भाडामा बस्ने नर्सलाई घरबाट निकाल्ने घरबेटी पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ चैत्र २०७६, बुधबार ०५:२९

घोराही । कोरोनाको त्रासले घरमा भाडामा बस्ने नर्सलाई कोठाबाट निकाल्ने घरबेटीलाई प्रहरीले पक्रेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका-१६, गणेशपुरकी नर्स सिर्जना खड्कालाई निकाल्ने घोराही उपमहानगरपालिका-१८ नवलपुरका नारायण आचार्यलाई प्रहरीले पक्रेको हो ।

बुद्ध इन्टरनेशनल अस्पतालमा कार्यरत खड्कालाई वडासचिवसमेत रहेका घरबेटी नारायण आचार्यले कोरोनाको त्रासले घरबाट निकालेका थिए ।

प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले कोठामा बस्न नदिएको गुनासोका आधारमा आचार्यलाई पक्राउ गरिएको बताएका छन् । नर्स खड्का अहिले होटलमा बस्दै आएकी छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१