प्रसिद्धि श्रेष्ठ डिस्चार्जपछि प्रधानमन्त्रीले दिए उपचारमा संलग्नलाई धन्यवाद

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ बैशाख २०७७, आईतवार ०५:०१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमित युवतीको उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका छन् ।

नेपालको दोस्रो कोरोना संक्रमित १९ वर्षीया प्रसिद्धि श्रेष्ठ काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट उपचारपछि शनिबार डिस्चार्ज भएकी हुन् । उनी डिस्चार्ज भएपछि प्रधानमन्त्री ओलीले प्रसिद्धिको सुस्वास्थ्यका कामना पनि गरेको छन् ।

शनिबार दिउँसो सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्री ओलीले उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरू तथा संबद्ध सबैलाई बधाई तथा धन्यवाद दिएका छन् ।

उनले लेखेका छन्, ‘कोरोना भाइरसबाट संक्रमित दोस्रो विरामी आज पूर्ण स्वस्थ भई अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। उहाँको आरोग्यताको कामना सहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरू तथा संबद्ध सबैलाई बधाई तथा धन्यवाद ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१