गोकर्णेश्वर नगरपालिकाको नगरबासीलाई सार्वजनिक सुचना मार्फत अनुरोध

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ चैत्र २०७६, बुधबार ०५:३७

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले नगर बासीलाई सार्वजनिक सुचना मार्फत अनुरोध गरेको छ प्रमुख प्रशासकीय अधिकृत अग्नी प्रसाद अधिकारी द्वारा हस्ताक्षरित उक्त सार्वजनिक सुचनामा नगर भित्र बसोबास गरि दैनिक ज्याला मजदुरी गर्ने ब्यक्तिहरुको पहिचान गर्ने तथा हालसालै विदेश बाट फर्किएकाहरुको पहिचान गरि रेकर्ड राख्ने कार्य अत्यावश्यक भएकोले नगरबासीहरुलाई नगरपालिका बाट टेलिफोन सम्पर्क गर्ने कार्य भइरहेको हुँदा समस्त नगरबासीहरुले सोधिएको प्रश्नको सही सही उत्तर दिई सहयोग गर्न अनुरोध गरिएको छ ।

साथै सोहि सूचनामा यदि कुनै कारण बश टेलीफोन सम्पर्क नभएको खण्डमा आ आफुलाई तथा भएको जानकारी सम्बन्धित वडा अध्यक्ष वडा सदस्य तथा नगर कार्यपालिकाको कार्यालयमा गराई यस संकटको घडीमा स्थानीय। सरकारलाइ सहयोग गरिदिनको लागि पनि सम्पूर्ण नगरबासीलाइ अनुरोध गरिएको छ।

उक्त सूचनामा सो सम्बन्धि कुनै पनि थप जानकारी चाहिएमा नगरकार्यपालिका कार्यलय वा आ आफ्नो सम्बन्धित वडा अध्यक्षहरु संग सम्पर्क गर्न समेत अनुरोध गरिएको छ। वडा अध्यक्षहरुको सम्पर्क नं निम्न रहेको छ ।

वडा नं १ वडा अध्यक्ष राम मानन्धर ९८५१०६१८५६

वडा नं २ वडा अध्यक्ष कृष्ण बहादुर पण्डित(क्षेत्री) ९८५११५७२६८

वडा नं ३ वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी ९८५१२३८६११

वडा नं ४ वडा अध्यक्ष श्री कुमार श्रेष्ठ ९८४१३९७१०६

वडा नं ५ वडा अध्यक्ष नारायण बहादुर सुवेदी ९८५१०९३७३६

वडा नं ६ वडा अध्यक्ष रमेश अर्याल ९८४१४२२७५७

वडा नं ७ वडा अध्यक्ष केशव गुरुङ ९८५१०३०६९२

वडा नं ८ वडा अध्यक्ष मनोजकुमार ढुंगाना ९८५१०३६९०३

वडा नं ९ वडा अध्यक्ष राजिब थापा ९४१८८६२५२

मा सम्पर्क गर्न अनुरोध गरिएको छ साथै यो संकटको घडीमा गोकर्णेश्वर नगरपालिका भित्र यदि कसैले प्रभावित पक्षलाई नगद जिन्सी वा अरु कुनै किसिमको सहयोग गर्न चाहेमा सम्बन्धित कार्यपालिका वडा कार्यालय मा सम्पर्क गरि अनुमति लिएर मात्र गर्न गराउन समेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१