मल्होत्रा र ढकालले दिए नेपाल प्रहरीलाई पाँच हजार मास्क

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ चैत्र २०७६, शनिबार ०५:४९

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्रा र कार्यकारी सदस्य नवराज ढकालले नेपाल प्रहरी महानिरीक्षकलाई प्रहरी प्रधान कार्यालय नक्सालमा पाँच हजार थान माक्स हस्तान्तरण गरिएको छ । त्यस्तै, गोदावरी चेम्बर अफ कमर्सले गोदावरी नगरपालिकाको विपत कोषमा खाद्यान्न सहयोग गर्नुका साथै एक टन चामल सहयोग गरेको छ । साथै, दाङ देउखुरीको राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले अगलागी पीडित तारा कार्की (विष्ट) तथा रमेश कार्कीलाई नगद १३ हजार २७० रुपियाँ सहयोग गरेको छ । देवदह चेम्बर अफ कमर्सले पनि २५ हजार ५५५ रुपियाँ नगरपालिकालाई हस्तान्तरण गरेको छ । चेम्बरले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका क्रममा आपूर्ति सह गर्न तथा लकडाउन पीडितलाई सहयोग गर्न दीपक मल्होत्रालगायतको समन्वय समिति बनाएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१