कोरोना संक्रमितको संख्या ३१ पुग्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ बैशाख २०७७, आईतवार ०४:५७

काठमाडौं । नेपालमा आज थप एक जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले आज सूचना दिँदै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको जनाएको हो ।

स्वास्थ्य मन्त्रालयले साँझ एक विज्ञप्ती निकाल्दै ६५ वर्षीय पुरुषमा कोरोना भएको पुष्टि गरेको हो ।

मन्त्रालयका अनुसार उनी विराटनगर निवासी हुन् । बिराटनगर निवासी उनी उदयपुरको मस्जिदमा रहेको मन्त्रालयको भनाइ छ ।

उनलाई कोरोना देखिएसँगै कोशी अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।

दुई जना संक्रमित भने निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१