कागतीका जात र तिनका जातीय गुणहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ बैशाख २०७७, मंगलवार १४:१४

कागतीको रसमा भिटामिन सी प्रशस्त मात्रामा पाइने हुनाले स्वास्थ्यको लागी अत्यन्तै महत्वपूर्ण फल हो । अपच एवं पेटको सबै जसो विकारहरु निष्काशन गर्न यो फल निकै उपयोगी मानिन्छ ।

पछिल्लो समय कागती खेती प्रति आम कृषकको आर्कषण बढ्दै जाँदा कुन कागती लगाउने भन्ने दुविधा रहेको पाईन्छ । यसका लागि फलफूल विज्ञ हरि सुवेदीले दिनुभएको जानकारी मूलक लेख ।

१. सुनकागती–१ (एन.सि.आर.पि–५५)

यो जात मोरङ जिल्लाका कृषकको बगैंचाबाट संकलन एवं जातीय छनौट गरिे व्यवसायिक खेतिको लागि हालै मात्र उन्मोचन गरिएको विकसित जात हो ।

यो जात तराई, भित्रि मधेस, मध्य–पहाडी क्षेत्रको बेशी÷खोच र तटिय क्षेत्रका पानी नजम्ने स्थानमा खेति गर्दा आषाढ देखि आश्विन सम्म मौसमी फलहरुको उत्पादन लिन सकिन्छ भने केहि मात्रमा बर्षै भरी बेमौसमी फलहरुको उत्पादन लिन सकिन्छ ।

मध्य–पहाडी भागमा यसको खेती गर्दा भाद्र देखि मार्ग सम्म मौसमी फलहरुको उत्पादन लिन सकिन्छ भने केही मात्रमा बर्षै भरी बेमौसमी फलहरुको उत्पादन लिन सकिन्छ ।

फलहरु गोला, चिल्ला, पातलो बोक्रा भएका, रसिला र बास्नादार हुन्छन् भने फलहरु पाकिसके पछि सुनौला रंगका हुन्छन् ।

एउटा फलको सरदर तौल ४० देखि ६० ग्राम सम्म हुन्छ ।

यसको फलमा रस ४९ प्रतिशत सम्म हुन्छ ।

रसमा अमिलोपन ७ देखि १० प्रतिशत सम्म हुन्छ ।

यसका कलमी बिरुवाहरुले रोपेको ३ देखि ४ वर्ष पछि व्यवसायिक उत्पादन दिन थाल्दछन् ।

पाकीसकेपछि फलको रङ हल्का पहेलो हुन्छ ।

यस जातको प्रति हेक्टर अधिकतम उत्पादकत्व ३४.५मे.टन सम्म छ ।

२ सुनकागती–२ (एन.सि.आर.पि–४९)

यो जात स्याङजा जिल्लाका कृषकको बगैंचाबाट संकलन एवं जातीय छनौट गरिे व्यवसायिक खेतिको लागि हालै मात्र उन्मोचन गरिएको विकसित जात हो ।

यो जात तराई, भित्रि मधेस, मध्य–पहाडको बेशी÷खोच र तटिय क्षेत्रका पानी नजम्ने स्थानमा खेति गर्दा आषाढ देखि आश्विन सम्म मौसमी फलहरुको उत्पादन लिन सकिन्छ भने केही मात्रमा बर्षै भरी बेमौसमी फलहरुको उत्पादन लिन सकिन्छ ।

मध्य पहाडी भागमा यसको खेति गर्दा भाद्र देखि मार्ग सम्म उत्पादन लिन सकिन्छ भने केही मात्रमा बर्षै भरी बेमौसमी फलहरुको उत्पादन लिन सकिन्छ ।

फलहरु गोला, चिल्ला, ज्यादै पातला बोक्रा भएका, रसिला र बास्नादार हुन्छन् भने फलहरु पाकिसके पछि सुनौला रंगका हुन्छन् ।

पाकिसके पछि फलको रङ हल्का पहेलो हुन्छ ।

एउटा फलको सरदर तौल ४० देखि ६० ग्राम सम्म हुन्छ ।

यसको फलमा रस ४८ प्रतिशत सम्म र रसमा अमिलोपन ७ देखि १० प्रतिशत सम्म हुन्छ ।

यसका कलमी बिरुवाहरुले रोपेको ३ देखि ४ वर्ष पछि व्यवसायिक उत्पादन दिन थाल्दछन् ।

यस जातको प्रति हेक्टर अधिकतम उत्पादकत्व २६.९ मे.टन सम्म छ ।

३. तेह्रथुम स्थानीय

यो जात तेह्रथुम जिल्लाको फाक्चामाराका कृषकको बगैंचाबाट छनौट गरिएको नेपालको स्थानीय जात हो ।

