व्यवसायिक बेल खेति गर्ने हो कि ? स्वास्थ्यमा पनि यस्ता छन् फाइदाहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ चैत्र २०७६, शनिबार ०५:३४

बेल (Wood Apple, Limonia acidissima) नेपालमा परापुर्व कालदेखि नै खाँदै आएको एक फल हो ।

बेललाई सस्कृतमा श्री फल भनिन्छ । यो ६-१० मि. सम्म अग्लो हुने अर्ध-पतझर रुख हो । यसका पातहरूमा एउटै पत्र डाँठमा तीनवटा पातहरू छुट्टिएका हुन्छन् र यसा लाई बेलपत्र भनिन्छ । तीनवटा पातमध्ये बीचको पात केही ठूलो हुन्छ । पातका साइज ५-१० से. मी. लामा र २.५-६.३ से. मी. सम्म चौडाई भएका र अण्डाकार र टुप्पो चुच्चो परेको हुन्छ। यसका आँख्ला नजीकै सोझा काँडाहरू हुन्छन् । फूलहरू हरिया-सेता रंगका र बास्नादार हुन्छन् ।

नेपालको पुर्वी क्षेत्रको धरान, धनकुटा सडक खण्डको सुख्खा क्षेत्रमा जंगलमा बेलका रुखहरु प्रशस्त पाईन्छन् । यदाकदा गाउँघरतिर पनि बेलका रुखहरु प्रशस्त देख्न सकिन्छ तर व्यवसायिकरुपमा नै बेलको खेति नेपालमा गरिने गरिएको भने छैन ।

थाईल्याड, मलेसिया, कम्बोडिया आदि देशहरुमा बेलको व्यवसायिक खेति भएको हुन्छ । बेलको व्यवसायिक खेतिबाट ति देशले निकै राम्रो आर्थिक उपार्जन गरेका हुन्छन् ।

नेपालमा पनि बेल खेतिको प्रशस्त सम्भावना रहेको देखिन्छ । जलवायु परिवर्तनले गर्दा नेपालमा हुने परम्परागत बालीनालीको उब्जनीमा नकारात्मक असर देखिन थालेको छ । यस्तो अवस्थामा आर्थिक उपार्जनका लागि कृषकहरुले नयाँ नयाँ विकल्प छान्नु पर्ने चुनौति थपिदै गएको देखिन्छ । यस्तोमा नेपालको भुबनोट र समयका आधारमा बेलको खेति उपयुक्त देखिन्छ ।

नेपालको पहाडी भेगको सुख्खा हुने भुभागहरुमा बेलको व्यवसायिक खेति गर्न सकिन्छ । बेलको व्यवसायिक खेति नेपाली कृषकहरुको लागि आम्दानीको नयाँ राम्रो स्रोतका रुपमा हुन सक्छ ।

बेलको फूलहरूको व्यास करीब ३ से. मी. सम्म हुन्छन् । फल गोलाकार करिब १५ से.मी सम्म व्यास भएका र बाहिरी आवरण एकदम कडा हुन्छ । फल भित्र ८-१५ वटा कोठाहरू हुन्छन् जसमा वीउ र सुन्तला रंगको गुदी भरिएको हुन्छ । यसको प्रयोग हुने भाग फल, जरा र पातहरू नै हुन् ।

यसका कारण बेलको फलमात्र होइन, जरा र पातहरु पनि उपयोगी हुन्छन् । बेलका उत्पादनहरु स्वास्थ्यका लागि फाइदाजनक भएका कारण यसको माग पनि निकै राम्रो हुन्छ । बेलबाट सामान्यतया हुने फाइदाहरु यस्ता छन् :

१) यो शक्ति भण्डारण भएको फल हो ।

२) आन्तरिक शारिरक क्षमताको विकास गदर्छ ।

३) पाचन प्रणालीको राम्रो विकाश गरी खाना अपच हुने समस्याबाट बच्न सकिन्छ ।

४) ग्यास्ट्रक अल्सर निको पार्छ ।

५) शरिरमा भएका विषाक्त पदाथर्हरु लाई हटाउने काम गदर्छ ।

६) शरिरको आन्तरिक प्रतिक्रियाको लागि शक्ति प्रदान गर्दछ ।

७) गर्भवती महिलाहरुको लागि अति उपयोगी मानिन्छ ।

८) सुगर रोग नियन्त्रण गदर्छ ।

९) कलेजो स्वस्थ राख्न सहयोग गर्छ ।

१०) पायल्स रोगबाट बचाउछ ।

११) छाला तथा कपालको स्वास्थ्यको लागि अति लाभदायक मानिन्छ ।

१२) रक्तचाप लाई सन्तुलन गदर्छ ।

१३) यसको पातको प्रयोगले हातगोडाका जोर्नी दुख्ने, सुनिएको र जन्डिष रोग समेत निको पार्दछ ।

१४) यसको फल जुस प्रति लिटर रू ४२० सम्ममा बिक्री भएको पाईन्छ र एक के. जी. फलबाट १.५ लि जुस निकाल्न सकिन्छ ।

लेखक: सरोज राई (प्रा.स.,बाली संरक्षण नेपाल कृषि सेवा)

बेलसँग सम्बन्धित तलको लेख भने हामीले विभिन्न अनलाइनहरुबाट साभार तथा सम्पादन गरेका हौँ ।

मधुमेह अर्थात सुगर रोगमा बेलको उपयोगिता

मधुमेह अर्थात सुगर रोग शरिरमा गुलियोको मात्रा बढि भएपछि लाग्ने गर्छ । अब चिन्ता नलिनुहोस् घरमा नै सजिलैसँग तपाईँको सुगर रोग ठिक पार्न सक्नुहुन्छ । यदि गुलियो चिजहरूको सेवनका कारण तपाईलाई मधुमेहले पीडित बनाएको हो भने तपाईले बेलको पात प्रयोग गर्न सक्नुहुनेछ । यस रोगबाट छुटकारा पाउन तपाईले १५ वटा बेलका पातलाई ३० ग्राम पानीमा मिलाएर पिस्नुपर्ने हुन्छ ।

त्यसपछि ३ या ४ कालो मरिचको दालाई धुलो हुने गरी पिसेर पिसिएको बेलको पातसँग मिश्रण बनाई त्यसलाई एउटा सफा कपडाले छानेर आएको रसलाई सेवन गर्नुहोस् । यसप्रकारले बेलको पात पिसेर पिउँनाले तपाई केही महिनामा नै यो रोगबाट मुक्त हुन सक्नुहुनेछ । त्यसैगरी बेलपत्रलाई अन्य तरिकाले प्रयोग गरेर पनि सेवन गर्न सकिन्छ ।

तपाईले ६ वा ७ वटा बेलको पात, कालो मरिचको दाना, तुलसीको पात र निमको पातलाई एकै ठाउँमा राखेर एकदमै मसिनो हुने गरि मजाले पिसेर एक गिलास पानीसँग मिश्रण गरि सेवन गर्नुहोस । हरेक दिन यसप्रकारको घोल पिउँनाले तपाई छिट्टै मधुमेह रोगबाट मुक्त हुन सक्नुहुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१