अनुहार भन्दा हात कालाे छ ? यस्ता छन् अनुहार जस्तै हात पनि गाेराे बनाउने उपाय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ बैशाख २०७७, आईतवार ०५:२१

अनुहारको सुन्दरता कायम राख्न अनेक उपाय अपनाउने कतिपय व्यक्ति हातगोडाको सुन्दरतामा खासै चासो राख्दैनन् । एकातिर अनुहारको केयर नगर्नु तथा अर्कोतिर घाम र धुलोले डढ्नु र फुट्नु हातको सुन्दरता बिग्रिने कारण बन्छ । तपाईंको पनि अनुहारको तुलनामा हात नराम्रो भएको छ भने घरमै उजिल्याउन सक्नुहुन्छ :

काँचो दूध

हातको छालाको रंग सफा गर्न तथा चम्किलो बनाउन काँचो दूध निकै राम्रो हुन्छ । काँचो दूधले हातको छालामा मसाज गर्नुहोस्, केही दिनमै हात गोरो र सुन्दर देखिन थाल्छ ।

कागती

कागतीमा सिट्रिक एसिड पाइन्छ, जसले छालामा रहेको कालोपत्रलाई सफा गरिदिन्छ । कागतीको टुक्रालाई हातमा रगड्नुहोस्, छालाको रंग उज्यालो बन्छ । कागतीको रसमा नुन र सक्खर मिलाएर ‘स्क्रब’ गर्नु अझ राम्रो हुन्छ ।

गोलभेँडाको रस

गोलभेँडाको रसमा थोरै कागतीको रस मिलाएर हातमा लगाउने । केहीबेर राम्रोसँग मसाज गर्ने । हप्तामा दुईपटक यो काम गर्नुहोस्, हातको छालाको रंगमा परिवर्तन आउँछ ।

आलुको रस

काँचो आलुको रस निकालेर हातमा लगाउने । लगभग २० मिनेटसम्म यसलाई हातमै रहन दिने र पछि पानीले धुने । एक हप्तामा दुई–तीनपटक यसो गर्दा हात उजेलिन थाल्छ ।

बेसन

चनाको पिठो अर्थात् बेसनले हातको छालामा निखार ल्याउन मद्दत गर्छ । बेसनमा काँचो दूध या बेसार मिलाएर पेस्ट तयार गर्ने र हातमा लगाएर १५ मिनेटसम्म छोडिदिने । १५ मिनेटपछि धोएर हेर्नुहोस्, तत्काल छालामा फरकपन पाउनुहुनेछ ।

थप जानकारीः

यी हुन् केही दिनमै अनुहार गोरो र चम्किलो बनाउने घरेलु उपाय

हामी अनुहारलाई लिएर निकै चिन्तित हुने गर्दछौ । सुन्दर ,,गोरो र चम्किलो अनुहार बनाउन सधै प्रयासरत पनि हुन्छौ । क्रिम पाउडर आदि लगाएर पनि अनुहार टल्काउने गर्दछौ। तर घरेलु उपाय भने हामीलाई थाहा नहुन सक्छ । अनुहार चम्काउन र सफा बनाउन सक्ने घरेलु उपाय धेरै छन :

१.यदि चर्को घाममा तपाईंको छालाको रङ फिक्का या कालो भएको छ भने काँचो टमाटरलाई मिचेर मोही हालेर अनुहार र छालामा लगाउनुहोस्, छालालाई शीतलता प्रदान हुनेछ र कालोपना पनि हट्नेछ।

२.नुहाउने पानीमा एक गिलास लस्सी हालेर नुहाउनाले पनि बिस्तारै बिस्तारै सनटेन हट्नेछ ।

३.एक सानो चम्चा काँक्राको रस, आधा चम्चा ग्लिसरिन र एक चम्चा गुलाबजल मिलाएर घामले डढेको छालामा लगानाले छाला नरम र गोरो हुँदै जानेछ।

४.टमाटर र दही बराबर मात्रामा लिएर राम्ररी फिट्नुस् र यो मिश्रणलाई छालामा लगाएर १० मीनेटसम्म राख्नुस र चिसो पानीले धुनुहोस् । यो सनबर्नको लागि राम्रो टनिक हो।

५.काँचो दूधमा गुलाबजल हालेर कपासले छालामा लगाउनुहोस् । यसो गर्दा छालाको पुरै मैला कपासमा आउनेछ ।