मध्य पहाडको ८०० देखि १२०० मिटर सम्म उचाई भएका स्थानहरु यसको व्यवसायीक खेती गरि गुणस्तरीय फल उत्पादनको लागि अति उपयुक्त हुन्छन् ।

तैपनि ८०० देखि १६०० मिटर सम्मको उचाईंमा पनि यसको खेती गरि उत्पादन लिन सकिन्छ ।

मध्य पहाडी भागमा यसको खेति गर्दा कार्तिक महिना देखि पैष महिना सम्म उत्पादन लिन सकिन्छ भने तराईमा पनि यसको उत्पादन लिन सकिने सम्भावना देखिएको छ ।

फल पाक्न थाले पछि फलको रङ हल्का पहेलो हुन्छ ।

फलहरु गोला, चिल्ला, पातलो बोक्रा भएका, रसिला र बास्नादार हुन्छन् भने फलहरु पाकिसके पछि सुनौला रंगका हुन्छन् ।

एउटा फलको सरदर तौल ४० देखि ५० ग्राम सम्म ।

यसको रसमा अमिलोपन ७ देखि १० प्रतिशत सम्म हन्छ ।

सरदर ६५ वटा फल बाट १ लिटर सम्म रस निकाल्न सकिन्छ ।

मध्य पहाडी भागमा यसका कलमी बिरुवाहरुले रोपेको ३ देखि ४ वर्ष पछि व्यवसायिक फल उत्पादन दिन थाल्दछन् ।

४. पन्त–१ ९एन.सि.आर.पि.– ५३० (Large fruited lemon type)

यो भारतबाट आयातित प्रजाति हो ।

यो प्रजातिलाई तराई, भित्रिमधेस, मध्य पहाडको बेशी÷खोच र तटिय क्षेत्रका पानी नजम्ने स्थानमा खेति गर्दा जेष्ठ महिना देखि भाद्र महिना सम्म उत्पादन लिन सकिन्छ भने केही मात्रमा बर्षै भरी फल लिन सकिन्छ ।

मध्य पहाडी भागमा यसको खेति गर्दा श्रावण महिना देखि कार्तिक महिना सम्म उत्पादन लिन सकिन्छ भने केही मात्रमा बर्षै भरी फल लिन सकिन्छ ।

फलहरु ठुला, गोला, पाक्दा सुनौला रंगका, चिल्ला, पातला बोक्रा भएका र रसिला हुन्छन् ।

एउटा फलको सरदर तौल ९० देखि १२० ग्राम सम्म हुन्छ ।

फलमा रस ४४ प्रतिशत र रसमा अमिलोपन ६.४ देखि ६.५ प्रतिशत सम्म हुन्छ ।

यसका कलमी बिरुवाहरुले रोपेको ३ देखि ४ वर्ष पछि व्यवसायिक उत्पादन दिन थाल्दछन् ।

यो प्रजाती औद्योगिक प्रयोजनको लागि अति उपयोगी छ ।

यस प्रजातीको प्रति हेक्टर अधिकतम उत्पादकत्व ३०.९ मे.टन सम्म छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

यति मात्रै गर्न सके निचोरेर फालेका कागतीकाे खोस्टाका यस्ता अनौठा फाईदा हुन्छन्

कागती अत्याधिक प्रयोग हुने फल हो । चियादेखि अनुहार चमकाउनसम्म कागतीको प्रयोग हुन्छ । यसको अचार पनि त्यतिकै स्वादिलो हुन्छ । कागतीले नुहाँउदा चाँया पर्ने समस्या हट्छ । यतिमात्र होइन, निचोरेको कागतीका पनि धेरै फाइदा छन् । तर हामी थाहा नभएर त्यसको प्रयोग भने गर्दैनौं ।

भाडा डढेको दाग मेटाउन कहिलेकाही खाना पकाउदा भाँडा डढ्न सक्छ । खाना डढेर कुकर वा कुनै भाँडाको भित्र र बाहिर कालो हुन सक्छ । यस्तो अवस्थामा मन तातो पानीमा निचोरेको कागतीलाई केही बेर डुबाउने र त्यसले रगेटेर माझ्नाले डढेको दाग हट्छ । यी हुन निचोरेको फालेका कागतीका चार अनौठा फाइदा

