गर्मीयाममा यसरी गर्नुहाेस् छालाकाे हेरचाह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ चैत्र २०७६, शनिबार ०५:४९

गर्मी मौसम छालासम्बन्धी रोगका लागि पनि संवदेनशील मौसम मानिन्छ। यो मौसममा सूर्यको ताप चर्को हुने, वातवरणमा सुक्ष्म जीवाणु र किराफट्यांग्रासमेत यही मौसममा बढी सक्रिय हुन्छन्। यी वातवरणमा हाम्रो छालाको सम्पर्क हुन पुगेमा छालासम्बन्धि विभिन्न रोग लाग्ने छाला रोग विशेषज्ञ बताउँछन्।

विशेष गरी गर्मी मौसममा सूर्यको ताप तथा बाह्य तापक्रमका कारण शरीरमा पसिना आउँछ। पसिनाका कारण छाला भित्र र बाहिर प्रभाव पर्छ। जसका कारण घमौरा आउने, फंगल इन्फेक्सन हुने ९छालामा घाउ हुने०, दाद, दुबी आउने, छाला बाक्लो हुने र चिलाउने लगायतका रोगहरू लाग्छन्। शरीरमा सीधै सूर्यको प्रकाश परेमा छाला उमेरभन्दा पहिल्यै चाउरी पर्छ।

गर्मी मौसममै ठेउला तथा दादुरा आएमा पनि छालामा बिबिरा तथा फोका देखिन्छन्। खेतबारीमा काम गर्ने किसानलाई पनि विभिन्न भुसुना तथा किराले टोकेर छालामा संक्रमण हुन्छ। छालाका लागि संवेदनशील मौसम भएकाले कुनै पनि संक्रमण हुन सक्छ।

शरीर स्वस्थ भए मात्र छाला पनि स्वस्थ हुने भएकाले यो मौसममा नियमिति व्यायाम र स्वस्थ भोजन गर्नुपर्ने महाराजगन्जस्थित टिचिङ हस्पिटलका छालारोग विशेषज्ञ डा। अनिलकुमार दासले बताए। कुनै कारणले छालामा घाउ भइहालेमा चिकित्सकको सुझावमा मात्र औषधि प्रयोग गर्न सकिने उनले बताए। प्राकृतिक र कृत्रिम दुई विधि अपनाएर छालाको हेरचाह गर्न सकिन्छ।

छालाको हेरचाह कसरी गर्ने

– खेतबारीमा जानु अघि पूरा लुगा लगाउने

– बाहिर निस्कँदा छाता ओढ्ने या क्याप लगाउने

– कामबाट फर्केपछि राम्रोसँग शरीर सफा गरी ओभानो राख्ने

– आफ्नो छालाअनुसार सनब्लक क्रिम मात्र प्रयोग गर्ने

– सकेसम्म छहारीमा बस्ने, भित्र काम गर्ने

– अनावश्यक रूपमा बाहिर घाममा नजाने

– नियमित व्यायाम गर्ने

– प्रशस्त पानी पिउने

– सन्तुलित भोजन गर्ने

थप जानकारीः

छाला हाम्रो शरीरको बाहिरी तथा सबैभन्दा महत्वपुर्ण भाग हो तसर्थ यसको हेरचाहमा बिशेष ध्यान पुर्‍याउनु पर्छ । छाला नराम्रो भए यसले मानिसको व्यक्तित्वमा प्रतिकुल असर पुर्‍याउछ तसर्थ छालालाइ समयमै हेरचाह गरी अनुहारमा देखा पर्ने समस्याबाट बचाउन सकिन्छ ।

गर्मीलाई नै केन्द्रित गरी बजारमा बिभीन्न प्रकारका सनस्किन क्रिम भित्रिएका छन् । प्रचण्ड गर्मीबाट छालालाई बचाउने अचुक उपाय सनस्क्रिन क्रिमको प्रयोग हो । यसले घामबाट निस्कने हानिकारक किरणहरुको प्रभाव तथा असरबाट छालालाई जोगाउँछ । सनस्क्रिम प्रयोग गरीएन भने छालामा नराम्रो दाग देखा पर्नसक्छ ।

यस्तो दागलाइ पोतो, चाया तथा मखिया आदि नामबाट परिभाषित गरिन्छ । यस्तो प्रकारको दाग छालामा देखा परेपछि यसलाइ हटाउन निकै कठिन हुन्छ । एकपटक छालामा देखिएपछि त्यसलाई हटाउनका लागि मेहेनत, उपचार तथा पैसा अनुमान गरिएभन्दा अधिक पैसा खर्च हुन्छ । त्यसैले गर्मीको मौसममा सनस्क्रिन क्रिम लगाउनु समयमै छालालाइ बचाउनु हो ।

