लकडाउनको उल्लंघन गर्ने सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न गृह मन्त्रालयको निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ चैत्र २०७६, शुक्रबार ०४:५६

काठमाडौं । लकडाउनको उल्लंघन गर्ने प्रतिनिधिसभाका सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न गृह मन्त्रालयले निर्देशन दिएको छ । समाजवादी पार्टीका सांसद यादवले लकडाउनको उल्लंघन गरेर सीमावर्ती भारतीय क्षेत्रमा पुगेर क्वारेन्टाइनमा बसेका मानिसलाई भेटेका थिए ।

क्वारेन्टाइनमा बस्न अस्वीकार गरेपछि गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिएर सांसद यादवलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न भनिएको छ । गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले क्वारेन्टाइनमा बसेका व्यक्तिलाई अनधिकृत रुपमा भेटेका सांसद यादव पनि क्वारेन्टाइनमा बस्नुपर्ने बताएका छन् ।

सांसद यादवले भने आफूले जनताको समस्या बुझ्न खोज्दा राजनीतिकरण गरिएको बताए । उनले आफूसँग पराजीत व्यक्तिहरुले राजनीति गरेको आरोप लगाए । जिल्ला प्रशासन कार्यालयको आग्रह अनुसार अहिले घरमै क्वारेन्टाइनमा बसेको उनको भनाइ छ ।

सीमावर्ती भारतीय क्षेत्रमा क्वारेन्टाइनमा बसेका व्यक्तिलाई अनधिकृतरुपमा भेटेका सांसद यादवले होम क्वारेन्टाइनमा बस्न अस्वीकार गरेका थिए । चौतर्फी दबाब र आलोचना बढेपछि मात्र उनले घरमा क्वारेन्टाइनमा बस्न थालेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१