कपडामा चमकपन ल्याउन

सेतो लुगामा कालो वा अन्य टाटो लागेर हैरान हुनु भएको छ ? आत्तिनु पर्दैन, फालिएको कागतीलाई पानीमा निचोरेर लुगालाई १५ मिनेट छोडिदिनुहोस । १५ मिनेटपछि ती लुगालाई साबुन पानीले साबिक झै धुनुहोस । तपाईको लुगाको चमक पूर्ववत अवस्थामा फर्किन्छ । कागती पानीले लुगाको जुनसुकै फोहर सफा बनाइदिन्छ ।

हातको चिल्लो हटाउन

तपाईले याद गर्नु भएकोले होला प्राय रेस्टुरेन्टमा सानो कचौरा वा गिलासमा मन तातो पानीमा कागती डुबाएर राख्ने गरिन्छ । किन राखिन्छ कागतीलाई यसरी ? रेस्टुरेन्टमा निकै चिल्लो तथा मसलादार खाना खाँद हातमा लागेको चिल्लो हटाउन कागती पानीले मद्धत गर्ने भएकोले यस्तो व्यवस्था गरिएको हो । निचोरेको कागतीलाई हातमा दल्नाले चिल्लोपन हट्छ । साथै कागतीमा हुने एसिडयुक्त तत्वले नङको फोहर फाली चमक गराउँछ ।

घरलाई बासनादार बनाउन

कागतीको बासना आफैमा मगमग आउने भएकोले यसले वातावरणलाई सुगन्धित बनाउछ भने अनावश्यक झिंगा पनि फैलिदैनन् । सम्भव भए घरको वरिपरि कागती लगाउनुहोस । घरका कुना काप्चा ढुडी लागेर वा हावा नछिरेर नराम्रो गन्ध त आएको छैन ? यस्तो बेलामा तपाईले कोठाका कुना कुनामा अत्तर छर्ने चिन्ता लिनु पर्दैन । फालिएका एकदुई ओटा कागती भए पुग्छ ।

निचरेको कागती वा वोक्रालाई कुनै सेतो र सफा कपडामा राखेर कुनामा फालिदिनुहोस । दुई तीन घन्टासम्म कागतीको बासनले कोठा नै सुगन्धित हुन्छ । फेरी तीन घन्टा पछि पुन कागतीको बोक्रा कपडामा घोटेर छोडिदिनुहोस , यसले कोठालाई बासनायुक्त बनाइदिन्छ ।कागतलीलाई तपाईले किचेनको विभिन्न स्थानमा पनि घोटेर बासनायुक्त बनाउन सक्नुहुन्छ । कागतीले फ्रिजको गन्ध पनि हटाँउछ ।

कागतीको बोक्राको फाइदा

१. कोलेस्ट्रोल घटाउँछ

यसले कोलेस्ट्रोलको मात्रालाई घटाउन सहयोग पुर्याउँछ । शरिरमा कोलेस्ट्रोलको मात्रा अत्यधिक हुँदा यसले मुटुलाई स्वस्थ हुनबाट रोक्छ । कागतीको बोक्रामा पाइने पोलिफिनलले कोलेस्ट्रोललाई कम गरेर तपाईंको शरिरलाई स्वस्थ रहन मद्दत गर्दछ ।

२. मुटुलाई राख्छ स्वस्थ

कागतीको बोक्रामा पाइने पोटासियमले रक्तचापलाई नियन्त्रणमा राख्दछ। सहि रक्तचापले हाम्रो मुटुलाई पनि स्वस्थ राख्दछ । यसका साथै कागतीको बोक्राले हाम्रो मुटुलाई धड्कनलाई सहि मात्रामा राख्ने गर्दछ भने मधुमेहबाट पनि टाढा राख्दछ ।

३. मुखको स्वास्थयलाई पनि राख्छ सहि

मुखको स्वास्थयलाई ठिक ठाउँमा राख्नका लागि कागती निकै महत्वपूर्ण मानिन्छ । भिटामिन सि को कमीले कमजोर दाँत र गिजाबाट रगत आउने समस्या हुने गर्दछ । भिटामिन सि को कमीले ‘स्कर्भी’ र ‘जिंजिविटस’ हुने गर्दछ । कागतीको बोक्रामा सिट्रिक एसिड अत्यधिक हुने भएकाले यसले भिटामिन सिको कमीबाट हुने हानीलाई भरपाइको मद्दत गर्दछ । यसले दाँत र गिजासँग सम्बन्धित रोगलाई पनि टाढा राख्दछ ।

