कोरोना भाइरसबाट अमेरिकाको न्युयोर्कमा थप एक नेपालीको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ चैत्र २०७६, बिहीबार ०५:२१

न्युयोर्क । कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा थप एक नेपालीको मृत्यु भएको छ । न्युयोर्क क्विन्सस्थित एल्मस्र्ट अस्पतालमा उपचारका क्रममा ङिमा तेम्बा शेर्पाको आज निधन भएको शेर्पा किदुग अमेरिकाका अध्यक्ष उर्गेन शेर्पाले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण भएपछि ङिमा झण्डै दुई हप्ताअघि उपचारका लागि अस्पताल भर्ना भएका थिए । आज स्थानीय समय अनुसार बिहान ५ बजेर १८ मिनेट जाँदा उनको मृत्यु भएको मृतकका दाजु ल्हाक्पा युला शेर्पाले जानकारी दिए ।

सोलुखुम्बुको सोताङ गाउँपालिका-थातेङ घर भएका ४४ वर्षीय शेर्पा केही वर्षदेखि परिवारसहित अमेरिकामा बस्दै आएका थिए । उनी शेर्पा किदुगका आजीवन सदस्य थिए । यसअघि अमेरिकामा कोरोना भाइरसबाट तीन नेपालीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१