अंग्रेजी भाषा छिटो र सजिलो कसरी सिक्ने ? जानीराखौ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ चैत्र २०७६, शनिबार ०५:५१

अंग्रेजी एउटा सामान्य भाषा हो । तर यो आफ्नो मातृभाषा नहुनु र यो अन्तर्राष्ट्रिय भाषा हुनुले हामीले यस भाषा सिक्नुलाई दवाबको रुपमा लिन्छु । आजको युगमा जुनसुकै ठाउमा पनि अंग्रेजी भाषाको निकै महत्वपूर्ण स्थान रहेको छ । यो अंग्रेजी भाषाले आफ्नो क्षेत्र बढाउदै लगेपछि निजि स्कुलहरुमा मात्र नाबहेर सरकारी स्कुलहरुमा पनि अहिले अंग्रेजी माध्यमबाट पढाउँन थालीएको छ ।

हामी धेरैलाई अंग्रेजी एकदमै मनपर्छ । तर हामी यसलाई ब्यबहारमा उतार्न अथवा यसलाई बोल्न भने सक्दैनौ । किनकि हामीले यस भाषालाई कहिले पनि प्रयोग गर्न आवश्यकनै ठानेनौ । अहिले हामीलाई हिन्दि बोल्न लगाउने हो भने साना साना भाइ बहिनीहरु देखि लिएर बुढापाकाले समेत मजाले बोल्न सक्दछन । तर हामी किन अंग्रेजी भाषा भने बोल्न सक्दैनौ ?

यदि हामीले हिन्दि फिल्म हेर्ने ठाउमा अंग्रेजी फिल्म हेरेको भए, नेपाली पत्रिका पढ्ने ठाउमा अंग्रेजी पत्रिका पढेको भए, अंग्रेजी किताबहरु पढेको भए, सायद अहिले हामी निकै राम्ररि अंग्रेजी बोल्न र ल=बुझ्न सक्ने भैसकेका हुन्थ्यौ तर ढिला पनि भएको छैन किनकि यदि तपाइले ठान्ने हो भने कि आज बाट म नेपाली हैन अंग्रेजी गित सुन्छु, अंग्रेजी किताब पढ्छु, अंग्रेजी पत्रिका पढ्छु, अंग्रेजी फिल्म हेर्छु र साथीभाइहरु संग बोल्दा पनि अंग्रेजीमै बोल्ने गर्छु, यसले तपाईको अंग्रेजी सिक्ने क्षमता बढ्छ र तपाइँ राम्ररी अंग्रेजी बोल्न र सिक्न सक्निहुनेछ ।

हामीले अंग्रेजी भाषा छिटो र सजिलो तरिकाले कसरी सिक्ने भन्नेबारे एउटा भिडियो पनि लिएर आएका छौ । यो भिडियो हेरिसकेपछि तपाइले पनि आफ्नो दैनिक जीवनमा त्यसरीनै लागु गर्नु भयो भने तपाइँ एकदिन अवश्य एउटा पर्फेक्ट अंग्रेजी बोल्न सक्ने व्यक्ति बन्नुहुनेछ ।

https://youtu.be/2JnBh56cIxU

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१