको जानकारी दिदै उहाँले हाल देशभर १ सय ३ जना आइसोलेशनमा रहेको बताउनुभयो । काठमाडौंमा ५ काठमाडौं बाहिर ९८ गरि १ सय ३ जना आइसोलेसनमा छन् । दिनहुँ परीक्षणको दायरा बढेको र धेरै रिपोर्टहरु नेगेटिभ आएकाले क्वारेन्टाइनमा रहेकाहरुलाई घर पठाइएको बताउदै प्रवक्ता देवकोटाले आज ५ हजार १ सय ८० जना क्वारेन्टाइनमा बसिरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१