बिहान उठ्ने बित्तिकै दिनकाे सुरूवात कसरी गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ बैशाख २०७७, मंगलवार १४:०९

भनिन्छ, सुन्दर बिहानीले सुन्दर दिनकाे सँकेत गर्छ । हाम्राे जिवनमा अनेक उतारचढाव अाउँछन् । तर ति उतारचढावलाइ व्यवस्थापन गर्दै सन्तुलित रूपमा दिनहरू बिताउने प्रयास गर्याै भने, जिवन सुन्दर बन्छ ।

-बिहान छिट्टै उठ्ने बानी बसाल्नुहाेस् । बिहान छिट्टै उठ्ने गर्नाले शरीरमा अल्छीपन अाउदैन । बिहान छिट्टै उठेर शारीरिक व्यायम गर्ने गर्नाले शरीर स्फुर्त रहन्छ । बिहान छिट्टै उठ्ने बानीले हामीले सबै कामहरू गर्ने समय मिल्छ र काम गर्न पनि जाँगर चल्दछ ।

-खाली पेटमा पानी पिउने गर्नुहाेस् । तपाइ बिहानै उठेर केही पनि नखाइ खाली पेटमा पानी पिउने गर्नुहाेस् । यसाे गर्नाले विभिन्र राेगहरूबाट छुटकरा पाउन सक्नुहुन्छ ।

-बिहानकाे लागी काम साचेर राख्नु भन्द अघिल्लाे दिन गर्न मिल्ने काम छ भने गरेर सुत्नुहाेस् । यसाे गर्नाले तपाइलाइ बिहान उठेर अरू काम गर्न सजिलाे हुनेछ । कुनै पनि कामहरू साचेर राख्नु भन्दा गरि हालेकाे नै राम्राे हुन्छ । त्यसैले जति सक्दाे गर्न मिल्ने कामहरू गरि हाल्नुपर्दछ । यसाे गर्नाले अाफैलाइ सहज हुन्छ ।

-बिहान उठ्ने बित्तिकै माेवाइ हेर्ने बानी छ भने त्यसाे गर्न छाेडेर शारीरिक अभ्यास गर्नुहाेस् । यासाे गर्नाले तपाइकाे स्वास्थ्यमा फाइदा पुग्नकाे साथै तपाइकाे दिनकाे पनि राम्नाे सुरूवात हुन्छ । माेवाइ हेर्न थाल्नुभयाे भने त्यतै भुलीएर तपाइले केही पनि गर्न भ्याउनु हुन्न र भरे सबै काम हतार हतार गर्नुपर्ने हुन्छ । हतारिएर गरेकाे काम राम्राे पनि हुदैन र भरे अाफैलाइ दिक्क लागेर अाँउछ ।

-बिहानैकाे प्राकृतिक वातावरणलाइ केहीछिन नियाल्नुहाेस् । यसाे गर्नाले मनमा अानन्द मिल्नेछ र बिहानीकाे सुरूवात पनि राम्राे हुन्छ ।

-सकारात्मक विचार ल्याउनुहाेस् । बिहान उठ्ने बित्तिकै सकारात्मक कुराहरू मात्र साेच्ने गर्नुहाेस् । यसाे गर्नाले दिनकाे राम्राे सुरूवात हुन्छ । नकारात्मक कुराहरू साेच्न थाल्नुभयाे भने दिमाखमा नराम्रा कुराहरू मात्र घुमिरहन्छन् । दिन नै खराब हुन्छ । अाफुलाइ के के कुरामा खुसी मिल्छ त्यही कुराहरू मात्र सम्झिनुहाेस् । जसकारण दिननै खुसीसाथ कटाेस् । तपाइका जिवनका रमाइला क्षणहरूलाइ याद गर्नुहाेस् ।

-बिहान उठ्ने बित्तिकै समाचार पढ्नुहाेस्, प्रेसक भनाइहरू पढ्नुहाेस् । दिनकाे सुरूवात राम्राे हुन्छ ।

-घरकाे सरसफाइ गर्नुहाेस् । अाफुपनि सफा भएर बस्नुहाेस् । घर सफा हुदा अाफैमा अानन्द हुन्छ । अाफु पनि सफा हुदा शरीर नै फ्रेस हुन्छ र जे काम गर्न पनि जाँगर चल्छ । जिउनै फुर्तिलाे हुन्छ । सरसफाइले मन तथा दिमाग पनि स्वच्छ र ताजा हुन्छ ।

-अाफ्नाे परिवार, साथीसँग नजिक हुनुहाेस् । परिवार र साथीभाइहरूसँग माया र अात्मियता बाढ्नुहाेस् ।

-बिहान उठ्ने बित्तिकै दिनभरी अाफुले गर्ने कामकाे तालिका बनाउनुहाेस् । साेही तालिका अनुसार अाफ्नाे काम पुरा गर्नुहाेस् । यसाे गर्नाले तपाइकाे दिन राम्ररी कट्छ ।

-तपाइलाइ गर्न अल्छी लाग्ने या गार्हाे लाग्ने काम बिहानै गर्नुहाेस् । त्याे काम सकिदा तपाइलाइ खुसी लाग्नेछ र अरू काम गर्नकाे लागी जाेश बढ्छ । गर्न मन नलाग्ने काम त गरे अब यति पनि गरी हाल्छु भन्रे लाग्छ र अरू काम गर्न पनि जाँगर चल्छ ।

-केही समय अध्यात्मककाे लागी पनि छुट्याउनुहाेस् । अध्यात्मिक कार्यले तपाइकाे मनलाइ शान्ति दिन्छ । बिहानै भगवानकाे नाम जपी दिनकाे सुरूवात गर्नाले मनमा खुसी छाँउछ ।

-बिहात उठ्ने बित्तिकै सन्तुलित भाेजन गर्नुहाेस् । यसले शरीरमा फाइदा गर्दछ । बिहानै खाली पेटमा चिल्लाे खाना खानु भयाे भने शरीरमा गढबढी अाँउछ । शरीका लागी राम्राे गर्ने खाना खानुभयाे भने शरीलाइ फाइदा मात्र न भइ तपाइकाे दिनकाे पनि राम्राे सुरूवात हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१