नेपाली बजारमा अहिले बिभीन्न ब्राण्डहरुबीच चर्को प्रतिस्पर्धा छ । सबै ब्राण्डरुले नया–नया प्रविधीका सौन्दर्य सामग्री भित्र्याउने गरेका छन् । हरेक मौसम हाम्रो छालाले फरक फरक तरिकाको हेरचाह खोज्छ । जाडो महिनामा छाला सृुख्खा हुने समस्या हुन्छ भने गर्मीमा छाला तैलीय हुने समस्या आउछ ।

तैलीयको कारणले गर्दा अनुहार डण्डीफोर आउने पनि प्रवल सम्भावना रहन्छ । त्यसैले अनुहार पोतो चाया आउने मात्र होइन यो मौसममा अनुहारमा डण्डीफोर तथा एक्नेले पनि अनुहारलाइ कुरुप बनाउछ । यस्ता समस्यबाट जुध्न उपयुक्त सौन्दर्य प्रशाधन आवश्यक पर्छ ।

बाहिरी काम गर्ने तथा स्कुटर चलाउनेहरुका लागि त यस्ता प्रसाधन नभै हुदैन । हर्बलदेखि रसायन प्रयोग भएका यस्ता सामग्रीहरुको माग उत्तिकै छन् । अहिले छालाका चिकित्सकहरुले पनि यस्ता प्रसाधन प्रयोगका लागि सल्लाह दिन्छन् । नेपाली बजारमा गर्मीलाइ केन्द्रित गरि भएभरका सामग्री भित्रीएका छन् । बजारमा बिभीन्न फ्लेवरका सन स्क्रिन क्रिम तथा फेशवास खरीद गर्न सकिन्छ ।

सनस्क्रिन क्रिम बिगत एक दशकदेखि नेपाली सौन्दर्यबजारमा सनस्क्रिन क्रिमको माग ह्वात्तै बढेको छ । नेपाल उचाइको दृष्टिकोणले निकै माथि रहेको हुनाले यहाँ घामको किरणको प्रभाव अधिक पर्छ । त्यसैले यहाँका बासिन्दाहरुमा छालाका समस्या देखा पर्छ ।

यस्ता समस्या हटाउन बजारमा अहिले बिभीन्न एसपीएफका सन क्रिम पाइन्छ । आफनो अनृुहारको छालाको प्रकृति तथा रंग हेरेर सनस्क्रिन क्रिम चयन गर्नुृपर्छ । तैलीय छाला छ भने ओइल फ्रि सन क्रिम प्रयोग गर्नु पर्छ । नेपालको घाम अनुसार नेपालीहरुले एसपीएफ ५० युक्त सन क्रिम प्रयोगमा ल्याउनु उपयुक्त हुने बताइन्छ ।

एसपीएफले नै अनुहारको छालालाइ घामबाट बचाउछ । अहिले नेपाली बजारमा एसपीएफ २० देखिका सन क्रिम पाइन्छन् । सनस्क्रिन क्रिमलाइ सन जेल क्रिम , सन ब्लक क्रिम , सनसिल्ड क्रिम र सन लोसन क्रिम आदि नाममा बजारमा आएका छन । पिलो प्याकदेखिको प्याकेजिगंमा उपलब्ध यस्ता सनक्रिम लोशन वा क्रिमका रुपमा उपलब्ध हुन्छन् । प्रकृति फरक भएपनि यिनले छालाको रक्षा गर्ने काम भने गर्छन् ।

सनस्क्रिन क्रिम

यो क्रिम बेसमा आउछ । यो तैलीय तथा सुख्खा दुबै छालाका लागि उपयोगी हुन्छ । यो क्रिम अनुहारमा लगाएपछि केहिबेर मसाज गर्नुपर्छ । यो घाममा निस्कनुभन्दा २० मिनेटअघि अनुहारमा लगाउनु पर्छ । सम्भव भए यो क्रिम लगाएको केहि घन्टा पछि पुनस् लगाउनु पर्छ ।

सन क्रिम लोशन

यो केहि तरल प्रकृतिको हुन्छ । यो सुख्खा छालाका लागि बढी पयोगी हुन्छ । यो तरल अवस्थामा हुने भएकाले ब्लेन्ड गर्न सजिलो हुन्छ । यो पनि बजारमा बिभीन्न प्याकिगंमा खरीद गर्न सकिन्छ ।

