केक मेडिसिन अफ युनिभर्सिटी अफ क्यालिफोर्नियाका ५ सय भन्दा बढी डक्टरहरु भन्छन्, ‘शरीरमा बोसोको मात्रा बढ्ने, पाचन क्रिया कमजोर हुने, शरीरमा विषाक्तता बढ्ने, जोर्नी र मांसपेशीमा पीडा हुने समस्या निम्तन्छन्।’
त्यतिमात्र हैन्, पानीको कमीका कारण मिर्गौलामा समस्या निम्तने। ‘डिहाइड्रेसन’ हुने टाउको दुख्ने समस्या हुन्छ। अर्थात मानिसलाई देखिने अधिकांश रोग पानीकै कमी र अस्वस्थ पानीकै कारण लाग्छ।
विभिन्न अध्ययनहरुलाई आधार मान्ने हो भने मानव शरीरको ६० प्रतिशत भाग पानी नै हुन्छ। सोही कारण पानीबिना जीवन सम्भव छैन। पानीको कमी भए विषाक्त पदार्थहरु शरीर बाहिर निस्कन सक्दैन। शरीरका लागि आवश्यक अक्सिजन पनि प्राप्त हुदैन।
गर्मीमा पसिना धेरै बग्छ। शरीर सुक्खा हुन्छ। शरीरमा पानीको कमी हुने समस्या भइरहन्छ। त्यसैले गर्मी मौसममा पानी बढी पिउनुपर्छ। शारीरिक बल पर्ने काम गर्दा वा कसरत गर्दा शरीरले पानीको खपत बढी गर्छ। त्यसैलै तिर्खा नलागे पनि समय–समयमा पानी पिउनुपर्छ। किनकि, कसरत गर्नेका लागि पानीको कमी हानिकारक हुन्छ। डिहाइड्रेसनको समस्याबाट बच्न दिनको ८ ग्लास पानी पिउनुपर्छ।
सफ्ट ड्रिंक, बियर, कफी, सोडा तरल पदार्थ भए पनि स्वास्थ्यका दृष्टिले हानिकारक हुन्। यी पदार्थ पिउँदा पनि डिहाइड्रेसन हुन्छ। डिहाइड्रेसनका कारण रक्तसन्चारमा कमी आउन सक्छ। मदिरा पिउने व्यक्तिलाई पनि डिहाइड्रेसन हुन सक्छ। व्यक्तिको सोच्ने तथा सन्तुलिन गर्ने क्षमता पनि कमी हुन्छ।
पानी कहिले र कति पिउने ?
छाती पोल्ने या कब्जियतको समस्या छ भने पानीमा एक चम्चा कागतीको रस मिसाएर पिउन सकिन्छ। खाना खाएलगत्तै पानी पिउनुहुन्न। खाना पचाउन समस्या हुन्छ। बिहान उठ्नेबित्तिकै पानी पिउनु लाभदायी हुन्छ। खाना खानु आधा घण्टा अघि या खाना खाएको आधा घण्टापछि पिउनुपर्छ। गर्मीबाट आउनेबित्तिकै पानी पिउँनुहुन्न।
धेरै पानी पिए के हुन्छ ?
पानी थोरै खादाँ हुने जोखिम त हामीले थाहा पायौं। अब प्रश्न आउँछ धेरै पानी खाए के हुन्छ।
स्वस्थ मानिसले पर्याप्त खुराक खाइरहेको छ भने धेरै पानी खादाँ केही फरक पर्दैन। तर सामान्य मानिसहरुले पानी आवश्यक भन्दा धेरै पिउँदा किड्नीले लगातार काम नगर्न सक्छ। रगत पातलो हुन्छ। रगतमा सोडियमको स्तर खस्कन्छ। आवश्यक भन्दा धेरै पानी पिएमा शरीरमा पानीको मात्रा धेरै हुन्छ र रक्तकोशिकाहरु सुनिन्छन्।
यो स्वास्थ्यको हिसावले गम्भीर हुन सक्छ। खेलाडीहरु अहिले यही अवस्थाबाट गुज्रिरहेका छन्। मानिसको स्वास्थ्य अवस्था, वातावरण र मानिस कति एक्टिभ छ त्यसले पनि पानी कति पिउने निर्धारण गर्छ। त्यसैले मानिसहरुले पानि कति पिउने डाक्टरसँग सल्लाह लिनुपर्छ।
बच्चाले कति पिउने ?
