बुढानिलकण्ठ वडा नं ११ राममन्दिर बाट राहत वितरण गर्ने एक विदेसी सहित दुई महिला पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ बैशाख २०७७, बुधबार ११:०४

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं ११ राममन्दिरमा रहेको रोहिन्ग्या गैरकानुनी आप्रवासीरहेको बस्तीमा वडाको अनुमति विना राहत बाढ्ने एक पाकिस्तानी महिला सहित सिता कार्की नाम गरेकी महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

वडा नं ११ को राममन्दिर क्षेत्रमा रहेका रोहिन्ग्याहरुलाई खाद्यान्न अभाव रहेको संचार माध्यममा आए संगै त्यस स्थानमा राहत वितरण गर्नेको शंख्या बढे संगै संक्रमणको जोखिम न्यूनीकरण र राहतको अभिलेखका लागि वडाले आग्रह गरेको थियो।

सिता कार्की नाम गरेकी महिला संगै UNHCR मा अकं गर्ने पाकिस्तानी महिलाले विना सुचना उक्त स्थानमा राहत वितरण गर्दा वडाका प्रतिनीधिले सोधपुछ गर्दा ति महिलाले अभद्र व्यवहार गरेकी थिइन् भने वडा अध्यक्ष राजु अधिकारीलाई समेत गालि गलौच गरे पछी उनलाई प्रहरीले पक्राउ गरेको थियो।

काठमाडौं मै संक्रमण देखिएको अवस्थामा उच्च सुरक्षा अपनाउदै राहत वितरण गर्ने क्रममा वडालाई जानकारी विना राहत वितरण गर्ने उक्त दुवै महिलाहरुलाई आगामी दिनमा सचेत हुने चेतावनी दिदै कपन प्रहरी कार्यालय बाट छोडिएको अध्यक्ष अधिकारीले जानकारी दिएका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१