पेट्रोल, डिजेलको मूल्य घट्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० चैत्र २०७६, बिहीबार ०५:३५

नेपाल आयल निगमले पेट्रोल, डिजेलको मूल्य घटाएको छ। राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाइएको हो।

अब पेट्रोलको खुद्रा मूल्य काठमाडौं उपत्यकामा प्रतिलिटर ९६ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८५ रुपैयाँ पर्नेछ।

त्यस्तै आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पनि प्रतिलिटर १५ रुपैयाँले घटाइएको छ। सो इन्धनको मूल्य प्रतिलिटर ७५ रुपैयाँ कायम गरिएको छ।

वाह्य उडानतर्फको हवाई इन्धन प्रतिलिटर ०. ९५ डलर कायम गरिएको छ। खाना पकाउने ग्यासको मूल्य यथावत राखिएको छ।

यसअघिसम्म प्रतिलिटर २ रुपैयाँ घटाउँदै आएको निगमले अहिले भने उच्च दरले घटाएको हो। धेरै मुलुकमा लकडाउनका कारण पेट्रोल, डिजेलको खपत घटेको छ।

जसले गर्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल २० डलरको आसपासमा छ। कोरोनाभाइरसका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि प्राप्त सूचीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१