मानव मस्तिष्कको बारेमा केहि रोचक तथ्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ चैत्र २०७६, शनिबार ०५:४८

मस्तिष्क मानव शरीरको खप्परभित्र रहन्छ। खप्पर र मस्तिष्कको बीचमा तीन सतह रक्षात्मक “कवच”हरु हुन्छन जसलाई “मेनिञ्जेस” भनिन्छ। यी मेनिञ्जेसहरु बाहिर देखि भित्र सम्म क्रमशः ड्युरा, एराकनोइड र पायामातर हुन। मस्तिष्कले शरीरका अन्य अंगहरुलाई निर्देशन दिन र अन्य अंगहरुसंग समन्वय गर्न नसा र रसायनहरु (हर्मोन) प्रयोग गर्दछ।

मस्तिष्कबाट निस्कने नसाहरुलाई विभिन्न प्रकारले विभाजन गर्न सकिन्छ। जस्तै, मस्तिष्कबाट सिधै निस्कने नसाहरुलाई क्रेनियल नसा भनिन्छ भने मस्तिष्कबाट ढाड हुंदै निस्कने नसाहरुलाई स्पाइनल नसा भनिन्छ। मस्तिष्कमा अंगहरुबाट जानकारी ल्याउने नसालाई एफरेन्ट र मस्तिष्कबाट अंगहरुमा जानकारी लग्ने नसाहरुलाई इफरेन्ट भनिन्छ।

मानव मस्तिष्कको बारेमा केहि रोचक तथ्य

१. मानिसको मस्तिष्कको तौल शरिरको जम्मा तौलको दुई प्रतिशत हुन्छ तर यसले बिस प्रतिशत शक्ति र अक्सिजन प्रयोग गर्छ ।

२. मानिसको मस्तिष्कमा ७३ प्रतिशत पानी रहेको हुन्छ । तपाइको ध्यान, सम्झिन सक्ने क्षमता र अन्य संज्ञानात्मक क्षमताहरूलाई असर गर्न २ प्रतिशत पानीको प्रयोग हुन्छ ।

३. अक्सिजन बिना ५ मिनेटमा मस्तिष्कको क्षति हुन सक्छ ।

४. शिशुहरूको ठुलो टाउकोले मस्तिष्कको छिटो व्रिद्धिलाइ रोक्छ । शिशुहरुको दुई वर्षको हुदाको मस्तिष्क भनेको वयस्क भएपछिको मस्तिष्कको ८० प्रतिशत हो ।

५. मानिसको मस्तिष्कले २०-२५ वाट बिजुली उत्पादन गर्न सक्छ । जुन कम वाटको एलईडि लाइटको लागि प्रसस्त हुन्छ ।

६. एउटा साधारण मस्तिष्कले एक दिनमा ५०,००० विचारहरू उत्पादन गर्न सक्छ । त्यस मध्य ७० प्रतिसत विचारहरु नकरात्मक हुन्छन ।

७. सामन्यतया , केटाहरुको तुलनामा केटिहरुको मस्तिष्क १० प्रतिसत सानो हुन्छ ।

८. मानव मस्तिष्कलाइ अहिलेको प्रबिधिहरु घडी, स्विचबोर्ड, कम्प्युटर, र इन्टरनेटसगँ तुलना गरिन्छ ।

९. मानव मस्तिष्कको भण्डारण क्षमता लगभग असीमित मानिन्छ । यो कम्प्युटरको RAM जस्तै प्रयोग गर्न मिल्छ ।

१०. मानव मस्तिष्क १० प्रतिसत मात्र प्रयोग हुन्छ भन्ने कुरा गलत हो । मस्तिष्क स्क्यानले देखाउछ कि हामीले धेरै भन्दा धेरै मस्तिष्कको प्रयोग गर्छै ।

११. मानिसको टाउकोमा भएको मस्तिष्कमात्र मस्तिष्क होइन । मानिसको आन्द्रामा अर्को अर्को एउटा मस्तिष्क हुन्छ जसमा १,००,००० न्युरोन हुन्छन ।

१२. मानब मस्तिष्कमा एक सेकेण्डमा 100,000 भन्दा बढि रसायन प्रतिक्रियाहरू हुन्छन्।

१४. अल्बर्ट आइस्टाइनको मस्तिष्कको तौल १२३० ग्राम थियो । जुन औसत भन्दा १० प्रतिसत कम हो । तर पनि न्युरोनहरुको मात्रा औसत भन्दा बढि थियो ।

१५. मानव मस्तिष्क प्रतेक दिन सानो हुदै गइरहेको छ । अबको १०-२०,००० वर्ष पछि साधारण मानिसको मस्तिष्क टेनिस बल जत्रै हुने छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

के हो मस्तिष्कघात ?