वयस्क मानिस र बच्चाले एउटै मात्रामा पानी पिउनु पर्दैन। बच्चाले कति पानी पिउन दिने उमेर, तौल र बच्चाको लिंगमा पनि भर पर्छ। त्यस्तै बच्चाको कत्तिको स्वस्थ्व र एक्टिभ छ त्यो हेरर नि पानी दिनुपर्छ। बच्चा बस्ने हावापानीले नि पानीको मात्रा निर्धारण गर्छ।
साधारण बच्चा र टिनएजरहरुले ६ देखि ८ ग्लास पानि पिउनु उपयुक्त हुन्छ। उनीहरुलाई धेरैभन्दा धेरै फलफूल र तरकारी पनि खान दिनुपर्छ। बच्चाहरु खेल्दै छ वा एक्सरसाइज गर्दै छ भने प्रत्येक १२ देखि २० मिनेटमा २ कप पानी दिनुपर्छ।
पानी छैन भने ?
पानी बिना पनि मानिस स्वस्थ रहन सक्छ। अर्थात पानीको काम अन्य खानेकुराहरुले नि गर्छ। हेल्दि इटिङ डटकम लेख्छ, फलफूल तथा तरकारी पानीको विकल्पको रुपमा आउँछ। शरीरका लागि जरुरी भिटामिन र खनिज पदार्थ मात्र हैन फलफूलमा पानीको मात्रा अधिक हुन्छ। काक्रो, तरभुजा, भुइकटर पानीको उत्तम विकल्प हुन्। काँक्रोमा ९६ प्रतिशतभन्दा बढी पानी हुन्छ। जसको उपयोगले शरीर हाइड्रेट रहन्छ।
तरकारी मध्ये पालुंगोमा ९१ प्रतिशत पानी हुन्छ। त्यतिमात्र हैन आइरन र म्याग्नेसियमको मात्रा धेरै हुन्छ। जसले शरीरमा हेमोग्लोबिनको मात्रा बढाउँछ। गोलभेंडामा ९४.३ प्रतिशत पानीका साथै भिटामिन सी र आइरन हुन्छ। क्यान्सरसंग लड्ने कयौं प्रकारका एन्टीअक्सिडेन्ट पनि गोलभेडामै हुन्छ।
पानी किन पिउने?
फोर्ब्स डटकम लेख्छ, पानी पर्याप्त पिउनाले पेटको क्यान्सर, मुत्राशयको क्यान्सर तथा स्तन क्यान्सरजस्ता गम्भीर रोगबाट सजिलै बच्न सकिन्छ। पानी पर्याप्त पिएमा मिर्गौलाले राम्रोसँग काम गर्छ। शरीरका विकार पदार्थ बाहिर निकाल्न मद्दत गर्छ। शरीरकोको तौल घटाउन तथा छाला मुलायम बनाउन पनि पर्याप्त पानीको जरुरी हुन्छ। पानीकै कारण मानिसको मूड राम्रो हुन्छ। शरीरको तापक्रम नियन्त्रण गर्न पनि पानी आवश्यक हुन्छ।
डिहाइड्रेसन हुँदा के गर्ने?
