एमाओवादी नेता बोगटीको अवस्था गम्भीर, भारत लगिएन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ भाद्र २०७१, शनिबार १९:३४

post

काठमाण्डौ / माओवादीका नेता पोस्टबहादुर बोगटीको अवस्था गम्भीर हुँदै गएपछि उनलाई भारत लैजाने तयारी भए पनि यही‌ नै उपचार गराइने भएको छ।
हृदयाघात भएर अस्पताल भर्ना भएका बोगटीमा मस्तिष्कघात पनि देखिएपछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको हो। नर्भिक अस्पतालमा उपचार गराइरहेका बोगटीलाई चिकित्सकको सल्लाहमा भारत लैजाने तयारी गरिएको थियो।

बोगटीलाई बिहीबार राति हृदयाघात भएपछि बाँसबारीस्थित गंगालाल हृदय केन्द्रमा लगिएको थियो। त्यहाँ उनको एन्जियो प्लास्टिक गरिएको थियो। चिकित्सकको सल्लाहमा बोगटीलाई अपराह्न नर्भिक लगिएको थियो। शनिबार बिहान उनको अवस्था गम्भीर बन्दै गएपछि उनलाई भेन्टीलेटरमा राखेर उपचार गरिएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१