डा. वसन्त पन्तका अनुसार मस्तिष्कघात हुँदा ५० प्रतिशत मानिसको मृत्यु तुरून्तै हुन्छ भने ५० प्रतिशत अस्पताल आइपुग्छन् । अस्पताल आइपुगेकामध्ये ५० प्रतिशतलाई बचाउन सकिन्छ । ‘यो संख्या कूल बे्रन एट्याक हुने सख्याको २५ प्रतिशत हो,’ उनले भने, ‘बाँच्न सफल भएकाहरूको पनि ५० प्रतिशत कुनै भाग वा पाटो प्यारालाइसिस (पक्षघात) हुन्छ ।

बे्रन एट्याक क्यान्सर र मुटुरोगपछि मृत्युको तेस्रो ठूलो कारण हो ।’ उनका अनुसार गरीव देशमा बे्रन एट्याकको प्रमुख कारण अस्वथकर जीवनशैली नै हो । ब्लडप्रेसर भएका ३० देखि ३५ प्रतिशतलाई ब्रेन एट्याक हुनसक्छ ।

मस्तिष्कमा रक्त प्रवाहमा अवरोध भएपछि उत्पन्न हुने समस्या नै मस्तिष्कघात हो । मस्तिष्कका कोशिकाहरूमा रगतको माध्यमबाट अक्सिजन पुग्ने गर्छ । तिनै अक्सिजनका माध्यमले नै मस्तिष्कले काम गर्छ । तर, रक्त प्रवाहमा अवरोध हुँदा त्यो प्रक्रिया रोकिन्छ, दिमागका कोशिकाहरू मर्छन् र ब्रेन एट्याक हुन्छ ।

मस्तिष्कलाई रगत आपूर्ति गर्ने नशाहरु फुटेर वा थुनिएर रगत प्रवाह रोकिन पुग्छ । रगत प्रवाह रोकिनेबित्तिकै मस्तिष्कका कोशिकाहरुमा अक्सिजन प्रवाह हुन सक्दैन र मस्तिष्कका तन्तुहरु मर्न थाल्छ । समयमै उपचार गरिएन भने बिरामीको मृत्यु समेत हुने गर्छ ।

चिकित्सकीय हिसाबमा मस्तिष्कघातलाई दुई भागमा विभाजन गरिएको छ । पहिलो रगतका नशा बन्द भएर हुने मस्तिष्कघातलाई इन्फाक्सन र दोस्रो रगतका नशा फुटेर हुने ब्रेन ह्यामरेज ।

रगतका नशा बन्द हुँदा हुने मस्तिष्कघात

अधिकांश व्यक्तिहरुमा यो अस्वस्थकर जीवनशैलीका कारण नै निम्तिने समस्या हो । यो समस्या आएका व्यक्ति काम गर्दागर्दै ढल्छ । धूमपान, मोटोपन, मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक तनाव, बढी चिल्लो नुनिलो र तारेको खानेकुराको प्रयोग, व्यायाम नगर्नेहरुमा यो रोग लाग्ने सम्भावना अत्यधिक हुने वीर अस्पतालका न्युरो विशेषज्ञ डा. प्रकाश विष्ट बताउँछन् । उनका अनुसार रगतको नशामा चिल्लो पदार्थ तथा बोसो जमेपछि मस्तिष्कसम्म पुग्ने रक्तप्रवाहमा अवरोध हुन्छ र मस्तिष्कघात हुन पुग्छ ।

रगतको नशा फुटेर हुने ह्यामरेज

नशा फुटेर हुने एट्याकको प्रमुख कारण ब्लडप्रेसरको औषधिमा गरिने लापरबाही नै हो । यस्तो समस्या विशेषगरी युवामा देखिने गरेको पाइन्छ । डा. पन्तका अनुसार हृदयघातभन्दा ब्रेन एट्याक झन् बढी खतरनाक समस्या हो । हृदयघातको समयमै अस्पताल पुर्याएर उपचार गर्न सकियो भने मानिस पुरानै अवस्थाको जीवन बाँच्न सक्छ तर बे्रन एट्याकमा शल्यक्रियापछि पनि पुरानै अवस्थामा फर्किन सकिन्न र केही न केही खोट भएको जीवन विताउनु पर्छ ।

ब्रेन एट्याकमा शरीरको निश्चित पाटो कमजोर रहने सम्भावना रहिरहन्छ । ब्रेन एट्याकले प्यारालाइसिसको सम्भावना समेत बढी हुन्छ । ब्रेन एट्याक भएकाहरुमा मुख बांगो हुने, हातगोडा नचल्ने, आँखा देख्न नसक्ने, बोल्न नसक्ने जस्ता समस्या देखिन्छ ।

विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वभर हरेक वर्ष एक करोड ५० लाख मानिस मस्तिष्कघातको सिकार हुन्छन् । जसमध्ये ५० लाख मानिसको मृत्यु हुने गरेको छ भने ५० लाखभन्दा बढी पक्षघातका कारण शरीरको एउटा वा त्योभन्दा बढी भाग चलाउन नसक्ने अवस्थामा पुगेका छन् । तथ्यांकअनुसार बाँकी रहेका ५० लाखमध्ये १५ लाखभन्दा बढी उपचारपश्चात सामान्य जीवनमा फर्कन सफल भएका छन् । यस्तै, ३५ लाख हाराहारीका बिरामी भने सामान्य विकलांगताका साथ बाँचिरहेका छन् ।

