मेगा बैंकबाट दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामग्री र कम्प्युटर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ बैशाख २०७७, आईतवार ०५:०८

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले काभ्रेका दृष्टिविहीन विद्यार्थीहरुलाई शैक्षिक सामग्री र कम्प्युटर सहयोग गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेगा बैंकले सपोर्ट टु फेलोशीप सोसाइटी नेपाल संस्थामार्फत काभ्रेको धुलिखेलस्थित सञ्जीवनी माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरुलाई शैक्षिक सामग्री र कम्प्युटर प्रदान गरेको हो ।

मेगा बैंकका बनेपा शाखा प्रमुख राजेश्वर श्रेष्ठले दृष्टिविहीन विद्यार्थीहरुलाई कम्प्युटर, दृष्टिविहीन विद्यार्थीहरुले प्रयोग गर्ने विशेष कापी, कलम, झोला तथा बोर्ड हस्तान्तरण गरेका थिए ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेगा बैंकले बिभिन्न जिल्लाका विद्यार्थीलाई सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१