६.चन्दन पिसेर त्यसमा गुलाबजलका केही थोपाहरू हालेर बनाइएको लेप अनुहारमा लगाउनाले छालालाई शीतलता पुग्छ ।

७.कागती र मोही मिलाएर लगाउनाले घामका कारणले कालो भएको अनुहारमा निखार आउँछ ।

८.एक चम्चा मख्खन र एक चम्चा पानी मिलाएर पिट्नुस, घाममा डढेको छालामा लगाउनुस् । यसले धेरै नै फाइदा गर्छ ।

९.दुई चम्चा काँक्राको रसमा एक चम्चा काँचो दूध हाल्नुस् र यसलाई कपासले अनुहार र गर्धनमा लगाउनुहोस् । यसबाट छालाको छिद्र खुल्छन् र धुलो तथा अतिरिक्त चिल्लोपना हट्छ अर्थात यसले क्लिन्जिङको काम गर्छ ।

१०.एउटा स्याउलाई पिसेर अनुहारमा लेप गर्नुहोस् । आधा घण्टापछि मनतातो पानीले अनुहार सफा गरेपछि छालाको चिल्लोपना काम भएर छालालाई कान्तिमय र नयाँ स्फुर्ती प्रदान भएको अनुभव हुनेछ।

११.छाला अति नै चिल्लो छर मेकअप रहँदैन भने बरफको टुक्रा दूधमा भिजाएर अनुहारमा दल्नुस् । यसबाट ताजगी र स्फुर्ती आउनेछ साथै चिल्लोपना रहनेछैन।

१२.छालामा तुरुन्त स्फुर्ती ल्याउनका लागि कागतीको रस बराबर मात्रामा पानी हालेर त्यसलाई ट्रेमा जमाइदिनुस् । यो आइस क्युबलाई अनुहारमा दल्नुस्। चिल्लोपना नियन्त्रणमा आउँछ।

१३.चिल्लो छाला भएका व्यक्तिहरूले कागतीको रस र त्यसको बोक्रालाई अनुहारमा दल्नाले फाइदा हुन्छ।

१५.शीघ्र छालाको सफाइका लागि अंगुरको अर्धरस निकालेर बाँकी गुदी आफ्नो अनुहारमा रगड्नुस्। अंगुर अम्लीय हुन्छ, अतः रुखो र चिल्लो छालालाई समान रूपले पोषण र सफाइ गर्छ।

अनुहार राम्रो बनाउन अण्डाको बोक्रा प्रयोग गर्नुस्, यी हुन् तरिका

छालालाई राम्रो र अनुहारलाई चम्किलो बनाउन व्युटिसियन वा औषधिहरुको प्रयोग गर्न आवश्यक छैन । त्यसका लागि घरमै पाइने केही घरेलु विधि गर्नु भयो भने प्राकृतिक रुपमा नै तपाइले त्यस्तो फाइदा पाउन सक्नु हुन्छ ।

त्यसका लागि अण्डा निकै फाइदाकारी भएको पाइएको छ । एक अध्ययन अनुसार अण्डाको बोक्राले छालालाई निकै फाइदा पुर्याउँछ ।अण्डाको बोक्रामा पाइने प्राकृति एसिड र गुणले छालाको सफाई गर्दै त्यसलाई चम्किलो बनाउँछ । त्यसकारण अर्कोपटक अण्डाको बोक्रालाई फाल्नुभन्दा पहिले एकपटक अवश्य पनि सोच्नुहोस् ।

छालामा अण्डाको बोक्रा लगाउँदा रोमछिद्र खुल्ने गर्दछ र छाला सफा, स्वस्थ र कोमल हुने गर्दछ । अण्डाको बोक्राको पाउडरमा कागती र मह मिसाएर एक गाढा पेष्ट बनाउनुहोस् । यसलाई आफ्नो अनुहारमा लगाउनुहोस् र पछि सफा पानीले धुनुहोस् । अण्डाको बोक्राले बनेको यो मास्कले छालाको सफाई गर्दछ र रोमछिद्रलाई बन्द हुनबाट जोगाउँछ ।

अण्डाको बोक्रामा प्राकृतिक प्रोटिन र भिटामिन पाइन्छ अतः यसले छालालाई जवान र चम्किलो बनाउँछ । अण्डाको बोक्राको पाउडर दुई चम्चा लिनुहोस् र त्यसमा मह र बेसन मिसाउनुहोस् । यो मास्कलाई अनुहारमा लगाउनुहोस् र १५ मिनेटपछि धुनुहोस् । यो प्रक्रियालाई हप्तामा तीन वा चारपटक अपनाउनुहोस् र जवान र चम्किलो छाला पाउनुहोस् ।

