मे २७ मा मानवसहितको यान अन्तरिक्षमा पठाउँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ बैशाख २०७७, आईतवार ०४:५१

अमेरिका । करिब दश वर्षपछि अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाले अन्तरिक्षमा मानवसहितको यान पठाउने घोषणा गरेको छ ।

यानमा दुईजना अन्तरिक्षयात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस)तर्फ जानेछन् । रकेट र अन्तरिक्ष यान फ्लोरिडाको केनेडी स्पेश सेन्टरबाट २७ मे का दिन उडाउने योजना नासाले शुक्रबार सार्वजनिक गरेको हो ।

“एक पटक फेरी अमेरिकी अन्तरिक्ष यानलाई अमेरिकी भूमिबाट आगामी मे २७ मा पठाइने भएको छ,” नासाका प्रमुख जिम ब्राइडेस्टाइनले ट्वीटमार्फत् पुष्टि गरे ।

नासाले उसको अन्तरिक्ष शटलले सन् २०११ मा काम गर्न बन्द गरेयता मानवसहित अन्तरिक्ष यात्राका लागि रुसी रकेटहरूको प्रयोग गर्दै आएको छ ।

रकेट र अन्तरिक्ष यान दुवै एउटा निजी कम्पनी ’स्पेस एक्स’ले निर्माण गरेको बताइएको छ । अन्तरिक्ष यात्रीहरू बब बेहन्कन र डग हर्लीलाई आइएसएस पुग्न करिब २४ घण्टा लाग्ने बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१