योगा र मेडिटेसनका केही यस्ता अदभुत फाइदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ बैशाख २०७७, आईतवार ०५:१७

दैनिक दुई घण्टा उभिनु हाम्रो स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण हुने एक अध्यनले बताएको छ । घर तथा कार्यालयहरुमा लामो समय सम्म लगातार बसेर काम गर्नेहरुमा ढाड दुख्ने देखि लिएर विभिन्न स्वास्थ्य समस्याहरुले निम्त्याउन सक्ने बताइएको छ ।

कार्यालयमा काम गर्ने व्यक्तिहरुले उनीहरुको कुल समय भर करीब ७० देखी ८० प्रतिशत कुर्सिमा बसी बसी काम गर्ने वा काम नगर्नेहरु घरमा बसेर वित्ने देखिएको छ । यसले गर्दा कर्मचारीहरु छिटै शारीरिक तथा मानसिक रोगी हुने गरेको पाइएको छ ।

उक्त अध्ययन अनुसार हामीले कम्तीमा पनि दिनको दुई घण्टा उभिने गर्नु पर्छ र हामीले यस समयलाई दिनदिनै विस्तारै बढाएर ३ देखी ४ घण्टासम्म पुरयाउनु पर्ने सुझाव दिइएको छ । कार्यालयमा बसेर काम गर्नेलाई ३० देखि ४० मिनेटको अन्तरमा शरीर तन्काउनु पर्छ भन्दै डाक्टरहरुके सुझाव दिएका छन् ।

हामीले दैनिक दुई घण्टा वा सो भन्दा बेसी उभिनाले मधुमेह, मोटोपन, मानसिक रोग, तथा अन्य थुप्रै समस्याबाट मुक्ति मिल्ने तथा हाम्रो शरीरलाई फिट रहने अध्ययनहरुले देखाएको छ ।

योगा र ध्यान गर्नाले हाम्राे स्वास्थ्यमा यस्ताे परिवर्तन साथै क्यान्सरको जोखिम पनि

आजभोली शहरी इलाकामा बस्ने धेरै मानिसहरु मोटोपनाको शिकार भएको पाइन्छ । मोटोपनाको कारण भद्दा भएको शरीरलाई फिट बनाउनको लागि धेरैले विभिन्न उपायहरु अपनाउँछन् ।

ती मध्ये सबैभन्दा सरल र प्रभावकारी उपाय हो नियमित योगा र ध्यान गर्ने । नियमित योगा र ध्यान गर्नाले धेरै हाम्रो शरीर चुस्त दुरुस्त त हुन्छ नै यसले शरीरको रोग प्रतिरोधी प्रणालीमा पनि सुधार गर्छ ।

योगा र ध्यानमा मानव शरीरका केही यस्ता राज लुकेका छन् जसले हाम्रो डिएनए परिवर्तन गरेर क्यान्सर जस्ता कैयौं घातक रोगहरुबाट टाढा राख्न सक्छ ।

यस्तोमा वैज्ञानिकहरुले एन्टी इन्फ्लेमेटरी जिन्स पत्ता लगाएका छन् जसले शरीरलाई सकि्रय र स्वस्थ मात्रै राख्ने होइन बरु आयु पनि बढाउँछ । साथै एन्टी इन्फ्लेमेटरी जीन्सले क्यान्सरको जोखिमलाई पनि कम गर्छ । यो कुरा सुन्दा अलि अचम्मको जस्तो लागेपनि यो सहि हो ।

आउनुहोस् जानीराखौं, योगा र मेडिटेसनका केही यस्ता अदभुत फाइदाको बारेमा

क्यान्सरको जोखिम कम हुन्छ

विश्वमा अहिले मानव शरीरलाई बुझ्नको लागि नयाँ रिसर्चहरु भैरहन्छ । हालसालै गरिएको एक अध्ययनका अनुसार योगा र ध्यानले क्यान्सरको जोखिमलाई सजिलैसँग कम गर्न सकिने पत्ता लागेको छ ।

मानिस योगा र ध्यानको माध्यमले आफ्नो दिमाग र शरीरमाथि नियन्त्रण गर्न सक्छन् । ध्यान गर्ने मानिसहरुमा इन्फ्लेमेसन धेरै हुने मोलिक्युलको उत्पादन कम हुन्छ । र, इन्फ्लेमेसन कम भएमा क्यान्सरको जोखिम पनि कम हुन्छ ।