शोधका अनुसार जो महिलाको उमेर ३० पारी छ उनीहरुले अण्डाको बोक्रालाई आफ्नो सौन्दर्य दिनचर्यामा अवश्य पनि समावेश गर्नुपर्छ । अण्डाको बोक्राको पाउडर ३–४ चम्चा लिनुहोस् र यसमा दही मिसाउनुहोस् ।

यसमा एक चिम्टी बेसार मिसाउनुहोस् र यो पेस्टलाई अनुहारमा लगाउनुहोस् । यसलाई २० मिनेटपछि पखाल्नुहोस् । अण्डाको बोक्राले बनेको मास्क बुढ्यौलीको संकेतलाई कम गर्ने गर्दछ । यसले अनुहारबाट चाउरीलाई टाढा राख्छ ।

यदि तपाईंको आँखा मुनीको छाला सुख्खा छ र छालालाई पुनर्जि्वित गर्नका लागि अण्डाको बोक्रालाई प्रयोगमा ल्याउनुहोस् । २–४ चम्चा अण्डाको बोक्राको पाउडरमा मह मिसाउनुहोस् ।

दुबै पदार्थलाई निकै राम्रोसँग मिसाउनुहोस् र यसलाई छालामा लगाएर गोलाकार दिशामा आँखा वरिपरि मसाज गर्नुहोस् । प्रत्येक दिन सुत्नुभन्दा पहिले यो मास्कको प्रयोग गर्नुहोस् किनभने यस्तो गर्दा आँखा मुनीको छाला निकै समयसम्म नरम भइरहन्छ ।

थुप्रै मानिसहरुलाई छाला चिलाउनेजस्तो समस्या हुने गर्दछ । आफ्नो छालाको हेरबिचारको दिनचर्यामा अण्डाको बोक्रलाई समावेश गरेर तपाईं छालालाई आराम प्रदान गर्न सक्नुहुन्छ र छाला पोल्ने समस्या छ भने तुरुन्त आराम पाउन सक्नुहुन्छ ।

एक कप एप्पल साइडर भिनेगर लिनुहोस् र त्यसमा अण्डाको बोक्राको पाउडर मिसाउनुहोस् । यो मिश्रणलाई सेट हुन दिनुहोस् र यसलाई १० मिनेटसम्म यत्तिकै छोडिदिनुहोस् । अब यो मिश्रणलाई छालामा लगाउनुहोस् र जवान र चम्किलो छाला प्राप्त गर्नुहोस् ।

अण्डाको बोक्राको पाउडरमा घ्युकुमारीको जेल मिसाउनुहोस् । यो मास्कलाई अनुहारमा लगाउनुहोस् र चिसो पानीले धुनुहोस् । हप्तामा दुईपटक यो उपचारलाई अपनाउनुहोस् र चम्किलो, कोमल छाला पाउनुहोस् ।

अण्डाको बोक्रा एक प्राकृति पदार्थ हो जसले छालालाई भित्रैदेखि सफा गर्दछ र रोमछिद्रलाई खोल्दछ । अण्डाको बोक्राले रोमछिद्रमा जमेको फोहोर र धुलो सफा हुने गर्दछ जसका कारण रोमछिद्र बन्द हुन दिँदैन । अण्डाको बोक्राले बनेको मास्क तपाईंको छालाको लागि निकै फाइदाजनक हुन्छ ।

अण्डाको बोक्राले छालालाई चम्किलो बनाउँछ । अण्डाको बोक्राको पाउडरमा थोरै कागतीको रस र कोयलाको पाउडर मिसाउनुहोस् । यो मास्कलाई अनुहारमा लगाउनुहोस् र आधा घण्टापछि पखाल्नुहोस् । अण्डाको बोक्रामा ब्लिचिङ र छालालाई चम्किलो बनाउने गुण पाइन्छ । यदि तपाईं छालालाई चम्किलो र जवान राख्न चाहनुहुन्छ भने यी तरिका अपनाउन सक्नुहुन्छ ।

यसरी बनाउनुस् पाउडर

अण्डाको बोक्रादाई घाममा सुकाउनुहोस् । त्यसपछि त्यसलाई मिक्चरमा पिसेर धुलो बनाउनुहोस् र प्रयोगमा ल्याउनुहोस् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१