मस्तिष्कघात जीवनमा अप्रत्याशित रुपमा हुने र तत्कालै ज्यान जान पनि सक्ने समस्या हो । समयमै उपचार पाएकाहरु सामान्य जीवनमा फर्कन सके पनि ढिलो गरी उपचारमा पुग्नेहरुमा शरीरको कुनै भागमा खोट रहने या पक्षघातजस्तो समस्याले सताउने भएकाले अरुको भरमा बाँच्नुपर्ने अवस्था आइरहेको छ ।

लक्षण

सामान्यतया मस्तिष्कघातले एकैपटक मानिसलाई आक्रमण गर्छ । तर, त्यो भन्दा पहिला मानिसलाई केही समय एउटा आँखा देख्न छाड्छ र केही समयपछि फेरि देख्न हुन्छ । त्यसैगरी केही समयका लागि एउटा पाटो नचल्ने हुन्छ र क्रमशः फेरि चल्न थाल्छ ।

केही समयसम्म यस्तो प्रक्रिया दोहोरिरहन्छ भने त्यो बे्रन एट्याकको स्पष्ट पूर्व संकेत हो । यस्तै अचानक सहनै नसक्ने गरी छुट्टै तरिकाले टाउको दुख्नु, रिंगटा लाग्नु, शारीरिक सन्तुलन बिग्रिएर ढल्नु, शरीरको एक पाटोमा झमझम गर्नु, निदाउनु वा कमजोरी देखापर्नु, होस हराउनु, एकाएक दृष्टि धमिलो हुनु, बोली लटपटिनु वा बोल्न नसक्नु, वान्ता हुनु, बेहोस हुन, प्यारालाइसिस हुनु मस्तिष्कघातका लक्षण हुन् ।

समय भएमा यो पनि पढ्नुहोस

१) प्राय बिज्ञापनको लागी प्रयोग गरिएको घडीको तस्बिर हेर्नुस्, १० बजेर १० मिनट गएको समय देखाईएको हुन्छ । कहिल्यै ख्याल गर्नुभएको थियो ? भर्खर गूगलमा सर्च गरेर घडीको बिज्ञापनहरु हेर्नुस ।

२) तपाईंको बेडरुम मा जम्मा हुने धुलोको मुख्य श्रोत भनेको तपाईंको आफ्नै शरिरको मृत कोशीका र छालाका कण हरु हुन ।

३) प्रत्यक १ मिनट मा करिब १०० घण्टा बराबरका भिडियो हरु युट्युबमा अपलोड हुने गर्छन ।

४) लिपस्टिक बनाउनको लागी माछाको कत्ला प्रयोग गरिन्छ ।

५) मान्छे सुतेपछी निदाउँनको लागी लाग्ने औसत समय भनेको ७ मिनट हो ।

६) डल्फिन निदाँउदा समेत आधा मष्तिस्क सन्चालन मै हुन्छ । यसकारण डल्फिन डुब्न बाट जोगिन्छ ।

७) गाईले मिथेन ग्यास उत्पादन गर्ने गर्छ , जुन बायु प्रदुषणको एक मुख्य कारण हो ।

८) Cockroach अर्थात् सांग्ला त्यस्तो जीव हो जुन, बिना टाउको पनि कैयौ हप्ता बाच्न सक्छ ।

९) हिप्पोको पसिना रातो हुन्छ ।

१०) बुध ग्रहमा हुने १ दिन बराबर पृथ्वीमा ५९ दिन हुन्छ ।

११) शार्कको जीवनकालमा करिब ३०,००० दांत झरेर जान्छ ।

१२) संखे किरा जो लगातार ३ बर्ष सम्म निदाउन सक्छ ।

१३) स्याउ , आरु , बदाम , स्ट्रबेरी , चेरी , यि सबै फलफुलहरु गुलाब बर्ग मा पर्दछन । अचम्म छ होईन ?

१४) पानी बिना उँट जती बाँच्न सक्छ, त्यो भन्दा बढी जिराफ बाँच्न सक्दछ ।

१५) तपाईंले ख्याल गर्नुभएको छ कि छैन कुन्नी , बिश्व प्रख्यात कला “मोनलिसा” को चित्रमा परेली अर्थात् आँखिभौं नै छैन ।

१६) छेपारोले एकैपटक मा आफ्नो दुई आँखले दुई फरक दिशा तर्फ हेर्न सक्छ ।

१७) अक्टोपसको ३ वटा मुटु, ९ वटा दिमाख र निलो रगत हुन्छ । हजुर, एकदम सही पढ्नु भयो हजुरले । – ३ वटा मुटु, ९ वटा दिमाख र निलो रगत ।

१८) संसारको सबैभन्दा ठुलो रोजगार दाता अमेरिकाको रक्षा मन्त्रालय हो , जहाँ ३० लाख जना रोजगार छन् ।

१९) सलाई को आविस्कार हुनु भन्दा १० बर्ष अगाडिनै लाईटर को आविस्कार भैसकेको थियो ।

२०) मह मात्र एक त्यस्तो खाना हो , जो सयौ बर्ष सम्म पनि सड्दैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१