मानसिक स्वास्थ्य राम्रो हुन्छ

आजको दिनमा कैयौं मानिसहरु योगा र ध्यानको फाइदा उठाइरहेका छन् । र, यसको स्वास्थ्य फाइदाहरुमा रमाइरहेका छन् ।

यो कुरा धेरै कम मानिसहरुलाई मात्रै थाहा छ की यसको फाइदा हाम्रो शरीरमा मोलिक्युलर लेभलबाट हुन थाल्छ । अर्थात योगा र ध्यानले शरीरको जेनेटिक कोड पनि परिवर्तन गर्न सकिन्छ ।

यसको एक फाइदा मानसिक स्वास्थ्यमा सुधार पनि हो । ध्यान र योगाले स्मरणशक्ति तिक्ष्ण हुन्छ, तपाईं सहि किसिमले कुनै चीजमा केन्दि्रत हुन पाउनुहुन्छ र एकाग्रता पनि बढ्छ ।

तनाव कम हुन्छ

आजभोली हामीले कैयौं यस्ता रोगहरुको सामना गर्नुपरेको छ जसको बारेमा हामीले कहिल्यै पनि सुनेका थिएनौं । यसको सबैभन्दा ठूलो कारण हो हाम्रो जीवनशैली र चौबिसै घन्टा स्ट्रेसमा रहने दैनिकी ।

यदि सही ढंगले योगा र ध्यान गर्ने हो भने हाम्रो जिन्दगीबाट तनाव भाग्छ । अर्थात यो एक यस्तो एन्टिडिपि्रसेन्ट हो जसले फाइदा नै फाइदा गर्छ ।

ध्यान र योगाको प्रक्रियामा हामीले लामो गहिरो सास लिन्छौं र साथै शरीरको स्लो मुभमेन्ट पनि हुन्छ ।

खानपानमा सुधार

अध्ययनबाट योगा र मेडिटेसन प्राक्टिसले हाम्रो खानपानको बानी पनि सुधार्ने तथ्य पनि अगाडि आएको छ । नियमित योगा गर्ने बानीले हाम्रो रुची स्वस्थ खानाको तर्फ बढ्न लाग्छ ।

आहार सुधार हुन्छ मानिस खुसी हुन थाल्छ । यसले आत्मविश्वास पनि बढ्छ र आफ्नो शरीरको ख्याल राख्ने इच्छा पनि बढ्छ ।

शरीरको लचकता बढ्छ

बाहिर क्रियाकलाप नगरिकन दिनभर कम्प्युटरको अगाडि बस्नाले शरीर कैयौं रोगहरुबाट ग्रस्त हुन सक्छ । कम उमेरमै शरीरमा कैयौं किसिमका दुखाईहरु सुरु हुन्छन् ।

हामीलाई व्यस्तताको कारण व्यायाम गर्ने समय पनि मिल्दैन । तर, यदि थोरै समय मिलाए। हामीले आफ्नो शरीरमा ध्यान दिने हो भने यसको फाइदा हामीलाई नै हुन्छ ।

दैनिक थोरै समयसम्म योगा र ध्यान गर्नाले शरीरको लचकतामात्रै बढ्दैन बरु कार्यालयको काम गर्ने उत्साह र जाँगर पनि बढ्छ ।

कसरी लाग्छ शरीरमा क्यान्सर ? याे पनि जानिराखाैँ

शरीरमा चाहिने भन्दा बढी मासु पलाएमा क्यान्सर हुनसक्छ । क्यान्सर जुनसुकै कारणले पनि हुनसक्छ । कतिसम्म भने धुवाधुलो प्रदुषण लगायतको सुर्यको विकिरणले पनि क्यान्सर हुनसक्छ । त्यस्तै, शरीरको प्रतिरोधी क्षमताले यी कुरालाई कति पचाउन सक्छ, त्यसले पनि क्यान्सर रोगको निर्धारण गर्छ । तथापी, केही यस्ता कुराहरु छन्, जसलाई क्यान्सर हुनुको प्रमुख कारण मानिन्छ ।

अक्सिजन

क्यान्सर विभिन्न कारणले हुन्छ, जसका कारण शरीरमा क्यान्सर हुनसक्छ । जस्तै कि अक्सिजन । अक्सिजनको अभावमा हामी जिवित रहन सक्दैनौ । तर शरीरमा प|mी रेडिकल्सको रुपमा रहेको अक्सिजन पनि क्यान्सरको प्रमुख कारक हुनसक्छ ।

