विवादास्पद स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० चैत्र २०७६, बिहीबार ०५:४५

स्वास्थ्य सेवा विभागले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन ओम्नी समूहसँग गरेको सम्झौता रद्द गरेको हो। बुधबार मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले उक्त समूहले पहिलो खेपमा ल्याउने भनेअनुसार सामान ल्याउन नसकेकाले सम्झौता रद्द गर्नु परेको बताए ।

उक्त कम्पनीको पाँच करोड रुपैयाँ धरौटी पनि जफत गरेको विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए । ओम्नी समूहको धरौटी जफत गरी कालोसूचिमा राख्ने प्रक्रिया अघि बढिसकेको महानिर्देशक श्रेष्ठले जानकारी दिए । उनका अनुसार ओम्नीले १० प्रतिशत मात्रै सामना ल्याएको थियो ।

महानिर्देशक श्रेष्ठले स्वास्थ्य सामग्री ल्याउन बिहीबार नयाँ प्रक्रिया शुरु हुने बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१