अल्छिपनले हैरान बनाएकाे छ ? यसरी पाउनुहाेस् अल्छिपनबाट छुटकारा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ बैशाख २०७७, मंगलवार १३:५८

सपना देख्न सजिलाे हुन्छ, तर त्याे सपना पुरा गर्न अवश्य पनि गाह्राे छ । त्याे सपना पुरा गर्नकाे लागी बाधक बनेर अउने एउटा तत्व भनेकाे अल्छिपना पनि हाे । यहाँ अल्छिपनालाइ कसरी कम गर्न सकिन्छ भन्ने विषयमा चर्चा गरिएकाे छ ।अाफुलाइ कामकाे लागी जबरजस्ती दबाब नदिनुहाेस् ।

प्रेरक विषयवस्तु पढ्नुहाेस् र अाफ्नाे लक्ष्य तथा याेजना काेर्न थाल्नुहाेस्, जसले तपाइलाइ कामकाे लागी झकझक्याअाेस् ।तपाइले अाफुले जानकाे र सजिलाे कामबाट काम सुरू गर्नुहाेस् । यसले गर्दा सुरूमा गरेकाे काम राम्राेसँग र सजिलाे तरिकाले सम्पन्न हुन्छ र तपाइमा उत्साह जाग्छ ।

दिनकाे सुरूवात गर्दा सबैभन्दा कम समय लाग्ने र तुलनात्मक रूपमा सजिलाे कामहरू सुरूमा गर्नुहाेस् । किनकी, धेरै समय लाग्ने र गाह्राे काम गर्दा दिनकाे सुरूमै तपाइ हतास हुने, थाक्ने अादि सम्भावना रहन्छ भने समय व्यवस्थापन गर्न पनि कठिन हुन्छ र तपाइमा अल्छिपन अाउँछ ।

काम गर्दा बीच-बीचमा केही समय अाफ्नाे व्याक्तिगत कामहरूकाे लागी पनि समय छुट्याउनुहाेस् । यसले गर्दा तपाइ व्याक्तिगत रूपमा र तपाइकाे वरिपरिकाे वातावरण व्यवस्थित बन्छ र तपाइमा जाँगर चल्छ । जस्तैः अव्यस्थित वा फाेहेर काेठामा काम गर्नुभन्दा सफा काेठामा बसेर काम गर्दा तपाइकाे दिमाग ताजा रहन्छ र जाँगर चल्छ ।

काम गर्ने समयमा माेवाइल, टि.भी जस्ता चिजहरूबाट टाढा बस्नुहाेस् । सामाजिक सँजालका नाेटिफिकेसनहरू अफ गर्नुहाेस् । यदि तपाइकाे ध्यान त्यता बाँडियाे भने काम गर्ने जाँगर हराउँछ ।कामकाे बीच-बीचमा केही समय अारामकाे लागी पनि समय राखेर समय तालिका बनाउनुहाेस् ।

अाफुलाइ अनुशासनमा राख्ने गरी समयतालिका बनाउनुहाेस् ।थाेरैबाट सुरू गर्नुहाेस्, तर अाफुले गर्नुपर्ने कामलाइ बानीकाे रूपमा विकास गर्नुहाेस् । जस्तैः तपाइले दैनिक रूपमा किताबकाे ३ पेज पढ्ने नियम बनाएर अनुशासित भइ त्यसकाे पालना गर्नुभयाे भने तपाइकाे लागी त्याे काम नभएर बानी बस्छ र त्यसलाक्ष तपाइले अाफै बढाउदै लैजान थाल्नुहुन्छ ।

केही दिनकाे अन्तरालमा अाफुले के गरि रहेकाे छु, के उपलब्धि हासिल गरिरहेकाे छु र पुग्न चाहेकाे कहाँ हाे भन्ने मुल्याङ्कन गर्नुहाेस् । जसले तपाइकाे लक्ष्यलाइ सम्झाइदिन्छ र जाँगर सिर्जना गर्छ ।असफल भइने डरले मान्छेले सजिलाे काम मात्र गर्न खाेज्छन् र अाफुलाइ अल्छि बनाउँछन् ।

सधै सजिलाे र उही काम मात्र गरिनराख्नुहाेस् । चुनाैति अाएन भने पनि अाफैले चुनाैति खडा गरेर काम गर्नुहाेस् । नयाँ कुरा सिक्नुहाेस् र काम गर्ने तरिकामा नयाँ नयाँ तरिकाहरू ल्याउनुहाेस् ।प्रशस्त पानि पिउनुहाेस्, व्यायाम गर्नुहाेस्, मनाेरँजन लिनुहाेस् र उमेर अनुसार निन्द्रा पुग्ने गरि सुत्नुहाेस् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१