निको भए कोरोना भाइरसका एक लाख ६५ हजार विरामी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ चैत्र २०७६, बुधबार ०५:२१

काठमाडौं । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित हुनेको संख्या प्रत्येक दिन वृद्धि भइरहेको छ । यसबाट मृत्यु हुनेको संख्या पनि वृद्धि भइरहेको छ ।

कोराना संक्रमणबाट निको भएर घर फर्कनेहरुको संख्या पनि उल्लेख्य छ । यो समाचार तयार पार्दासम्म कोरोना भाइरसबाट संक्रमण भएपछि निको भएर घर फर्कनेहरुको संख्या एक लाख ६५ हजार नाघेको छ । कोरोना भाइरस सम्बन्धी जानकारी गराइरहेका विभिन्न वेवसाइटका अनुसार मंगलबार विहान ११ः२० बजेसम्म एकलाख ६५ हजार ६५९ जना कोराना संक्रमितहरु निको भएर घर फर्किसकेका छन् ।

विश्वभरका ५ लाख ५२ हजार ८४० जना कोरोना संक्रमितहरु उपचारको क्रममा छन् । तीमध्ये २९ हजार ४८८ जना अर्थात ५ प्रतिशत विरामीमात्रै सिकिस्त अवस्थामा छन् ।

विश्वभर कोरोनाबाट संक्रमित ७ लाख ८५ हजार ८०७ जनामध्ये ३७ हजार ८२० जनाको मात्र मृत्यु भएको छ ।

निको भएर घर जानेमध्येमा सबै भन्दा धेरै चीनका छन् । चीनमा जम्मा संक्रमित ८१ हजार ५१८ जनामध्ये ७६ हजार ५२ जना निको भइसकेका छन् ।

अमेरिकाका जम्मा संक्रमित १ लाख ६४ हजार २५३ मध्ये ५ हजार ५०७ जना निको भइसकेका छन् । इटालीका एक लाख एक हजार ७३९ संक्रमितमध्ये १४ हजार ६२० जना निको भइसकेका छन् । स्पेनमा ८७ हजार ९५६ संक्रमितमध्ये १६ हजार ८७० जना निको भइसकेका छन् ।

जर्मनीमा १५ जजार ५००, फ्रान्समा ७ हजार ९२७, इरानमा १३ हजार ९११ जना निको भएर घर फर्किएका छन् । नेपालका कोरोनाका पहिलो विरामी पनि निको भइसकेका छन् । पछिल्ला चार विरामीको उपचार भइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१