लकडाउन उल्लङ्घन गरेको भन्दै प्रहरीद्वारा घरभित्रै छिरेर स्थानीयमाथि निर्घात कुटपिट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० चैत्र २०७६, बिहीबार ०५:४३

धादिङ । लकडाउन उलङ्घन गरेको भन्दै सशस्त्र प्रहरीको टोलीले घरभित्रै छिरेर स्थानियमाथि निर्घात कुटपिट गरेको छ । सशस्त्र प्रहरीको कुटपिटपछि ५ जना युवा घाईते भएका छन् । बुधवार साँझ धादिङको सिद्धलेक गाँउपालिका वडा नं. ५ स्थित् बुङचुङमा निर्माण व्यवसायीहरुले आफ्ना कामदारहरुलाई घर फर्काउने बिषयमा छलफल गर्दै गर्दा सशस्त्र प्रहरीले घरभित्रै छिरेर निर्घात कुटपिट गरेको घाईते कमल कन्ट्रक्सन प्रालीका प्रमुख केशव सिलवालले बताए ।

आफ्ना कामदारहरुलाई घर फर्काउने बिषयमा निर्माण ब्यवसायी अशोक श्रेष्ठको घरमा जिल्ला प्रसासन कार्यालयमा जानकारी गराउने भन्ने बिषयमा छलफल गर्दै गर्दा साँझ ५ बजे एक्कासी सशस्त्र प्रहरी धादिङका सहायक निरिक्षक असै हरी बहादुर केसीको नेतृत्वमा आएको टोलीले घरभित्रै छिरेर निर्घात कुटपिट गरेको सिलवालले बताए ।

आफ्नै घरको भान्सा कोठामा वल्लोपल्लो घरका साथीहरुबीच गम्भीर बिषयमा छलफल गर्दा समेत सशस्त्र प्रहरीको टोलीले कुनै कुरै नसोधी आफूुहरुलाई गोरु कुटेझै लठ्ठीले हिर्काएको घरधनी समेत रहेका पीडित अशोक श्रेष्ठले बताए । घाईते अशोकका अनुसार सशस्त्र प्रहरीले घरभित्र छिरी लकडाउनमा रक्सी खाने भन्दै एक्कासी गोरु कुटेझै लठ्ठीले कुटेको हो । आफुहरले बिषयबस्तुवारे जानकारी गराउँदा समेत प्रहरीले कुरै नसुनी अन्धाधुन्द कुटेको थियो । उल्टै प्रहरीले आईन्दा अबदेखि तेरो घरमा ५ जनाभन्दा बढि मान्छे देखे भाटे कारवाहि र १ महिना थुनिदिने भन्दै धम्की दिएको पीडित अशोक श्रेष्ठले बताए ।

आफुसँग लकडाउन अगाडि निर्माण व्यवसायमा काम गर्ने १०/१५ जना कामदार रहेको र हाल १० जना आफ्नै घरमा बसlरहेको श्रेष्ठले बताए । यद्दपि प्रहरीको धम्कीले अब के गर्ने भन्ने बिषयमा उक्त घटनाले चिन्तित बनाएको बताए । सशस्त्र प्रहरीको कुटाईबाट सिद्धलेक गाँउपालिका वडा नं.५ का ४० बर्षिय जित बहादुर घले गम्भिर घाईते भएका छन् भने अन्य ४ जना समेत घाईते भएका छन् । घाईते हुनेहरुमा सिद्धलेक गाँउपालिका वडा नं.५ का ३५ बर्षिय घरधनी अशोक श्रेष्ठ, केशव सिलवाल कमल, राजु उपाध्याय, अरुण थपलिया तथा अन्य मजदुरहरु समेत सामान्य घाईते छन् ।

सशस्त्र प्रहरीको कुटाईपछी घाईतेहरु भने आ-आफनै घरमा घरेलु औषधी उपचार गरीरहेका छन् । यद्दपि गम्भीर घाईते ४० वर्षिय जित बहादुरको भने आँखामा गम्भिर चोट लागेकाले अस्पताल लैजाने तयारी गरिएको छ । घाईते ४० वर्षिय जित बहादुर घलेले पनी लकडाउनको नाममा प्रहरीले ज्यादति गरेको बताएका छन् र्। सम्झाईवुझाई गर्नुपर्ने बेलामा प्रहरी नै ज्यान मार्ने शैलीमा यसरी ज्यादतिमा उत्रियो, कुरै नबुझी कुटपिट गर्नु दुःखद हो ।’ गम्भिर घार्यते जित बहादुर घलेले बताए । सशस्त्र प्रहरी वल धादिङका प्रमुख डिएस्पी धिरेन्द्रराज न्यौपानेले भने यस बिषयमा सशस्त्र प्रहरीले सम्झाई बुझाई मात्र गरेको भन्दै कुटपिट नगरेको दावी गरेका छन् ।

डिएसपी न्यौपानेले आफूहरु गस्ती गर्ने क्रममा सिद्धलेकको बुङचुङ बजारमा एक घरमा मासु र मादकपदार्थ सहित केहि व्यक्तिहरु हल्लाखल्ला गर्दै बसिरहेको देखेपछि सम्झाउँदा पनि अटेर गरेकाले त्यस्तो परिस्थिति उत्पन्न भएको बताएका छन् । सशस्त्र प्रहरी वल धादिङ आक्रामक अवस्थामा रहेकाले ति व्यक्तिहरु घाईते हुनु सामान्य बिषय रहेको समेत डिएसपी न्यौपानेले बताए । डिएसपी न्यौपानेले भने सशस्त्र प्रहरी घरभित्रै छिरेर कुटपिट भने नगरेको दावी गरे । उनले सम्झाएर काम गर्नुपर्ने ठाउँमा कुटपिट गर्नु भने गलत भएको स्वीकारे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१