हरियो खुर्सानी खानुहोस् र क्यान्सर, छालाको संक्रमण जस्ता रोगहरुबाट बच्नुहोस्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ बैशाख २०७७, आईतवार ०५:१४

खानामा अमिलो र पिरो मन नपाउने सायदै नेपाली होलान् । प्राय गरेर नेपालीहरु खानासँगै हरियो खुर्सानी भने पछि हुरुक्कै हुन्छन् । खानामा पिरो मन पराउनेका लागि हरियो खुर्सानी नभै नहुँने कुरा जस्तै भइदिन्छ । हरियो खुर्सानी पिरो र स्वादका लागि मात्र नभएर स्वास्थ्यका दृष्टिकोणबाट समेत त्यतिकै फाइदाजनक छ ।

हरियो खुर्सानीमा भिटामिन ए, बी ६, सी, के, आइरन, कपर, पोटासियम, प्रोटिन र कार्बोहाइड्रेट जस्ता शरीरलाई आवश्यक पर्ने अनेकन पोषक तत्व पाइन्छन् । त्यसो त हरियो खुर्सानीमा बिटा क्यारोटीन, क्रिप्टोक्सान्थिन, लुटेन–जकक्सन्थिन लगायतका गुण समेत हुने गर्छन् ।

हरियो खुर्सानी खाँदा हुने ७ वटा फाइदाबारे जानकारी लिऔं ।

१. हरियो खुर्सानीमा भिटामिन सी पर्याप्त मात्रामा पाइन्छ । भिटामिन सी’ले अन्य भिटामिनलाई समेत शरीरमा राम्रोसँग घुल्न मद्दत गर्दछ ।

२. हरियो खुर्सानी एन्टी(अक्सिडेन्टको महत्वपूर्ण स्रोत हो । यसमा डाइट्री फाइबर्स प्रचुर मात्रामा पाइन्छ, जसले पाचन प्रक्रियालाई सुचारु राख्न सघाउँछ ।

३. भिटामिन ए समेत पाइने हरियो खुर्सानी आँखा र छालाका लागि पनि फाइदाजनक छ ।

४.हालै भएको एक सर्वेका अनुसार हरियो खुर्सानीले ब्लड शुगर कम गर्न मद्दत गर्दछ ।

५. हरियो खुर्सानीले ‘मूड बुस्टर’को पनि काम गर्छ । यसले मस्तिष्कमा एन्ड्रोफिनको सञ्चार गराउँछ, जसका कारण हाम्रो मूड ताजा र खुसी रहन मद्दत मिल्दछ ।

६.केही अनुसन्धानको नतिजामा विश्वास गर्ने हो भने यसले लङ्ग क्यान्सरबाट पनि बचाउन मद्दत गर्दछ । यद्यपी यस कुराको आधिकारिक पुष्टी भने भएको छैन ।

७.हरियो खुर्सानीमा एन्टि(ब्याक्टोरियल गुण हुन्छ । जसले शरीरलाई ब्याक्टोरिया फ्री रहन मद्दत गर्छ । साथै यसले रोग प्रतिरोधी क्षमता पनि बढाउन भूमिका खेल्छ ।

हरियो खुर्सानीले भाँत पुराएर खाने हो भने लाभ पनि हुन्छ । पिरो स्वादसँगै अन्य लाभसमेत उठाउन सकिन्छ । हरियो खुर्सानीले पेट र छातीमा असर गर्दैन । यसमा भिटामिन ए, बी-६, सी, आइरन, पोटासियम, कार्बोहाइड्रेट र अन्य धेरै पोषक पदार्थ पाइन्छन् ।

हरियो खुर्सानी स्वास्थ्यसँगै सौन्दर्यका लागि पनि फाइदाजनक छ । दैनिक हरियो खुर्सानी खाएमा छालामा चमक आउनुका साथै रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्छ । प्रशस्त मात्रामा भिटामिन सी र ई पाइने भएकाले रगत सफा गर्नुका साथै अनुहारमा आउने पिम्पल्सबाट समेत राहत मिल्छ ।

हरियो खुसार्नीमा पाइने एन्टिअक्सिडेन्टका कारण ओक्साइडेसनलाई कम गर्छ । जसले कोषिकाहरूलाई स्वस्थ रहन मद्दत गर्छ ।

प्रत्येक व्यक्तिको रक्तसञ्चार फरक-फरक गतिमा हुन्छ । रगतले सम्पूर्ण शरीरमा पोषक तत्व, अक्सिजन, हर्मोन, गर्मी, इलेक्ट्रोलाइट्स आदि पुराउने गर्छ । हरियो खुर्सानी खाँदा रक्तसञ्चारलाई तीव्र बनाउन मद्दत गर्छ ।