उमेर

धेरैजसो मानिसमा ६५ वर्षको उमेर पछि क्यान्सर हुने गर्छ । यसको कारण के हो भने जति जति हाम्रो उमेर बढ्दै जान्छ, त्यति त्यति शरीरको स्वस्थ कोशिकाको पुन निर्माण हुने प्रकि्रया नष्ट हुनथाल्छ । जसले गर्दा शरीरमा क्यान्सर हुने सम्भावना उच्च हुन्छ ।

शारीरिक गतिविधिको कमी

अवस्थ खानपान, व्यायामको कमी तथा अनियन्त्रित तौका कारण पनि मानिसहरु विभिन्न किसिमका क्यान्सरको जोखिममा रहने गर्छन् ।

अणुवंशिक कारण

परिवारमा कसैलाई क्यान्सर छ भने त्यस्ता व्यक्तिबाट जन्मने बच्चालाई पनि क्यान्सर हुने सम्भावना उच्च हुन्छ । विशेषगरी, स्तन क्यान्सर, मेलानोमा, अण्डासयको क्यान्सर, प्रोस्टेट तथा आन्द्राको क्यान्सर पनि एक पिढीबाट अर्कोमा सजिलै सर्न सक्छ । यसको मतलव यो पनि हैन की यदी माता पितामध्य कसैलाई क्यान्सर लागेको छ भने तपाईलाई पनि क्यान्सर हुन्छ ।

हर्मोन

कयौ पटक कुनै हर्मोनको असन्तुलन भएमा पनि क्यान्सर हुने गर्छ । विभिन्न शोधहरुले जनाए अनुसार आजकल महिलाहरु विभिन्न किसिमका हर्मोन थेरापीका क्रममा एस्ट्रोजेन नामक हर्मोन लिने गर्छन् जसले गर्दा उनीहरुमा क्यान्सरको जोखिम उच्च हुन्छ गर्छ । त्यस्तै, गर्भनिरोधक चक्कीको सेवन गर्नेहरुमा पनि क्यान्सरको जोखिम उच्च हुने विभिन्न अध्ययन अनुसन्धानहरुले जनाएको छ ।

सुर्तीजन्य पदार्थ

क्यान्सरका कारण मृत्यु हुनेमध्ये धुमपान तेस्रो नम्बरमा रहेको छ । धुमपान बाहेक सुर्तीजन्य पर्दाथलाई अन्य तरीकाले प्रयोग गर्नु पनि मुखको क्यान्सर सबैभन्दा ठूलो कारण मानिन्छ ।

विकिरण

जमीन तथा वातावरणमा रहेको कस्मिक किरण विकिरणले प्रमुख कारक मानिन्छ । रेडन ग्यास, रेडिएटिभ स्राव, एक्स रे परमाणु हतियारबाट निस्कने गर्छ । यस्ता विकिरणले कोशिकालाई हानी पुर्‍याउने गर्छ । र, क्यान्सरको जोखिम निम्त्याउँछ । न्युक्लियर पावर प्लाट वरिपरि वस्ने तथा त्यसमा काम गर्ने मानिसलाई पनि यस प्रकारको विकिरणले हानी गर्न सक्छ ।

प्रदुषण

प्रदुषण पनि क्यान्सरको मुख्य कारण हो । वायु प्रदुषणका कारण हामी प्रत्येक दिन कयौ तत्वको सम्पर्कमा आउने गछौ, जसले फोक्सोको क्यान्सरको समस्या निम्त्याउने गर्छ ।

मदिरा

मदिरा आफैमा क्यान्सरको एउटा ठूलो कारक हो । मदिराको साथमा धुमपानको सेवन गर्नेहरुमा क्यान्सरका साथै अन्य रोग लाग्ने सम्भावना अत्याधिक हुन्छ । मदिराकै कारण मुख, घाँटी, अन्ननली, भोकल कर्ड, कलेजो तथा स्तन क्यान्सरको जोखिम उच्च हुन्छ ।

भाइरस तथा व्याक्टेरिया

विभिन्न प्रकारका भाइरस तथा व्याक्टेरियाले पनि क्यान्सरको जोखिम उच्च पार्छ । जसमा ह्युम पापिलोमा भाइरस, एचआईभी तथा अन्य भाइरस तथा केही अन्य व्याक्टेरिया पर्दछन् ।

