विधार्थीले यसरी समय व्यस्थापन गरेर पढ्दा राम्राे नतिजा ल्याउन सक्छन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ बैशाख २०७७, मंगलवार १४:०२

विधार्थीकाहरूकाे लागि समय व्यवस्थापन गर्नु चुनाैतीपुर्ण काम हाे । तर, केही सामान्य उपाय अपनाएर विधार्थीहरूले समयलाइ सजिलै व्यवस्थापन गर्न सक्छन् । जसमध्ये केही यहाँ उल्लेख गरिएका छन् ।राती धेरै लामाे समयसम्म बसेर नपढ्नुहाेस् । यसाे गर्दा बिहान छिटाे उठ्न सकिदैन र अाफुले साेचे अनुसार काम गर्न सकिदैन ।

त्यसैले हरेक दिन बिहान छिटै उठ्नुहाेस् र केही समय शारिरीक अभ्यास अथभा याेगा गर्नुहाेस् ।त्याे दिनभर अाफुले पढ्ने विषय र कामहरू टिपाेट गर्नुहाेस् । कामकाे प्राथमिकतालाइ छुट्याउनुहाेस् । पढ्दा पनि प्राथमिकता कुन विषयलाइ दिने भनेर समय छुट्याउनुहाेस् ।

यसरी पढ्दा दिमाग थाक्दैन र स्मरणशक्ति बढ्छ ।तालिका अनुसार विषय परिवर्तन गरेर पढ्दा अाफ्नाे दिमागलाइ केहि मिनेट अाराम दिएर नयाँ विषयकाे लागी तयार हुनुहाेस् । यसाे गर्दा दिमागमा पुरानाे विषय र नयाँँ विषयका कुराहरू जुध्दैनन्, सम्झन सजिलाे हुन्छ ।

पढ्ने समयमा माेवाइलकाे नाेटिफिकेसन बन्द गर्नुहाेस् । हल्का नहुने ठाउँमा बसेर पढ्नुहाेस् । यसाे गर्दा थाेरै समयमा पढ्नुपर्ने कुरा धेरै सिक्न सकिन्छ ।हल्का र पाेषणयुक्त खानेकुरा खानुहाेस् । खानामा असन्तुलन भयाे भने अल्छिकन बढ्ने, बिरामी हुने जस्ता समस्या अाउँछन्, जसले गर्दा अाफ्नाे समय तालिका सबै बिग्रिन्छ ।

बिदाकाे दिनमा अाफ्ना व्याक्तिगत कामहरू सक्ने प्रयास गर्नुहाेस् । जसले गर्दा त्याे हप्ता भरि अनावश्यक तनाव हुदैन ।अाफ्ना रूचिका विषय जस्तै पेन्टिङ, नृत्य, गायन, लेखन अादिकाे लागी पनि अाफ्नाे एक हप्ताकाे तालिकामा समावेश गर्नुहाेस् । यसले गर्दा तपाइकाे दिमाग र शरिर दुवै स्फुर्त रहिरहन्छ ।

सधै सकारात्मक साेच भएका व्याक्तिहरूकाे सङ्गत गर्नुहाेस् । सङ्गतले व्याक्तिकाे जिवनमा धेरै प्रभाव पार्छ । गलत सँगतमा पर्नु भयाे भने तपाइकाे समय तालिका मात्र नभएर तपाइकाे जिवनकाे समय रेखा नै अस्तव्यस्त हुनसक्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१