भाइबरबाट अब भिडियो कल गर्न सकिने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ भाद्र २०७१, शनिबार १९:२१

viber

काठमाडौँ ।  अब भाइबर प्रयोगकर्ताले भिडियो कलको सुविधा पनि पाउने भएका छन् । एन्ड्रोइड र आइओएस प्रयोगकर्ताका लागि भिडियो कलिङ सेवा सुरु गरिएको हो ।

पछिल्लो समय निकै लोकप्रिय बन्दै गएको मोबाइल म्यासेजिङ एप भाइबरले भिडियो कलिङ सेवा थप गरेको हो । एन्ड्रोइड र आइओएस प्रयोगकर्ताले अब भाइबर ५.० डाउनलोड गरेर सित्तैमा भिडियो कल गर्न पाउने छन् ।
आइओएसबाट एन्ड्रोइडमा र एन्ड्रोइडबाट आइओएसमा पनि भिडियो कल गर्न सकिनेछ भने कम्प्युटरमा भाइबर प्रयोग गर्नेलाई पनि भिडियो म्यासेज पठाउन सकिनेछ । भिडियो कलका साथै भाइबरले क्यु आर कोड स्क्यानको सुविधा पनि थपेको छ ।
यस्तै आइओएसमा फोटो म्यासेज पठाउने सुविधामा सुधार गरेको छ भने एन्ड्रोइडतर्फ भाइबरको डिजाइन परिवर्तन गरेको छ । भाइबरको अहिले विश्वभर ४० करोडभन्दा बढी प्रयोगकर्ता छन् । भिडियो कलको सुविधा थप भएसँगै यसको प्रयोगकर्ता पनि बढ्ने अनुमान गरिएको छ । अहिले भिडियो कलका लागि बढी चल्तीमा रहेको स्काइपलाई पनि यसले चुनौती दिने विश्लेषकले बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१