बेलायतमा अर्का पूर्वगोर्खा सैनिक गुरुङको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ चैत्र २०७६, बिहीबार ०५:१९

लन्डन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणाट बेलायतमा एक पूर्वगोर्खा सैनिकको मृत्यु भएको छ ।

लामो समयदेखि बेलायतमा बस्दै आएका पूर्वगोर्खा चेतप्रसाद गुरुङको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो । उनी ५८ वर्षका थिए ।

तमुधिँ लण्डन इकाईका वरिष्ठ उपाध्यक्ष रहेका चेतप्रसाद गुरुङको लण्डन ह्यारोस्थित नर्थविक पार्क अस्पतालमा निधन भएको हो ।

नेपालमा पर्वत स्थायी घर भएका समाजसेवी गुरुङ लामो समयदेखि श्रीमतीका साथ बेलायतको अल्पर्टनमा बस्दै आएका थिए । उनी १४ दिनदेखि अस्पतालमा उपचाररत थिए ।

कोरोना संक्रमणका कारण बेलायतमा यसअघि पूर्वगोर्खा सैनिक लीलाबहादुर राई र प्रशान्त अर्यालको निधन भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१