फेश वास

फेश वास अनुहार सफा गर्न प्रयोग गरिन्छ । यसले अनुहारलाइ कुनै प्रकारको असर नगरी छाला सुन्दर तथा कान्तिमय बनाउछ । साबुन अनुहारका लागि निकै हानिकारक हुन्छ किनभने यसले अनुहारलाइ रुखो बनाइ दाग ल्याउछ । त्यसैले आफनो अनुहारको स्याहारका लागि फेशवास निकै उपयोगी छ । फेशवासले छालाको रोमछिद्र खुलाएर छालालाइ स्फुर्त बनाउछ ।

रोम छिद्र बन्द हुदा छालामा राम्ररी हावा प्रसार हुन पाउदैन । यसो गर्दा छालामा बिभीन्न समस्या पैदा हुन्छ । यस्ता समस्याहरुबाट फेशवासले बचाउछ । नेपाली बजारमा बिभीन्न फलेवर तथा प्याकमा फेशवास खरीद गर्न सकिन्छ । फलेवर अनुसार बिभीन्न सेन्ट तथा रंगका फेश वास अहिले बजारमा देखिएका छन । पार्टेबलदेखि ठूला मेजर प्याकहरुका फेशवास खरीद गर्न सकिन्छ ।

अनुहारको प्रकृतिअनुरुप फेश वास छनोट गर्नुपर्छ । अहिले बिशेषगरी एलोबेरा तथा पपैयाको फेशवासको माग अधिक छ । बिशेषगरी मेकअप गरेपछि तथा युवतीहरुका लागि फेशवास प्रयोग गर्नु अत्यावश्यक छ । हर्मोन परिवर्तन हुने बेलामा अनुहारको छालामा पनि विभीन्न परिवर्तन देखा पर्छ त्यसैले यसबेला राम्रो ब्राण्डको फेशवासले अनुहारमा सन्तुलन ल्याउन सकिन्छ ।

नेपाली बजारमा हिमालय ,लोटस , निभिया , क्लिन एण्ड क्लियर , आस्ताबेरी , जोकोज , एल्कोस , एभर युथ , लेक्मी , लोरियल , ग्रीन टि , जोय आदि ब्राण्डहरुले बजार लिएका छन । यो उत्पादनले गर्दा जनमानसहरुमा मुख धुनु पर्छ भन्ने सन्देश पनि फैलिएको छ ।

दिनभरी हिडदा घाम तथा प्रदूषणले बिगारेको अनुहार फेशवासको नियमित प्रयोगले स्वस्थ एवं चमकदार बन्छ । छालाका चिकित्सक तथा सौन्दर्यविद्हरु पनि फेश वास प्रयोग गर्न सल्लाह दिन्छन ।

स्क्रब

अनुहारलाइ फेशवासले मात्र सफा गरेर मात्र भित्रैदेखि सफा बन्दैन । छालाको मृतकोष सफा नगरी छाला कान्तिमय देखिदैन । अनुहारमा रहेको डेड सेलले अनुहारलाइ नकारात्मक प्रभाव पार्छ । त्यसैले हप्तामा दुइ पटक स्क्रबले अनुहार सफा गर्नुपर्छ । स्क्रबको अवधारणा फेश वास पछि बजारमा आएको हो । यसमा रहेको साना दानाले अनुहारको डेड स्किन हटाउन सहयोग गर्छ ।

छालाको प्रकृति हेरी बिभीन्न प्रकारका स्क्रब बजारमा देखिएका छन । यसको नियमित प्रयोगले अनुहारका बिभीन्न समस्या कम हुन्छन । स्क्रब पनि बिभीन्न फलेवर तथा प्याकमा खरीद गर्न सकिन्छ । नेपाली बजारममा एभर युथ , क्लिन एण्ड क्लियर, हिमालयन, लोटस, आस्ताबेरी तथा एल्कोसका स्क्रबको माग अत्यधिक छ ।

फेश मास्क

मुखुन्डो लगाउने चलन हामी नेपालीहरुको परम्परागत रुपमा चल्दै आएको छ । यहि बिधी तथा तरिकालाई पछ्याउदै अहिले बिभीन्न जैविक तत्वयुक्त फेश मास्क बजारमा आएका छन । अनुहारको संरचनामा मिल्ने गरी बनाइएको यो मास्कमा अनुहारका लागि आवश्यक तत्वहरुको मिश्रण गरिएको हुन्छ ।

यसलाई अनुहारमा लगाउँदा चिसो अनुभव हुन्छ । यसले अनुहार चम्किलो बनाउछ । कुनै मास्क एक पटकमा एक पटक प्रयोगमा ल्याइन्छ भने कुनै कुनै ३ पटक सम्म प्रयोगमा ल्याइन्छ । फेस मास्क हप्ताको एक पटक लगाउनुपर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१