हरियो खुसार्नीमा पाइने पोटासियम, फ्लोभोनोइड्स, भिटामिन सीका कारण शरीरमा प्रतिरक्षा प्रणाली मजबुत बन्छ । तर, यसका लागि सीमित मात्रामा नियमित रूपमा खुर्सानी खानुपर्छ ।

सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिसका लागि हरियो खुर्सानी एकदमै उपयोगी हुन्छ । आवश्यक मात्रामा खाँदा फोक्सोमा क्यान्सर हुने सम्भावना कम रहन्छ । यसका साथै प्रोटेस्टको समस्यालाई समेत कम गर्छ ।

हरियो खुर्सानी छालाका लागि फाइदाजनक मानिन्छ। खुर्सानीमा हुने भिटामिन ईले छालाका लागि आवश्यक तेल उत्पादन गर्न सहयोग पु-याउँछ। खानासँग मात्रा मिलाएर खाँदा छालामा समेत चमक ल्याउँछ ।

हरियो खुर्सानीमा एन्टिब्याक्टेरियल गुणहरू समावेश हुन्छन् । जसले संक्रमणबाट बचाउँछ । प्रायः महिलामा आइरनको कमी हुने हुन्छ । हरियो खुर्सानीबाट यो परिपूर्ति हुन्छ । हरियो खुर्सानीमा विभिन्न पोषक तत्व हुन्छन् । तिनले आखाँको दृष्टि तेज हुनुमा मद्दत गर्दछ ।

हरियो खुर्सानीको अचार :

आवश्यक सामग्री

-हरियो खुर्सानी : ३० वटा

-आधा चम्चा : बेसार

-आधा चम्चा : आधा चम्चा हिंग

-आधा चम्चा : सौफ

-आवश्यकताअनुसार तेल

-स्वादअनुसार नुन

-एक ठूलो चम्चा कागतीको रस

बनाउने विधि

सबैभन्दा पहिले हरियो खुर्सानीलाई पखालेर ओभानो बनाउने । हरियो खुर्सानीलाई दुई चीरा पर्ने गरी काट्ने । तर खुर्सानीलाई अलग भने गर्नु हुँदैन । त्यसपछि एउटा भाँडोमा माथिका सबै मसला मिसाएर राख्ने । तयार पारिएको मिश्रणलाई खुर्सानीसँगै मिसाउने।खुर्सानीको भित्र पुग्नेगरी मसला मोस्ने ।

सबै मसला खुर्सानीसँग मोसिसकेपछि त्यसमा कागतीको रस राख्ने । अन्त्यमा खुर्सानीलाई तेलले झान्ने।यसरी तयार गरिएको खुर्सानीको अचार एक घण्टासम्म नचलाइन राख्ने । त्यसपछि एउटा शिशाको बट्टामा हावा नछिर्नेगरी राख्ने । एक दुई दिनपछि अचार खान सकिन्छ ।

हरीयो खुर्सानी खानाले स्वास्थ्य सम्बन्धि धेरै समस्याहरू समाधान गर्न सकिन्छ। हरीयो खुर्सानीको फाइदा बारेमा थाहा पाउनुहोस् :-

पाचन क्रिया :
हरीयो खुर्सानी खाएर पनि पाचन क्रियामा सुधार गर्न सकिन्छ। हरीयो खुर्सानीमा एन्टी-अक्सिडेन्ट र डाइट्री फाइबर्स अधिक मात्रामा हुन्छन्।

मूड परीवर्तन :
हरीयो खुर्सानी खानाले मूडमा सकारात्मक परीवर्तन पनि ल्याउन सक्छ। हरीयो खुर्सानिलाई मूड ब्रोकरको रूपमा पनि चिनिन्छ। यसले मस्तिष्कमा इन्डोर्फिन (endorphins) लाई संचालन गराउछ। जसको कारण मानिसलाई खुसी राख्न मदत गर्दछ।

भिटामिन सी :
हरीयो खुर्सानीमा भिटामिन सी पाइन्छ। भिटामिन सीको मदतले शरीरमा अन्य भिटामिनहरुलाई पनि सजिलै ठीक गर्न सकिन्छ।

ब्याक्टेरिया मुक्त :
हरियो खुर्सानीको मदतले शरीरलाई ब्याक्टेरियाबाट मुक्त राख्न सकिन्छ। हरीयो खुर्सानीमा एन्टी-ब्याक्टेरियल गुणहरू हुन्छन्, जसले शरीरलाई जीवाणु-मुक्त बनाउँछ। यस बाहेक, हरियो खुर्सानीले प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउँछ।

