राज्य संचालनमा पारदर्शीता र मानब अधिकारको सम्मान गर : नेपाल परिवार दल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० चैत्र २०७६, बिहीबार ०६:०२

काठमाडौं । परिवार दलले पारदर्शी तरिकाले राज्य संचालन गर्न तथा जस्तोसुकै अबस्थामा पनि हनन गर्न नहुने मानबअधिकारको सम्मान गर्न नेपाल सरकार लाइ आग्रह गरेको छ ।कोभिड–१९ को विश्वव्यापी संक्रमण दिनप्रतिदिन भयावह बन्दै गइरहेको र नेपालमा पनि संक्रमितको संख्या वृद्धि हुदै गइरहेको अबस्थामा मुलुकमा बृहतर राष्ट्रिय सहमतिको खाँचो रहेको बताउदै सरकारलाई प्रमुख प्रतिपक्ष सहितका सबै राजनैतिक दल, नागरिक समाज, निजि क्षेत्र, धार्मिक क्षेत्र तथा संचार जगतलाई बिश्वाशमा लियर अघि बढ्न परिवार दलले सुझाब दियको छ । दलका अध्यक्ष एकनाथ ढकालले प्रेश बिज्ञप्ति जारि गर्दै लकडाउनको अबधिमा नागरिकले सरकारलाई समर्थन गर्दागर्दै पनि विभिन्न स्थानमा सुरक्षाकर्मीहरु द्वारा गरियको ज्यादती बन्द गरिनु पर्ने, ज्यालादारी तथा अति बिपन्न ब्यक्तिहरुलाई राहत वितरणमा कुनैपनि आस्थाको आधारमा विभेद नहुने सुनिश्चता गरिनु पर्ने, कोभिड १९ बाहेक अन्य रोगका रोगीहरुको सरल तरिकाले उपचारको व्यवस्था मिलाउनु पर्ने, विदेश वाट आयात गरिने परिक्षण किट बिश्वाशनीय हुनुपर्ने, ७७ वटै जिल्ला वाट कोभिड १९ को परिक्षण गर्नु पर्ने, कोरोना राहत कोषमा संकलन भयको रकमको प्रभावकारी ढंगबाट जनताको सेवामा तुरुन्त खर्च गरिनु पर्ने, पास वितरणमा एऊटै मापदण्ड हुनुपर्ने, सुचनाको स्वतन्त्र प्रवाहमा कुनैपनि किसिमको सरकारी निगरानी तथा प्रतिबन्ध हुन नहुने, लकडाउनले बालबालिकामा पर्नसक्ने मनोबैज्ञानिक असरको बारे सचेत हुनु पर्ने, ज्येष्ठ नागरिकको सुरक्षा गर्नुपर्ने, जोखिममा सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको मनोबल उच्च बनाउदै उचित मुल्यांकन हुनु पर्ने, उच्च जोखिम भयका स्थानहरुमा कोभिड डिस्इन्फ़ेक्शन स्प्रे छर्ने, खाद्य लगायत अति जरूरी उपभोग्य सामग्रीको आपूर्तिमा राज्यले विशेष सजगता अपनाउनु पर्ने , वितरण प्रणालीलाई चुस्त र भेदभाव रहित बनाउन स्वयं सेवकहरु परिचालन गर्ने, लगायतको बिषयमा जोडदार माग गर्नु भयको छ । परिवार दलले सरकारले आधारभूत आबस्यकता सहज तरिकाले उपलब्ध गराउने व्यवस्था नगरे नागरिकहरुले लकडाउनको अबज्ञा गर्ने तर्फ समयमै सचेत हुन सरकारलाई आग्रह गरको छ । बिज्ञप्तिमा भनियको छ ” स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीले जारि गर्ने सुचनामा मात्र चित्त बुझाउनु पर्ने वर्तमान अबस्थामाको निरन्तरता होइनकि नागरिकहरु कोभिड १९ को नियन्त्रण तथा रोकथाममा सरकारको सबैभन्दा उच्च स्तरको संलग्नता भयको देख्न चाहन्छन “। दलले लकडाउन मात्रै प्रयाप्त नभयको भन्दै यो अबधिमा युद्ध स्तरमा परिक्षण गरेर संक्रमितहरुलाई अस्पतालमा केन्द्रित गरि अन्य नागरिकको जनजीबन सरल बनाउने तर्फ पनि सोच्न सरकारको ध्यानाकर्षण गरेको छ । परिवार दलले कालाबजारी नियन्त्रण नहुनु तथा मास्क सर्वसुलभ तरिकाले नागरिकले प्राप्त गर्न नसकेकोमा चिन्ता ब्यक्त गर्दै राज्यलाइ थप गम्भीर हुन अनुरोध गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१