किन आउँछ शरीरमा सेता धर्सा ? आखिर के हुन् यी सेता धर्सा ? थाहापाउनुहोस्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ चैत्र २०७६, शनिबार ०५:५४

अधिकांश महिलाको शरीरका विभिन्न भागमा सेता धर्सा देखिन्छ । पेट, हिप, पिँडौला, स्तनआसपासको छालामा सेता धर्सा बाक्लै हुन्छन् । छालामा आउने यस्ता सेता धर्साका कारण युवतीहरू बढी चिन्तित बन्ने गरेको पाइन्छ ।

शरीरका केही भाग खाली देखिने गरी साडी, ब्लाउजलगायत खुला कपडा लगाऊँदा सेता धर्साहरू दुनियााका नजरमा पर्न पुग्छन् ।

सेता धर्साकै कारण युवतीहरू सौन्दर्यमा आँच आएको महसुस गर्छन् । आखिर के हुन् यी सेता धर्सा ? किन आऊँछ ? छालारोग चिकित्सकहरू यसो भन्छन् :

के हुन् सेता धर्सा ?

शरीरका विभिन्न भागमा छालामा देखिने सेता धर्सालाई ‘स्ट्रेच माक्र्स’को नामले चिनिन्छ । यसलाई मेडिकल भाषामा ‘स्ट्रिया’ भनिन्छ । नाइटोमुनिको भाग, तिघ्रा, पाखुरा, हिप, स्तनको वरिपरिका छालामा यस्ता धर्सा देखिन्छन् । कतिपयमा राता धर्साहरू देखिने गरे पनि अधिकांशमा सेता धर्सा नै देखिन्छ । यो समस्या धेरैजसो महिलामा देखिने गरेको भए पनि पुरुषमा पनि नदेखिने भने होइन । ७० प्रतिशत महिलामा देखिन्छ भने पुरुषमा ३० प्रतिशत देखिने गरेको पाइएको छ ।

सेता धर्सा आउने कारण

शरीरमा सेता धर्सा आउने कारण विभिन्न छन् । केही रोगका कारण पनि यस्ता धर्सा आउने गरेको पाइन्छ । तर, अधिकांशमा आउने कारण भने एउटै छ । त्यो हो, छोटो समयमा शरीर अत्यधिक मोटाउनु र छोटो समयमै मोटोपन घट्नु ।

बच्चा जन्माइसकेका महिलाको शरीरमा सेता धर्सा बढी देखिनुको प्रमुख कारण यही हो । बच्चा पेटमा हुँदा शरीर अत्यधिक मोटाउने र छाला तन्किने गर्छ । बच्चा जन्मिसकेपछि तन्किएको छाला एक्कासि खुम्चिन पुग्छ । यसबीचमा छालामा सेता धर्का बनिसकेका हुन्छन् । अत्यधिक तन्किँदा छालाको भित्री भागका रेसाहरू फाट्न पुग्छन् । यतिवेला छालाको माथिल्लो तह पातलो बनेको हुन्छ भने भित्री तह फाटेको हुन्छ । यति नै वेला सेता धर्साहरू जन्मिन्छन् । यस्तो बेला छाला धेरै कन्याउादा धर्साहरु झनै बढी देखिन सक्छन् ।

युवतीहरूमा पहिलोपटक महिनावारी हुँदा शरीरका विभिन्न भाग मोटाउने हुँदा सेता धर्सा बस्ने गर्छन् । स्तन, हिपलगायतका ठाउँमा यहीवेला ‘स्ट्रेच माक्र्स’ देखिइसकेको हुन्छ । कतिपय व्यक्तिमा भने स्टेरोइड औषधिको अत्यधिक प्रयोगले पनि ‘स्ट्रेच माक्र्स’ देखिन्छ । यो पुरुषहरूमा बढी हुन्छ ।

लक्षण र उपचार

‘स्ट्रेच माक्र्स’ हुनुअघि कुनै पनि लक्षण देखिँदैन । यस्तो समस्या आउन नदिन पूर्वज्ञान लिएर विशेष अवस्थामा सचेत हुने नै हो । व्यायाम र खानपिनमा ध्यान दिँदै शरीर सन्तुलित बनाउने नै हो । बेलैमा सचेत भए सेता धर्साहरूको समस्या निम्तिँदैन । त्यसो त यस्ता सेता धर्सा कुनै रोग भने होइन । शारीरिक स्वास्थ्यमा यसले कुनै असर पुर्‍याउँदैन । तर, सौन्दर्यका लागि भने यो घातक देखिन्छ । विभिन्न मस्चराइजरको प्रयोगले यस्ता धर्सा मेटाउने पनि गरिन्छ । लेजर गरेर पनि हटाउन सकिन्छ ।

पेटमा सेता धर्सा भएर चिन्तित हुनुहुन्छ ?

मानिसहरु आफ्नो पेटमा भएका सेता धर्सा देखेर निराशिन्छन् । पुरुषमा भन्दा पनि महिलाहरुमा धेरै यस्तो समस्या देखिने गरेको छ । छालामा आउने यस्ता सेता धर्साका कारण युवतीहरू बढी चिन्तित बन्ने गरेको पाइन्छ । शरीरका केही भाग खाली देखिने गरी साडी, ब्लाउजलगायत खुला कपडा लगाऊँदा सेता धर्साहरू दुनियाका नजरमा पर्न पुग्छन् । सेता धर्साकै कारण युवतीहरू सौन्दर्यमा आँच आएको महसुस गर्छन् ।

आखिर के हुन् यी सेता धर्सा ? किन आऊँछ ?