४. तौल घटाउँछ

कागतीको बोक्राले तौल घटाउनमा पनि मद्दत गर्दछ। यसमा पेक्टिन नामको तत्व पाइने गर्दछ जसले शरिरमा जमेको अनावश्यक बोसोलाई घटाउने काम गर्दछ । यदि तपाईं आफ्नो तौल घटाउन चाहनुहुन्छ भने कागतीको बोक्राको अवश्य सेवन गर्नुहोस् ।

५. सुन्दर छाला

एक्ने, पिग्मेन्टेसन र गहिरो निशानाबाट बाट बच्नका लागि कागतीको बोक्रा लाभदायक हुने गर्दछ । यसका पाइने फ्री–रेडिकल्सले यो प्रक्रियामा निकै महत्वपूर्ण भूमिका निभाउने गर्दछ । यसका साथै यसमा पाइने एन्टि अक्सिडेन्ट्सले छालालाई डिटक्सिफाई गर्ने गर्दछ जसले तपाईंको छाला स्वस्थ र चम्किलो हुने गर्दछ ।

६. हड्डी बलियो बनाउँछ

कागतीको बोक्राले तपाईंको हड्डीलाई बलियो बनाउँछ यसमा उच्च मात्रामा क्याल्सियम र भिटामिन ‘सि’ हुने गर्दछ जसले हड्डीलाई स्वस्थ राख्नमा मद्दत गर्दछ । यसका साथै हड्डीजस्तो जोडिएको रोग जस्तै ओस्टियोपोरोसिस । रहेयुमेटयड अर्थराइटिस र इन्फ्लेमेटरी पोलीअर्थराइटिसबाट पनि बचाउन सहयोग गर्दछ ।

७. अक्सिडेटिभ स्ट्रेसलाई टाढा राख्छ

अक्सिडेटिभ स्ट्रेसलाई टाढा राख्नका लागि कागतीको बोक्राले निकै सहयोग गर्ने गर्दछ । यसमा उच्च मात्रामा फ्लेवानायड हुने भएका कारण अक्सिडेटिभ स्ट्रेसबाट शरिरलाई टाढा राख्ने गर्दछ ।

८. टक्सिन हटाउँछ

हाम्रो शरिरमा थुप्रै विषालु पदार्थ अर्थात टक्सिन हुने गर्दछ । यस्तो पदार्थले हाम्रो शरिरलाई भित्रैदेखि कमजोर बनाउनुका साथै हाम्रो शरिरभित्र अल्कोहल र अन्य थुप्रै हानिकारक खाद्य पदार्थलाई नष्ट गर्ने गर्दछ कागतीको बोक्रा आफ्नो अमिलो स्वाद र स्वभावका कारण यस्तो विषालु पदार्थलाई टाढा राख्न मद्दत गर्दछ ।

९. क्यान्सरसँग लड्छ

यो विषयमा धेरै थोरै मानिसहरुलाई जानकारी छ तर कागतीको बोक्राले क्यान्सरबाट बचाउन र यसको उपचारमा निकै मद्दत गर्दछ। यसमा पाइने तत्वले क्यान्सरको कोशिकासँग लड्न सहयोग पुर्याउँछ ।

१०. अन्य फाइदा

यसका साथसाथै कागतीको बोक्राले कलेजोर्ला पनि सफा राख्छ, कानको संक्रमणलाई टाढा राख्छ, रक्त प्रवाहलाई सुचारु गर्दछ, मांसपेशीलाई बलियो बनाउँछ र यसले पक्षघातलाई पनि टाढा राख्नमा मद्दत गर्दछ ।

मुटुलाई स्वस्थ राख्नुका साथै अनुहारलाई चम्किलो बनाउन मद्दत गर्ने कागतीको चमत्कारिक फाइदाबारे जान्नुहोस्