औषधी

क्यान्सरको उपचारमा प्रयोग गरिने किमोथेरापीको प्रयोगले पनि क्यान्सर हुने खतरा उच्च हुन्छ । त्यस्तै, शरीरको प्रतिरक्षा प्रणालीको विकास गर्ने औषधीहरुको प्रयोगले पनि क्यान्सरको जोखिम बढाउने गर्छ । यस्ता औषधीको प्रयोग लिम्फोमा (ग्रन्थीको क्यान्सर) हुने सम्भावना उच्च हुन्छ ।

आहार

विभिन्न शोधहरुले जनाए अनुसार रेडमिड, प्रोसेस्ड मिट, नुन हालेर राखिएको मासु अत्याधिक सेवन गर्नेहरुमा पेट, आन्द्रा, पाठेघर ता प्रोस्टेट क्यान्सरको जोखिम उच्च हुन्छ ।

क्यान्सरका शुरुवाती ५ लक्षण

क्यान्सरलाई बेलैमा पहिचान गर्न सकियो भने रोकथाम पनि गर्न सकिन्छ । क्यान्सरका लक्षण देखिए भने पनि आत्तिइ हाल्नु हुँदैन । तर नियमितरुपमा जाँच र चिकित्सकको परामर्स भने लिनु पर्छ । हरेक जसो क्यान्सरमा देखिने ५ लक्षण यहाँ प्रस्तुत गरिएको छ । यी लक्षण देखिएभने कहिले पनि वेवास्ता नगर्नुस् ।

१. दुखाइ

शरीरको कुनै पनि अंग वा भागमा निरन्तर दुखाइ महसुस भयो भने यसलाई वेवास्ता नगर्नुस् । पेन किलर खाएर दुखाइ कम गर्ने मुर्खता पनि नगर्नुस् । महिलामा हुने स्तन क्यान्सर शुरुमा पत्ता लगाउन निक्कै गाह्रो हुन्छ ।

२. ज्वरो

ज्वरो आउनु पनि शरीरमा सञ्चो नभएको संकेत हो । नियमितरुपमा ज्वरो आउनु पनि क्यान्सरको लक्षण हुन सक्छ । क्यान्सर रोग लाग्ने समयमा विभिन्न प्रकारले लामो समय सम्म ज्वरो आउने समस्या हुन सक्छ । कहिले काँहि सिजलन ज्वरो आएको भनेर लापर्वाही गर्दा गम्भिर समस्या पनि हुन सक्छ ।

३. दुब्लाउँदै जानु वा वजन कम हुनु

यदि तपाइँ एकाएक दुब्लाउन थाल्नु भो वा शरीरको बजन १ वा डेढ सातामै १० प्रतिशत सम्म कम भएमा तत्काल जाँच गराउनुस् । कुनै शारीरक अभ्यास नै नगरीकन तौल घट्नु वा दुब्लाउनु राम्रो संकेत होइन । डाइटिङ नै गर्दा पनि एकाएक तौल घट्नु राम्रो संकेत होइन ।

४. थकान

जतिबेला पनि थकान र कमजोर अनुभव गर्न थाल्नु भो भने बुझ्नुस् शरीर अस्वस्थ छ । क्यान्सरका शुरुवाती लक्षणमा थकान र कमजोर हुनु पनि पर्छन् । खासगरी चुरोट वा खैनी सेवन गर्नेहरुलाई यसमा विशेष ध्यान दिनु पर्छ । कतिपय अवस्थामा रक्तचाप कम हुँदा पनि थकाइ लाग्ने र कमजोर महसुस हुने हुन्छ ।

५. तनाव

जतिबेला पनि तनाव हुन्छ । दिशा र पिसावको रंग बदलिएको छ भने सतर्क बन्नुस् । यस्तो अवस्थामा सके सम्म छिटो डाक्टरकोमा जानु राम्रो हुन्छ । अधिकाँश मानिस ब्यस्त जीवन नै तनावको कारण भन्ने ठान्छन् तर कहिले काँही यस्तो हुनु गम्भिर समस्याको संकेत हुन सक्छ । क्यान्सकार लक्षण मध्ये अत्याधिक तनाव र शरीर चिलाइरहने समेत पर्छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१