सात जिल्लामा र्‍यापिड टेष्ट सुरु, देशभर आठ हजार ९२९ जनाको परीक्षण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ बैशाख २०७७, बिहीबार ०४:३९

काठमाडौं । कोरोना भाइरसको सम्भावित संक्रमितको खोजीका लागि थप सात जिल्लामा र्‍यापिड डायग्नोस्टिक किटबाट परीक्षण सुरु गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै परीक्षण सुरु भएको जिल्ला ६३ पुगेको छ । अहिलेसम्म बाग्मती र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा र्‍यापिड टेष्ट सुरु भइसकेको छ ।

प्रदेश नम्बर १ का सात, प्रदेश नम्बर २ का तीन, गण्डकी र प्रदेश नम्बर ५ को एकएक तथा कर्णाली प्रदेशको दुई जिल्लामा र्‍यापिड डायग्नोस्टिक किटबाट परीक्षण सुरु हुन बाँकी छ ।

यस विधिबाट अहिलेसम्म देशभर आठ हजार ९२९ जनाको परीक्षण भइसकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१