कागती अत्याधिक प्रयोग हुने फल हो । चियादेखि अनुहार चमकाउनसम्म कागतीको प्रयोग हुन्छ । यसको अचार पनि त्यतिकै स्वादिलो हुन्छ । कागतीले नुहाँउदा चाँया पर्ने समस्या हट्छ । यतिमात्र होइन, निचोरेको कागतीका पनि धेरै फाइदा छन् ।तर हामी थाहा नभएर त्यसको प्रयोग भने गर्दैनौं।

भाडा डढेको दाग मेटाउन कहिलेकाही खाना पकाउदा भाँडा डढ्न सक्छ । खाना डढेर कुकर वा कुनै भाँडाको भित्र र बाहिर कालो हुन सक्छ । यस्तो अवस्थामा मन तातो पानीमा निचोरेको कागतीलाई केही बेर डुबाउने र त्यसले रगेटेर माझ्नाले डढेको दाग हट्छ ।

कागतीको फाइदा

कागतीको रसमा २ गुणा पानी,२ वटा ल्वाङ र मरिच राखी सेवन गर्नाले अरुचि भएको मानिसलाई खानामा रुचि हुन्छ । यसको साथै कागती काटेर बिरेनुन छरेर चाट्नाले पनि खानामा रुचि बढ्दछ ।

मनतातो पानीमा कागतीको रस र मिस्री मिलाइ दैनिक रुपमा बिहान-बिहान पिउनाले कलेजो सफा हुन्छ ।

प्रत्येक दिन बिहान २०० ग्राम तातोपानीमा २ चम्चा ताजा कागतीको रस र १ चम्चा मह सेवनले मोटोपना घट्छ ।

छालामा आएको कालो दाग,दाद आदि पनि कागती काटेर रगड्नाले ठिक हुन्छ् ।

कागती काटेर ढुंगामा घोट्ने र कपडामा पोको पारेर आँखामाथि राखेर सेक्नाले आँखामा कचेरा आउने,रातो हुने र दुख्ने आदि रोग निको हुन्छ ।

दुई फक्लेटा कागती कन्चेटमाथी राखेर एक घन्टासम्म सेक्नाले टाउको दुख्ने रोग निको हुन्छ ।

पागलपनका बिरामीहरुलाई कागतीको रस निधारमा लेपन गरिदिनाले धेरै लाभ पुर्याउदछ ।

कागतीको रसले अनुहारमा मसाज गर्नाले अनुहारमा रहेको चाया निको हुन्छ ।

कागतीको रसमा मह मिलाई लगाउने र मनतातो पानीले सफा गर्नाले अनुहार चम्किलो हुन्छ ।

सौन्दर्य निखारको लागी कागतीको प्रयोग

१. नरिवलको तेलमा कागतीको रस मिलाएर रातमा हल्का हातले लगाउने तथा विहान कपाल धुने गर्नाले कपालको “खुश्की” हट्दछ ।

२. कपाल धुने समयमा कागतीको केही थोपा पानीमा हालेर सो पानीबाट कपाल धुने गरेमा कपाल मुलायम हुने कपाल झर्न कम हुने तथा खुश्की या चाया समेत कम हुन्छ ।

३. नरिवलको तेलमा कागतीको रस तथा कपुर लगाएर मालिस गर्नाले कपालमा हुने रोग रहन्न ।

४. विहान नुहाउनु भन्दा अगाडी कागतीको बोक्रा मुखमा लगाएर विस्तार विस्तार २-३ मिनेट मोलेर धुने लगातार १०-१५ दिनसम्म गर्नाले मुख सफा हुने गर्दछ । यो बजारमा पाइने कुनै पनि प्रकारको ब्लिचिङ्ग क्रिम या ब्युटीपार्लरको ब्लिचभन्दा कम हुन्न ।

५. कागतीको रस र गुलावजल समान मात्रामा मिलाएर अनुहारमा लगाउँनाले केही दिनमै अनुहार बेदाग तथा छाला नरम र स्वच्छ हुन्छ ।

६. कागतीको रस र तुलसीको पातको रस समान मात्रामा मिलाएर कुनै काँचको भाँडामा राखेर दिनमा कमसेकम दुईपटक अनुहारमा लगाउँनाले यसमा रहने मैलो तथा अन्य प्रकारको निशाना समेत मेटिने गर्दछ ।

७. अनुहार जलेमा या अनुहारमा कालो दाग परेमा टमाटरको गुदीमा कागतीको रसको मिलाएर विहान वेलुका लगउने तथा केही समयपछी धुनाले फाइदा गर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २८, २०८१