कोरोना महामारीबाट विश्वभर संक्रमित हुनेको संख्या २२ लाख नाघ्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ बैशाख २०७७, शनिबार ०५:१८

एजेन्सी । कोरोना महामारीबाट विश्वभर संक्रमित हुनेहरुको संख्या २२ लाख नाघेको छ । शुक्रबार राती अबेर वल्ड्रोमिटरले जारी गरेको तथ्याँकअनुसार विश्वभर संक्रमित हुनेहरुको संख्या २२ लाख १९ हजार २ सय ६७ पुगेको छ भने मृत्यु हुनेहरुको संख्या १ लाख ५२ हजार १०३ पुगेको छ । शुक्रबार अमेरिकामा १३ सय २७ जनाको मृत्यु भएको छ । योसहित त्यहाँ मृत्यु हुनेहरुको संख्या ३५ हजार ९ सय ४४ पुगेको छ भने संक्रमितहरुको संख्या ६ लाख ९० हजार ६ सय ३१ पुगेको छ । त्यस्तै इटालीमा एकैदिन ५ सय ७५ जनाको मृत्यु भएको छ ।

योसहित त्यहाँ मृत्यु हुनेको संख्या २२ हजार ७ सय ४५ पुगेको छ भने संक्रमितहरुको संख्या १ लाख ७२ हजार ४ सय ३४ पुगेको छ । उता, बेलायतमा एकैदिन ८ सय ४७ जनाको मृत्यु भएपछि त्यहाँ मर्नेहरुको संख्या १४ हजार ५ सय ७६ पुगेको छ । त्यस्तै फ्रान्समा पनि एकैदिन ७ सय ६१ जनाको मृत्यु भएको छ । योसहित त्यहाँ मृत्यु हुनेको संख्या १८ हजार ६ सय ८१ पुगेको छ । यता, चीनमा संशोधित तथ्याँकअनुसार मृत्यु हुनेको संख्या ४६ सय ३२ पुगेको छ । शुक्रबार मात्र विश्वभर ६ हजार ६ सय ३२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१