कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८०,९३३ पुग्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ चैत्र २०७६, बुधबार ०५:१२

काठमाडौं । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या झण्डै ८१ हजार पुगेको छ । यो समाचार तयार पार्दासम्म ८० हजार ९ सय ३३ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या झण्डै १४ लाख पुगेको छ । झण्डै तीन लाख जना उपचारपछि घर फर्किएका छन् ।

कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै फ्रान्समा १ हजार ४ सय १७ जनाको मृत्यु भएको छ । अमेरिकामा १ हजार ३ सय ५९ जनाले पछिल्लो २४ घन्टामा ज्यान गुमाएका छन् । त्यस्तै बेलायतमा ७ सय ८६, इटलीमा ६ सय ४, स्पेनमा ५ सय ५६, बेल्जियममा ४ सय ३ र नेदरल्याण्ड्समा २ सय ३४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१