के हुन् सेता धर्सा ?

शरीरका विभिन्न भागमा छालामा देखिने सेता धर्सालाई ‘स्ट्रेच माक्र्स’को नामले चिनिन्छ । यसलाई मेडिकल भाषामा ‘स्ट्रिया’ भनिन्छ । नाइटोमुनिको भाग, तिघ्रा, पाखुरा, हिप, स्तनको वरिपरिका छालामा यस्ता धर्सा देखिन्छन् । कतिपयमा राता धर्साहरू देखिने गरे पनि अधिकांशमा सेता धर्सा नै देखिन्छ । यो समस्या धेरैजसो महिलामा देखिने गरेको भए पनि पुरुषमा पनि नदेखिने भने होइन । ७० प्रतिशत महिलामा देखिन्छ भने पुरुषमा ३० प्रतिशत देखिने गरेको पाइएको छ ।

सेता धर्सा आउने कारण

शरीरमा सेता धर्सा आउने कारण विभिन्न छन् । केही रोगका कारण पनि यस्ता धर्सा आउने गरेको पाइन्छ । तर, अधिकांशमा आउने कारण भने एउटै छ । त्यो हो, छोटो समयमा शरीर अत्यधिक मोटाउनु र छोटो समयमै मोटोपन घट्नु ।

बच्चा जन्माइसकेका महिलाको शरीरमा सेता धर्सा बढी देखिनुको प्रमुख कारण यही हो । बच्चा पेटमा हुँदा शरीर अत्यधिक मोटाउने र छाला तन्किने गर्छ । बच्चा जन्मिसकेपछि तन्किएको छाला एक्कासि खुम्चिन पुग्छ । यसबीचमा छालामा सेता धर्का बनिसकेका हुन्छन् । अत्यधिक तन्किँदा छालाको भित्री भागका रेसाहरू फाट्न पुग्छन् । यतिवेला छालाको माथिल्लो तह पातलो बनेको हुन्छ भने भित्री तह फाटेको हुन्छ । यति नै वेला सेता धर्साहरू जन्मिन्छन् । यस्तो बेला छाला धेरै कन्याउादा धर्साहरु झनै बढी देखिन सक्छन् ।

युवतीहरूमा पहिलोपटक महिनावारी हुँदा शरीरका विभिन्न भाग मोटाउने हुँदा सेता धर्सा बस्ने गर्छन् । स्तन, हिपलगायतका ठाउँमा यहीवेला ‘स्ट्रेच माक्र्स’ देखिइसकेको हुन्छ । कतिपय व्यक्तिमा भने स्टेरोइड औषधिको अत्यधिक प्रयोगले पनि ‘स्ट्रेच माक्र्स’ देखिन्छ । यो पुरुषहरूमा बढी हुन्छ ।

यसबाट छुट्कारा पाउनका लागि के गर्ने ?

विषेश औषधि हो, घ्यूकुमारी अथवा एलाभेरा । घ्यूकुमारी काटेर धर्सा परेको भागमा केही समय दल्नुहोस् । त्यसपछि मनतातो पानीले धुनुहोस् । तपाई यो प्रक्रियामा एक चौथाई एलोभेराको जेल, भिटामिन ए, इको क्याप्सुललाई आपसमा मिसाएर पनि दिनहुँ दल्न सक्नुहुन्छ । केही दिनमा तपाईले आफ्नो छालामा आएको परिवर्तन महसुस गर्नुहुनेछ ।

यसैगरी दैनिक १० ग्लास पानी पिउँनुहोस् । पानी पर्याप्त पिउनाले छालामा भएका स–साना प्लानहरुलाई सफा राख्न र उपचारका अन्य विधि सफल बनाउन पानी आवश्यक हुन्छ । छाला सुन्दर बनाउन चाहनले चिया, कफि सोडाबाट चाहिँ बच्नै पर्छ ।

यस्तै चिनी पनि यसको अचुक उपाय हो । चिनीमा यस्तो धर्सा हटाउन सक्ने गुण हुन्छ । एक चम्चा चिनी, आल्मन्डको तेल थोरै र केही थोपा कागतीको झोल मिसाउनुहोस् । राम्रो मिश्रण तयार पार्नुहोस् र त्यसलाई धर्सा भएको स्थानमा लगाउनुहोस् । १० मिनेटपछि धुनुहोस् । एक महिनासम्म यसो गर्नाले तपाईको छालामा आएको परिवर्तन हेरेर आफै दंग हुनुहोस् ।

यसैगरी ओलिभ आयलले पनि तपाईंलाई यस्तो दागबाट छुट्कारा दिलाउने छ । यमा महत्वपूर्ण पोषक, एन्टिअक्सिडेन्ट हुनेभएकाले यसले तपाईको छालालाई स्वस्थ राख्न मद्दत गर्छ । ओलिभ आयलमा भएको भिटामिन ए, डी र इले छालालाई सुन्दर बनाउँछ । ओलिभ आयलले धर्सा भएको स्थानमा मसाज गर्नुहोस् । एकघण्टा पछि धुनुहोस् ।

तपाईलाई थाहा नहुन सक्छ । आलुमा धेरै किसिमका भिटामिन र खनिज हुन्छ । यसले छालाको कोष निर्माण र उपचारमा सघाउ पुर्याउँछ । आलुलाई स्लाइसलाई जस्तै पातलो गरेर काट्नुहोस् । त्यस्तो स्लाइसलाई धर्सा भएको स्थानमा केही मिनेट दल्नुहोस् । छाला सुख्खा भएपछि मन तातो पानीले धुनुहोस् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१