युवा नेता पौडेलको सन्देश ‘विपतको समयमा संयमित हुन नागरिकलाई अपिल’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ चैत्र २०७६, आईतवार १८:२५

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) जोखिम न्यूनीकरणका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेसँगै नेकपा काठमाडौं जिल्लाका नेता तुलसी पौडेलले यो विपतको समयमा संयमित हुन नागरिकलाई अपिल गर्नुभएको छ ।
पौडेलले आफू सरकारको निर्णयअनुसार घरमै रहेकाले बाहिर ननिस्कन सर्वसाधारणलाई पनि आग्रह गर्नुभएको हो । काठमाडौं क्षेत्र न ३ का आम नागरिकलाई यो कठिन घडीमा म तपाईंहरू सबैलाई घरमै बसेर अधिकतम सचेतना अपनाउनुहुन हार्दिक अनुरोध गर्छु । ” लकडाउन थप लम्बिन सक्ने भएकाले आफ्नो व्यक्तिगत तयारीसमेत राम्रो गर्न सुझाव दिनुभएको छ । दैनिक ज्यालधादारीमा काम गर्नेलगायतका नागरिकको सुरक्षा प्रबन्धको ध्यानाकर्षण गराउँदै ज्यालादारीमा गुजारा गर्ने र अशक्तहरूका निम्ति तुरुन्त आर्थिक प्याकेज घोषणा गर्न गोकर्णेश्वर नगरपालिकालाई आग्रह गरेका छन् । स्थानीयको कार्यान्वयन छिटो भन्दा छिटो आमनागरिक सम्म पुगोस।

पौडेलले थपे उपचार प्रक्रियामा आलटाल गर्ने अस्पताललाई कारबाहीको माग गर्नुभएको छ । सामान्य बिरामीलाई रिसिभ नगर्ने निजी अस्पतालबारे तुरुन्तै कारबाही गर्नुपर्छ । इटालीजस्तो अवस्था आयो भने हामीले के गर्ने भन्दै गोकर्णेश्वर नगरपालिकालाइ समेत यो बिपतमा नगरपालिकाका जनताको सुरक्षा र रासनको उचित बन्दोबस्त मिलाउन समेत आग्रह गर्नुभयो । गोकर्णेश्वर नगरपालिकामा अन्तर्गत रहेको नेपाल मेडिकल कलेज ,शंकरापुर अस्पताल ,अनि अर्थोपेडिक अस्पतालको क्वारेन्टाइनको अबस्था नाजुक भएकोले सरकारसँग चिकित्सकले लगाउने सुरक्षा पोसाक (पीपीई) छिटोभन्दा छिटो उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयसंग समेत पौडेलले आग्रह गर्नुभयो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१