विश्व चर्चित स्वास्थ्य साइट वेबमेड लेख्छ, बान्ता हुने, जिब्रो सुक्ने, श्वास लिन गाह्हो हुने, चिडचिडाहट हुनु नै डिहाइड्रेसन हुनु हो। पानी पर्याप्त नभएकै कारण यस्तो हुन्छ। डिहाइड्रेसन हुदाँ पानीमा अलिकता नुन र चिनी मिसाएर तत्काल पिउनुपर्छ। काँचो दूधको लस्सी बनाएर पनि पिउन सकिन्छ। महीमा नुन हालेर पिउनाले पनि यो समस्याबाट राहत पाउन सकिन्छ।
यस्तै, नरिवलको पानीले पनि यस्तो अवस्थामा फाइदा गर्छ। गर्मी मौसममा अधिक व्यायाम गर्ने या जिम जाने तथा बढी व्यस्त हुने मानिसलाई डिहाइड्रेशनको समस्या हुन्छ। यस्ता मानिसले पानी पिउने क्रमलाई बढाउनुपर्छ।
पानी र जीवनको गहिरो सम्बन्ध भएझैँ पानी र स्वास्थको पनि गहिरो सम्बन्ध छ । पानीको मात्रा, पिउने समय र पिउने तरिकाले स्वास्थ्य लाभ वा हानीको निर्धारण गर्दछ । हाम्रो शरीरको २/३ भाग पानीले बनेको हुन्छ । पानी बिना शरीर भित्रका कुनै पनि क्रियाहरू सम्भव हुँदैनन् । शरीरका क्रियाहरूमा अवरोध सिर्जना भएमा हाम्रो स्वास्थ्य बिग्रन्छ । तसर्थ, हाम्रो स्वास्थ्य पानीमा भर पर्दछ । प्रशस्त पानी सही समयमा र सही तरिकाले पिउने गरेमा हामी धेरै रोगबाट बच्न सक्छौँ।
पानी पिउनु किन आवश्यक ?
शरीरले क्रियाहरू गर्ने क्रममा शरीरमा भएको पानीे, केही मात्रा प्रयोग हुन्छ भने कही मात्रामा शरीर बाहिर निस्कन्छ । यसले गर्दा शरीरमा पानीको मात्रा कम हुन जान्छ । कम भएको पानीको आपूर्तिको लागी पानी पिउनु आवश्यक छ।
शरीर भित्रका हरेक क्रियाहरूको लागी पानी अत्यन्त आवश्यक छ । पानीले शरीरको अङ्ग प्रत्यङ्गहरू र प्रत्येक कोषिकाहरूमा पौष्टिक तत्त्वहरू तथा अन्य आवश्यक तत्त्वहरू पु¥याउने काम गर्दछ । प्रत्येक कोषिकाहरूमा हुने क्रियाहरु पानीकै साहायतामा हुन्छन् । यी क्रियाहरुबाट निस्कने बिकारहरु पानीले नै विसर्जन अङ्गहरूमा पु¥याउँछ र शरीर बाहिर निस्कासन हुन्छ । पानीको अभावमा यी सारा प्रक्रियाहरू अवरुद्ध हुन्छन् जसले गर्दा हामीलाई रोग लाग्दछ । त्यसैले दीर्घकालसम्म स्वस्थ रहनलाई प्रयाप्त पानी पिउनु पर्दछ।
पानीको सेवनले शरीरलाई सक्रिय बनाउँछ । पाचनतन्त्रलाई स्वस्थ र सबल बनाउँछ; रक्त सञ्चारमा सुधार ल्याउँछ; मृगौलालाई सक्रिय बनाउँछ। पानीले शरीरभित्र रहेका हानीकारक तत्त्वहरूलाई नष्ट गर्ने कलेजोको काममा मद्दत गर्दछ ।
पानी कति पिउने त ?
