टाउको दुख्ने समस्या र घरेलु उपचार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ बैशाख २०७७, मंगलवार १३:५५

मानिसलाई विभिन्न सारीरिक समस्याले बेला बखत सताईरहेको हुन्छ । यस्ता समस्या मध्ये धेरैको साझा समस्या टाउको दुख्नु पनि हो । टाउको दुख्नुलाई प्राय सामान्य रुपमा लिने गरिन्छ । तर कतिपय समयमा यसले गम्भीर समस्या निम्त्याउने सम्भावना पनि रहन्छ ।

टाउको दुख्नु एउटा यस्तो समस्या हो, जुन हरेक उमेर समूहको मानिसमा हुने गर्छ । के बच्चा, के बयस्क त वृद्ध सबै कुनै न कुनै समयमा यो समस्याको सामना गर्न बाध्य हुन्छन् । टाउको दुख्नुलाई हामी अधिकांशले सामान्य समस्याको रुपमा लिन्छौं र एउटा औषधिको चक्की खाएर टार्छौं ।

यसलाई सधैं सामान्य समस्याको रुपमा लिने भयो भने ठूलै प्रभाव पनि पर्न सक्छ । तपाईंलाई बारम्बार टाउको दुख्ने समस्या छ भने यसलाई गम्भीर रुपमा लिनुपर्छ । यस अंकमा हामीले टाउको दुखाईका केही सामान्य कारणहरुको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

यस कारण दुख्छ टाउको

– सामान्यतया तनावको पहिलो लक्षण नै टाउको दुख्नु हो । यसका कैयन कारण छन् । धेरै समयसम्म सुतिरहनु अथवा कम समय सुतेर निद्रा पूरा नहुँदा टाउको दुख्न सक्छ । कहिलेकहिँ सुतिरहेको समयमा बीचमै निद्रा बिथोलियो भने टाउको दुख्छ ।

– अत्याधिक गर्मी र अत्याधिक चिसो पनि टाउको दुखाईको कारण बन्ने गरेको छ । साथै धेरै एक्सरसाइज गर्दा पनि टाउको दुख्न सक्छ । किनकी एक्सरसाइजको समय गुल्कोजलाई मांसपेशीले बढी खर्च गर्छ र मस्तिष्कलाई गुल्कोजको कमी हुँदा टाउको दुख्न सक्छ ।

– केही औषधि पनि टाउको दुखाइको कारण बन्न सक्छन् । जस्तै, दिलसँग सम्बन्धित तथा ब्लडप्रेसर हाई भएको समय प्रयोग गर्ने औषधिले टाउको दुखाउन सक्छ ।

– आँखामा चस्माको पावरमा बदलावका कारण टाउको दुख्छ । यदि कसैले चस्मा लगाएको छैन र उसलाई पनि निरन्तर टाउको दुख्छ भने आँखा चिकित्सकको सल्लाह बमोजिम चस्मा लगाउनु पर्छ ।

– अत्याधिक व्यस्तता, धुम्रपान तथा मौसममा आउने बदलाव पनि टाउको दुखाईको कारण हो । यस कारण मौसम अनुसार आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनु जरुरी छ ।

यी खाने कुरामा ध्यान पुयाउनुस्

अल्कोहल : रक्सी सेवन गरिसकेपछि अधिकांस मानिसमा सिरदर्दले सताउने गर्छ । अल्कोहलमा टायरमाइन भन्ने तत्व अधिक मात्रामा हुन्छ । जसले सिरदर्दको परिस्थिति पैदा गर्ने गर्छ ।

चकलेट : अल्कोहलजस्तै चकलेटमा पनि सेरोटानिनको स्तर बढाउने अमिनो एसिड टायरमाइन नामक तत्वको प्रयोग भएको हुन्छ । चकलेट अध्याधिकमात्रामा खाँदा टाउको दुख्न सक्छ । सोही कारण माईग्रेनको विरामीलाई चकलेट नखान चिकिस्तकहरुले सल्लाह दिने गर्छन ।

कफी : दैनिक कफी पिउने मानिसलाई एक दिनमात्रै कफी पिएन भने टाउका दुख्ने गर्छ । यस्तो अवस्थामा कफी नपिउनु उसको टाउको दुखाईको कारण होइन, उसमा बसेको दैनिक कफी पिउने आदत मुख्य कारण हो ।

चीज : खाजको रुपमा चीजजस्ता डाईट युक्त खाना स्वादिष्ट किन नहोस्, यसबाट पनि टाउको दुख्ने समस्या सिर्जना हुनसक्छ । यसमा अधिक चिल्लो पदार्थका साथै टायरमाइन अधिक मात्रामा हुन्छ । जसले टाउको दुख्ने गर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१