प्यूठान गौमुखी गाउँपालिका उपाध्यक्षसहित २० जना क्वारेन्टाइनमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ बैशाख २०७७, शुक्रबार ०५:४८

प्यूठान । प्यूठानको गौमुखी गाउँपालिकाका उपाध्यक्ष तुलसी सुनारलाई एकान्तबास(क्वारेन्टाइन)मा राखिएको छ । काठमाडौँबाट आज घर आएकी सुनारलाई वडा नं ५ सालिबिसौनामा रहेको पूर्ण आधारभूत विद्यालयको एकान्तबासमा राखिएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए ।

उनीसहित आएका चार जनालाई १४ दिनसम्म एकान्तबासमा राखिने अध्यक्ष गिरीको भनाइ छ । चौध दिन क्वारेन्टाइनमा बसेकाको दु्रत परीक्षण (आरडिटी) चेक गरिनेछ । आरडिटीमा पोजेटिभ रिपोर्ट आएमा थप जाँचका लागि पठाइने र नेगेटिभ रिपोर्ट आएमा घर पठाइने बताइएको छ ।

आज जिल्ला भित्रिएका २० जनालाई एकान्तबासमा राखिएको छ । जिल्लाका मुख्य सडक तथा भित्रिबाटोमार्फत भित्रिएका व्यक्तिलाई अनिवार्य एकान्तबासमा बस्ने सर्तसहित सम्बन्धित स्थानीय तहको एकान्तबासमा ल्याएर राखिएको हो । स्थानीय तहले निर्माण गरेका एकान्तबासमा ६४ जना रहेका छन् । उनीहरु जिल्ला बाहिर दाङ, काठमाडाँै, भारत र विदेशबाट आएका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१