कक्षा ११ र १२ को परीक्षा अनिश्चित कालका लागि स्थगित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ चैत्र २०७६, बुधबार ०५:१०

काठमाडौं । सरकारले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिका कारण परीक्षा अनिश्चित कालका लागि स्थगित गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेदेखि र ११ को परीक्षा बैशाख २१ गतेदेखि सुरु गर्ने कार्यतालिका थियो । बोर्डले परीक्षाको नयाँ तालिका अवस्थामा सुधार भएलगत्तै सार्वजनिक गर्ने बोर्डद्वारा जारी सूचनामा उल्लेख छ ।

बोर्डले परीक्षा स्थगित गरिएको जानकारी दिँदै प्रदेश परीक्षा व्यवस्थापन कार्यालय तथा शाखा कार्यालयहरुलाई सोहीअनुसार गर्न निर्देश गरेको छ ।

यसअघि सरकारले कोरोनाको जोखिमका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) पनि स्थगित गरेको थियो । अन्तिम समयमा परीक्षा स्थगित गरिएको भन्दै कतिपयले सरकारको आलोचना गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१