लकडाउनमा सम्झनुपर्ने मान्छे युवा समाजसेवी तथा मानबअधिकारकर्मी सुभास

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ चैत्र २०७६, शनिबार १२:२८

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गते लकडाउन घोषणा गरेको छ । यो लकडाउनको दुरुपयोग गर्दै निजी अस्पतालहरुले गेटमै साँचो लगाएका छन् भने एम्बुलेन्स ग्यारेजमा थन्काइएका छन् ।

यो संकटको अवस्थामा कोही मान्छे विरामी प¥यो अथवा तुरुन्तै अस्पताल जानुपर्ने भयो भने लकडाउनमा यातायातको साधन नपाइनु स्वभाविक हो, तर राज्यबाट सुविधा लिएर सञ्चालनमा आएका एम्बुलेसन्सले समेत अहिलेको परिस्थितिमा फोन उठाउँदैनन् ।

तर समाजमा त्यस्ता व्यक्ति पनि हुन्छन्, जो अरुलाई अप्ठ्यारो प¥यो भने सहयोग गर्न पाइँन्छ कि भनेर फोन नम्बर सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् । त्यस्तैमध्येका एक हुन्– बुढानीलकण्ठका युवा समाजसेवी तथा एम्नेष्टि इन्टरनेसनल नेपाल मिडिया ग्रुप ५३ का सदस्य सुभास श्रेष्ठ ।

उनी कोराना संक्रमित विरामी बोक्दैनन, त्यसबाहेक अस्पताल पुगेर डाइलसिस गर्नुपर्ने, प्रसुति सेवा लिने, दुर्घटना भए अथवा उपचारका लागि तुरुन्तै अस्पताल जानुपर्ने जोकोहीले सुभासलाई फोन गरे यातायातको सुविधा पाइन्छ ।

उनी एक्लै यो सेवा दिइरहेका छैनन्, उनको निजी गाडी र कार्यालयको गरी चारवटा गाडी सेवामा काठमाडौं, ललितपुर र भक्तपुरमा दौडिरहेका हुन्छन् । उनको गाडीले विरामीलाई अस्पतालमा छोड्छ, अस्पतालबाट कुनै यात्रु बोक्दैनन, बरु त्यहाँ उपचारपछि घर जान नपाएका विरामीहरु छन् भने उनीहरुले घरसम्म पुग्ने सेवा पाउँछन् ।

उनले २ सय ९३ जनालाई उनले सेवा दिइसकेका छन् । दैनिक १५ हजार रुपैयाको पेट्रोल खर्च हुन्छ, तर सेवाग्राहीसँग उनी एक पैसा लिदैंनन् ।

बुढानीलकण्ठ नगरपालिकाले बनाइ दिएको एउटा पत्रका आधारमा उनले दुईसाता भन्दा बढी सेवा दिए । पछिल्लो पटक उनले काठमाडौं जिल्ला प्रशासनबाट पास लिएपछि सुभासको सेवा निर्धक्क सुचार छ ।

विरामीलाई अस्पताल पु¥याउने मात्र होइन, अस्पतालमा कुरुवा बसेकालाई खानासमेत उपलब्ध गराउँछन् उनी । लकडाउनका बेला किनेर खान पाइँदैन, यो बेलामा विरामी कुरुवासमेत मर्कामा परेका छन् । त्यसैले उनीहरुले खाना उपलब्ध गराउदै आएको श्रेष्ठ बताउछन् ।

सुभास भन्छन् कसैलाई अप्ठेरो परेको छ अस्पताल जानुपर्ने भयो, एम्बुलेन्सले फोन उठाएन भने मेरो मोबाइल नम्बर ९८५१०२०३३८ मा फोन गरे तपाईंको तत्काललाई समस्या समाधानको लागि मा तयार छु ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१