सूचना विज्ञ अलीलाई बर्खास्त गर्ने प्रम ओलीको तयारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ चैत्र २०७६, शनिबार ०५:२१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सूचना विज्ञ अस्गर अलीलाई बर्खास्त गर्ने तयारी गरेका छन् । अलीले प्रधानमन्त्री ओलीको सूचना प्रबिधि सल्लाहकारको रुपमा काम गर्दै आएका छन् ।

अलीको लगानी रहेको सिरान टेक्नोलोजीमाथि काठमाडौं प्रेस डटकम नामक न्यूज पोर्टल ह्या,क गरेको र आफूविद्धको समाचार सामग्री हटाईदिएको आरोप लागेको थियो । यो प्रकरणमा अलीको समेत नाम मुछिएपछि उनलाई बर्खास्त गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले समेत माग गरेका थिए ।

कोइरालाले अलीलाई प्रधानमन्त्रीको विज्ञबाट तत्काल बर्खास्त गर्नुपर्ने र सिरान टेक्नोलोजीलाई कारवाही गर्न समेत माग गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१