आँखा र छालाको लागि लाभकारी :
हरियो खुर्सानीमा भिटामिन ए पाइन्छ। यसको कारण हरियो खुर्सानी आँखाका लागि धेरै फाईदाजनक हुन्छ। यसबाहेक हरियो खुर्सानी खानाले छालालाइ चम्किलो बनाउछ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ :
हरियो खुर्सानीले प्राकृतिक रुपमा नै रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने भएकाले क्यान्सरबाट बचाउन मद्दत गर्छ ।

मोटोपन कम गर्छ :
यदि तपाईं खानेकुरामा निकै सोच्ने गर्नुहुन्छ र सधैँ कम क्यालोरीको खाना खानुहुन्छ भने हरियो खुर्सानी राम्रो विकल्प हुनसक्छ । हरियो खुर्सानीमा क्यालोरी हुँदैन । त्यस कारण डाइटिङ गरिरहनुभएको छ भने पनि हरियो खुर्सानी तपाईंका लागि निकै लाभदायक हुन्छ ।

क्यान्सरबाट बचाउँछ :
पुरुषहरुमा प्रोस्टेट क्यान्सरको सम्भावना धेरै हुने गर्दछ । एक शोधका अनुसार खानामा हरियो खुर्सानीको प्रयोगले प्रोस्टेट क्यान्सरबाट बच्न सकिन्छ । हरियो खुर्सानीमा यस्तो तत्व पाइन्छ जसले क्यान्सरको जोखिमलाई कम गर्ने चिकित्सहरु बताउँछन् ।

जवान राख्छ :
हरियो खुर्सानीमा भिटामिन इ को मात्रा धेरै हुने भएकाले छालालाई नरम बनाइराख्छ । यसले तपाईंको छालालाई सधैँ जवान र चम्किलो बनाउन सहयोग गर्छ ।

छालाको संक्रमण रोक्न :
तपाईंको छाला निकै नै संवेदनशील छ र तपाईंलाई संक्रमणको समस्या भइरहन्छ भने हरियो खुर्सानीले तपाईंलाई राहत प्रदान गर्नेछ । हरियो खुर्सानीको एन्टिब्याटरियल तत्वले छालालाई संक्रमणबाट बचाउँछ । मधुमेह राेक्छ हरियो खुर्सानीले रगतमा हुने ग्लुकोजको मात्रालाई नियन्त्रण गर्छ । जसले मधुमेहको खतरा लगभग शून्य हुने गर्दछ । हरियो खुर्सानीमा पाइने फाइबरले खानालाई छिट्टै पचाउन सहयोग गर्छ ।

हड्डी बलियो बनाउछ :
महिलाहरुका लागि हरियो खुर्सानी उनीहरुको हतियार हुन सक्छ । यसमा भरपूर मात्रामा आइरन पाइने भएकाले हड्डीलाई बलियो बनाउँछ र रगतलाई पनि बढाउने गर्छ । रोग प्रतिरोधात्मक क्षमता वृद्धि हरियो खुर्सानीमा भिटामिन सि हुने भएकाले भिटामिन सिको पूर्तिका साथै रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ ।

थप जानकारी :

नेपालीहरु प्राय खानासंग हरियो खुर्सानी खान मन पराउछन् ।पीरो मन पराउनेका लागि हरियो खुर्सानी बिनाको खाना नै नरुच्ने पनि हुन्छ । धेरैले खुर्सानी स्वादका लागि मात्र खाने गरेको पाइन्छ । तर, खुर्सानी खाएमा फाइदा पुग्ने, कमैलाई मात्र जानकारी होला ।

१. भिटामिन ए भरपूर भएको हरियो खुर्सानीले आँखा तेजिलो र छाला चम्किलो बनाउँछ ।

२. हरियो खुर्सानीमा भिटामिन सी पर्याप्त मात्रामा हुन्छ । भिटामिन सी ले अरु भिटामिनलाई शरीरमा राम्ररी पचाउन मद्दत गर्छ।

३. हरियो खुर्सानीमा डाइट्री फाइबर्स प्रचुर मात्रामा हुने भएकाले यसले पाचन क्रिया सुचारु गर्न मद्दत पुर्याउँछ ।

४. यो एन्टी-अक्सिीडेन्टको राम्रो माध्यम पनि हो ।

५. हरियो खुर्सानीले ब्लड सुगरलाई कम गर्दछ।

६. हरियो खुुर्सानी खानाले छाला सफा हुन्छ भने डन्डीफोर आउन दिँदैन ।

७. हरियो खुर्सानीमा क्याप्साइसिन नामक एक तत्व पाइने हुनाले यसले क्यान्सरबाट जोगाउन समेत महत्वपूर्ण भूमिका खेल्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २८, २०८१