पत्रकार महासङ्घद्वारा संचारकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ चैत्र २०७६, आईतवार ०५:१०

काठमाडौं । नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को जोखिमका बेला पनि नियमितरुपमा समाचार सेवा प्रवाह गरिरहेको संचारकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । महासङ्घका महासचिव रमेश विष्टको नेतृत्वमा आएको टोलीले काठमाडौं उपत्यकाका संचार गृहमा पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । महासङ्घले केहि थान पञ्जा, केहि थान मास्क, केहि थान स्यानिटाइजर उपलव्ध गराएको छ । कार्यस्थलमा खटिएका पत्रकारका साथमा महासङ्घ पनि छ भनेर सन्देश दिन साङ्केतिकरुपमा उक्त सामग्री उपलब्ध गराइएको महासङ्घका महासचिव विष्टले जानकारी दिनुभयो । महासङ्घले धेरै प्रयास गर्दा स्वास्थ्य सामग्री प्राप्त गर्न नसकेको अनुभव सुनाउदै महासचिव विष्टले कोभिड–१९को जोखिमका बेला पहिले आफू सुरक्षित भएर जनतालाई सुसूचित गर्न पत्रकारलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१