शरीरको कुन अंगमा कोठी भएका व्यक्ति कस्तो हुन्छन ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ बैशाख २०७७, आईतवार ०५:२४

शरीरका विभिन्न अंग र त्यसको लक्षणका आधारमा व्यक्तिको चरित्र जान्न सकिने कुरा चर्चामा आइरहन्छ । हिन्दू धर्ममा आधारित समुद्रशास्त्रमा यसबारे वर्णन गरिएको छ। शास्त्रमा धेरै माध्यम उल्लेख छन् । जसले व्यक्तिको चरित्र संकेत गर्दछ । त्यसमध्ये कोठी पनि एक हो । शास्त्रमा शरीरको कुन अंगमा कोठी भए के फल प्राप्त हुन्छ भन्ने उल्लेख छ ।

१.निधारमा कोठी हुनेहरु बलवान हुन्छन् ।

२.चिउँडोमा कोठी हुने पुरुषले आफ्ना श्रीमतीले भन्दा बढी माया गर्दैनन् ।

३.दायाँ आँखाको ढकनीमा कोठी हुने पुरुषले आफ्नी श्रीमतीले भन्दा बढी माया गर्छन् ।

४.बायाँ आँखाको ढकनीमा कोठी हुनेको दाम्पत्य जीवन सुखी हुँदैन ।

५.दाहिने गालामा कोठी हुने मान्छे धनी हुन्छ ।

६.बायाँ गालामा कोठी हुने मान्छे खर्चालु हुन्छ ।

७.ओंठमा कोठी हुने मान्छे यौनको भोको हुन्छन् ।

८.कानमा कोठी हुनेको आयु छोटो हुन्छ ।

९.गर्धनमा कोठी हुने व्यक्ति अल्छी हुन्छ र आराम गरिरहन मात्र चाहन्छ ।

१०.दाहिने पाखुरामा कोठी हुने व्यक्तिले समाजमा उच्च स्थान पाउँछ ।

११.बायाँ हातमा कोठी हुने व्यक्ति झगडालु हुन्छ ।

१२. नाकमा कोठी हुने व्यक्ति फिरन्ते जस्तै हुन्छ र प्रायः यात्रा गरिरहनुपर्छ ।

१३.दायाँ छातीमा कोठी हुने पुरुषहरुले आफ्नी श्रीमतीलाई धेरै प्रेम गर्छन् भने बायाँ छातीमा कोठी हुनेहरु श्रीमतीसंग झगडा गरिरहन्छन् ।

१४.कम्मरमा कोठी हुने रोगी हुन्छन् ।

१५.पेटमा कोठी हुनेहरु खानाका पारखी हुन्छन् ।

१६.दाहिने हत्केलामा कोठी हुनेहरु बलवान हुन्छन् ।

१७.बायाँ हत्केलामा कोठी हुनेहरु खर्चालु हुन्छन् ।

१८.दायाँ खुट्टामा कोठी हुनेहरु वुद्धिमान हुन्छन् ।

१९.बायाँ खुट्टामा कोठी हुनेहरु खर्चालु हुन्छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१