गोकर्णेश्वर नगरपालिकाको सर्वदलिय बैठक सम्पन्न, विपन्न परिवारलाई लक्षित गरी १ करोडको प्रकोप व्यवस्थापन कोष स्थापना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ चैत्र २०७६, मंगलवार ०५:४०

काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले विश्वभर महामारीकोरुपमा फैलिरहेको नोवेल कोरोना भाइरसको संक्रमणविरुद्धको सतर्कता र पूर्वतयारीका लागि प्रकोप व्यवस्थापन कोष स्थापना गरेको छ ।

नगरपालिकाले आपतकालिन राहत वितरण गर्न एक करोडको कोरोना कोष बनाएको मेयर सन्तोष चालिसेले जानकारी दिनुभयो ।

सोही कोषमार्फत नगरभित्र ज्याला मजदुरीमा काम गर्ने परिवारका लागि नगरपालिकाले आईतवारवाट राहत वितरण शुरु गरिसकेको छ । लकडाउनबाट सबैभन्दा बढी मजदुरी गरी जीविका चलाउनेहरू प्रभावित भएको भन्दै नगरपालिकाले त्यस्ता परिवारलाई चामल, तेल, नून, चिउरा, मसला वितरण गरीरहेको मेयर चालिसेले बताउनुभयो ।

नगरपालिकाले राहत वितरणसँगै कोरोनावाट बच्ने उपाय र अपनाउनु पर्ने सर्तकताका विषयमा नगरवासीहरुलाई कल सेन्टरमार्फत जानकारी दिईरहेको छ । डिजिटल प्रोफाइल डाटा प्रयोग गरि प्रत्येक घरपरिवारको स्वास्थ्य स्थितिका विषयमा टेलिफोनमार्फत जानकारी लिन शुरु गरेको हो । भाइरस संक्रमण रोकथाम तथा उपचारका लागि गोकर्णेश्वर नगरपालिकाले आइसोलेसन र क्वारेन्टाईन कक्ष पनि स्थापना गरेको छ ।

कोरोनाको जोखिम न्यूनीकरणका लागि गरेका कामको विषयमा नगरपालिकाले आईतवार सर्वदलिय बैठक समेत सम्पन्न गरेको छ । बैठकमा कोरोनालाई लक्षित गर्दै आउँदा दिनमा लागी गर्नुपर्ने पूर्वतयारीका साथै राहत वितरणका विषयमा छलफल गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१