सरकार लकडाउन खुकुलो बनाउने गृहकार्यमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ बैशाख २०७७, सोमबार ०५:१०

काठमाडौं । सरकारले लक डाउन क्रमशः खुकुलो बनाउँदै लैजाने गृहकार्य थालेको छ । सरकारको प्रवक्तासमेत रहेका अर्थमन्त्री डा.युवराज खतिवडाले यसमा सरकारले निश्चित भौगोलिक सीमा वा व्यावसायिक गतिविधिलाई खुकुलो बनाउँदै लैजाने गरी गृहकार्य थालेको बताए । आइतबार नेपाल चेम्बर अफ कर्मशका प्रतिनिधिहरुसँगको भेटमा उनले लकडाउन खुकुलो बनाउने बताउका हुन् । यद्यपि,सरकार अन्र्तराष्ट्रिय आवागमन खोल्न सक्ने स्थितिमा भने अहिले नरहेको डा. खतिवडाले बताए । उनले भने, ‘हामीले व्यवसायिक गतिविधि र भौगोलिक गतिविधिलाई अलि खुकुलो बनाउँदै लैजाननेतर्फ सोच्न थालेका छौ । यसमा हामीले गृहकार्य पनि थालेका छौ ।’

उनले सरकारको कोष पनि त्यति सहज अवस्थामा नभएको बताए । नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधिले सरकारी कोषको रकम परिचालन गर्नुपर्ने भनेपनि उनले सरकारको कोष सहज अवस्थामा नरहेको बताए । उनले भने, ‘सरकारको क्षमता सिमित छन् र राजस्वको बृद्धि लक्ष्यको तुलनामा निकै कम छ । यसकारण हामीले आन्तरिक स्रोत परिचालन गर्नुछ । राजस्वको स्रोत कम र कोरोनाका कारण खर्चको आवरश्यकता बढेकोले सरकारको आफ्नो ट्रेजरी त्यति सहज अवस्थामा छैन ।’

अर्थमन्त्रीले सरकारले उद्योगी व्यवसायीलाई कर, बैंकिङ सुविधा वा श्रम बजारको माध्यमबाट सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । सरकारले कोरोना प्रभावको विषयमा अध्ययन गरिरहेको जानकारी पनि उनले गराए । नीजि क्षेत्रसँगको सहकार्यमा पनि अध्ययन गर्न तयार रहेको उनले भने । बैंक तथा वित्तिय क्षेत्रलाई धेरै नाफा नखोज्न र उद्योगी व्यवसायीलाई सहुलियत दिन पनि उनले आग्रह गरे ।

बिजनेश रिकभरीका लागि योजना बन्दै
लकडाउनका कारण आर्थिक गतिविधि ठप्प छ । यसले व्यापार व्यवसाय प्रभावित छन् र सरकारले यसका लागि बिजनेस रिकभरी योजना बनाएर अघि बढ्ने डा.खतिवडाले बताए । उनले भने, ‘सरकारले रिकभरीको योजना बनाउन थालेको छ । विजनेस रिकभरीका लागि प्रतिबद्धता भएको लगानी छिटो ल्याउने, नयाँ लगानीको लागि छिटो अप्रुभल लिने, लगानी कार्यान्वयनमा देखिएका समस्या छिटो कार्यान्वयन गर्ने र पैसा बढी परिचालित हुने स्थिति सृजना गर्छौ । अनुत्पादन खर्चलाई कम गर्छौ ।’

लकडाउन खुल्ने वित्तिकै पर्यटन क्षेत्रले पिकअफ लिने उनले बताए । आफुले अक्टोबरमा चिनिया पर्यटक भित्र्याउन पर्यटन बोर्डको प्रमुखलाई भनेको समेत उनले बताए । कोरोना चूनौती मात्र होइन अवसर समेत रहेको उनले भने । कृषिमा टुटेको सम्बन्धलाई जोड्ने र डिजिटलाइजेसनलाई अगाडी बढानउने अवसर भएको समेत उनले उल्लेख गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१