कोरोनाका कारण सबैभन्दा बढी मृत्यु भएका १० देशहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ चैत्र २०७६, शनिबार ०५:२५

काठमाडौं । चीनबाट फैलन शुरु गरेको कोरानाभाइरस अहिले विश्वका २ सय बढी देशमा फैलिएको छ । वल्डोमिटर्सको तथ्याङ्क अनुसार विश्वभरमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या हालसम्म ५५ हजार नाघेको छ । त्यस्तै विश्वभरमा कोरोनाबाट १० लाख ३९ हजार बढी संक्रमित भएका छन् । भने कोरोनाबाट २ लाख २० हजार जना निको भएका छन् ।

कोरोनाका कारण विश्वभरका १० देशमा बढी प्रभाव परेको देखिएको छ । हालसम्म अमेरिकामा २ लाख ४५ जना कोरोनाबाट संक्रमित भएका छन् । भने ६ हजार बढीको ज्यान गइसकेको छ । त्यस्तै बढी प्रभावित देश इटाली र स्पेनमा पनि कोरोनाबाट १ लाख बढी संक्रमित भएका छन् । दुवै देशमा हालसम्म १० हजार बढीको ज्यान गइसकेको छ ।

इटालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ हजार बढी रहेको छ । भने स्पेनमा १० हजार ९ सय बढीको ज्यान गएको छ । त्यस्तै कोरोना शुरुवात भएको देश चीनमा पनि हालसम्म ३ हजार ३ सय बढीको ज्यान गइसकेको छ । भने अझै ८१ हजार संक्रमित रहेका छन् । त्यस्ते अर्को देश फ्रान्समा पनि कोरोनाका कारण ५ हजार ३ सय बढीको ज्यान गएको छ । त्यस्तै इरानमा पनि कोरोनाको संक्रमणबाट ३ हजार २ सय बढीको ज्यान गएको छ । भने संक्रमितको संख्या ५३ हजार बढी रहेको छ । त्यस्तै

युकेमा कोरोनाका कारण ३ हजार ५ सय बढीको ज्यान गएको छ । भने संक्रमितको संख्या ३८ हजार पुगेको छ । त्यस्तै कोरोनाका कारण जर्मनीमा १ हजार १ सय बढीको ज्यान गएको छ । त्यसैगरी नेदरल्यान्डमा पनि कोरोनाबाट १ हजार ३ सय बढीको ज्यान गइसकेको छ । त्यसैगरी अर्को देश बेल्जियममा पनि कोरोनाको संक्रमणबाट १ हजार १ सय बढीको ज्यान गएको छ । भने संक्रमितको संख्या १६ हजार कटेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१