नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ चैत्र २०७६, मंगलवार ०५:५३

काठमाडौं । सरकारले महाप्रसाद अधिकारीलाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको छ । अधिकारीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले गभर्नरका लागि अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र डा. राजन खनालको नाम सिफारिस गरेको थियो । तीमध्ये अधिकारी नियुक्त भएका हुन् ।

अधिकारी यसअघि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत थिए । राष्ट्र बैंकको डेपुटी गभर्नरबाट अवकास प्राप्त अधिकारीले राष्ट्र बैंकमा तीन दशक काम गरेको थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१