हरेक अमेरिकीलाई महिनामा दुई हजार डलर दिने प्रस्ताव संसदमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ बैशाख २०७७, शुक्रबार ०५:५१

एजेन्सी । अमेरिकामा कोरोनाको संक्रमण कायम रहेसम्म हरेक अमेरिकीलाई मासिक दुई हजार डलर दिने प्रस्ताव अमेरिकी संसदमा प्रवेश गरेको छ ।

डेमोक्रेटिक सांसद टिम यारन र रो खन्नाले ‘इमर्जिन्सी मनी फर द पिपल एक्ट’ संसदमा प्रस्तुत गर्दै उक्त प्रस्ताव अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभमा प्रस्तुत गरेका हुन् ।

पार्टी भित्र रायन मध्यमार्गी र खन्ना सुधारवादी धारको राजनीतिकर्मीको रुपमा चिनिन्छन् । चालु डेमोक्रेटिक राष्ट्रपतिय होडमा रायन पनि उम्मेद्वार बनेका थिए भने खन्ना सिनेटर बर्नी स्यान्डर्सको टिममा थिए । उनीहरुको नयाँ प्रस्ताव अनुसार १६ बर्ष उमेर पुगेका एवं बार्षिक एक लाख ३० हजारभन्दा थोरै कमाउने सबै अमेरिकीले कम्तिमा छ महिनासम्म मासिक दुई हजार डलर पाउनेछन् ।

कोरोना भाइरसका कारण रोजगारी गुमाएकाहरुलाई निरन्तर राहत दिन यो प्रस्ताव ल्याएको उनीहरुको भनाइ छ । उनीहरुको यो विधेयकलाई १७ जना डेमोक्रेटिक सभासदले समर्थन गरेका छन् ।

वयश्क व्यक्तिलाई दुई हजार र बालबालिकालाई मासिक पाँच सय डलर उपलब्ध गराउने प्रस्ताव पनि विधेयकमा रहेको छ । यो रकम संघीय सरकारले सिधै अमेरिकीको खातामा, चेक वा मोवाइल डिपोजिट मार्फत पठाउन प्रस्ताव गरिएको छ

दुई साता अघि पारित भएको ‘केयर एक्ट’ अनुसार अमेरिकी सरकारले एक पटकका लागि प्रत्येक वयश्क अमेरिकी करदातालाई १२ सय डलर उपलब्ध गराउन थालेको केही दिनमै यो प्रस्ताव अघि सारिएको छ ।

१२ सय राहतले यो संकटसँग जुध्न पर्याप्त नहुने तथ्यप्रति सजग रहँदै आफुहरुले नयाँ प्रस्ताव अघि सारेको सभासद खन्नाको भनाइ छ । अमेरिकमा पछिल्ला तीन सातामा दुई करोड भन्दा धेरै रोजगारी गुमाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१