शरीरले आफ्नो क्रियाहरु गर्दा पानीकोे प्रयोग गर्नुको साथै शरीरलाई राम्रो परिस्थितिमा राख्न विभिन्न अङ्गहरूबाट केही मात्रामा पानी शरीर बाहिर निस्कासन गर्दछ । साधारणतया केही काम नगरी त्यतिकै बस्दा श्वास–प्रश्वास र छालाको माध्यमबाट ७०० मि.लि, दिसाबाट १०० मि.लि, पिसाबबाट १५०० मि.लि गरि लगभग २.३ लिटर पानी शरीरबाट प्रतिदिन बाहिर निस्कासन हुन्छ तर मौसम र हाम्रो कामको प्रकृति अनुसार शरीरबाट बाहिर निस्कने पानीको मात्रा घटबढ हुन्छ ।
शरीरमा पानीको सन्तुलन बनाइराख्न जति मात्रामा पानी शरीर बाहिर जान्छ त्यति मात्रामा पानी पिउनु अति आवश्यक छ । तसर्थ कुनै काम नगरी बस्दापनि २.३ लिटर पानी नित्य पिउँनै पर्दछ । कामको प्रकृति अनुसार अतिरिक्त पानीको सेवन गर्नु पर्दछ । जाडो याममा ३ लिटर र गर्मी याममा ४ लिटरसम्म पानी पिउन सकिन्छ ।
पानी सेवन सम्बन्धी नियमहरू
– सफा र स्वच्छ पानी पिउनु पर्दछ ।
-अत्यधिक चिसो र अत्यधिक तातो पानी कहिल्यै पनि पिउनु हँुदैन ।
-पानी सँधै बसेर चुस्की लिँदै पिउनु पर्दछ।
-एकै चोटि अत्यधिक पानीको सेवन गर्नु हुँदैन । १ घण्टामा १ गिलासको (२५० मि.लि) दरले पानी पिउन सकिन्छ।
-दिनको ३–४ लिटर पानी पिउनु पर्छ । नियमित रूपमा पानी पिउने बानी बसाल्नु पर्छ।
खानासँग पानीको सेवन गर्नु हुँदैन । खानासँग पानी पिउनाले पाचनक्रिया सुस्त हुन्छ र खाना राम्रोसँग पच्दैन । खाना खानुभन्दा १÷२ घण्टा अगाडि र खाएको १ घण्टा पछि मात्र पानी पिउनु पर्छ । तातो पानी अधिक पिउनाले पाचनतन्त्र कमजोर हुन्छ र खाना राम्रोसित पच्दैन ।
थाकेको अवस्थामा र धेरै पसिना आएको अवस्थामा चिसो पानी धेरै पिउनु हुँदैन । धेरै पसिना आउँदा पसिनाको माध्यमबाट शरीरको ताप बाहिर गइरहेने भएकोले चिसो पानी पिउँदा शरीरको तापक्रम घट्नगई प्रतिकूल असर पर्न सक्छ ।
विभिन्न रोगहरूमा पानीको सेवन
उल्टीपछि पेट दुःखेमा तातो पानी पिउनु लाभदायक हुन्छ । अपचको समस्या भए खाना खानु भन्दा ३० मिनेट देखि ४५ मिनेट अगाडि चिसो पानी पिउनाले आमाशयका ग्रन्थीहरू सक्रिय हुन्छन् । इन्जाइम्सहरू राम्रोसित स्रावित हुन्छन् र खाना राम्ररी पच्दछ ।
ज्वरो आएको अवस्थामा चिसो पानी सेवन एकदमै लाभदायक हुन्छ । चिसो पानी पिउनाले शरीरको तापक्रम ०.४ डिग्री सेल्सियसको दरले घट्दछ र धड्कनको चाल पनि घट्दछ । छालाको समस्या भएमा चिसो पानी सेवन अत्यन्त लाभदायक सावित हुन्छ । कब्जियतको समस्या भएमा खाना खानु भन्दा १–१ आधाघण्टा अगाडि २ गिलास चिसो पानी खाने बानी बसाले कब्जियतको समस्या हल हुन्छ ।
बिहान उठ्ने बित्तिक्कै पानी पिउनाले पाचन सम्बन्धी रोगहरूबाट मुक्ति मिल्दछ र मुटुको समस्यामा पनि लाभ मिल्दछ ।
प्रशस्त पानीको सेवनले सबै रोगहरूमा फाइदा पुर्याउँछ । मुटुले राम्ररी काम नगर्ने रोगमा , मृगौलाले राम्ररी काम नगर्ने रोगमा, रगतमा नुनको मात्रा कम हुने र शरीर सुन्निने जस्ता रोगहरूमा चिकित्सकको परामर्श अनुसार पानीको सेवन गर्नुपर्दछ ।
प्रतिक्रिया